Friday, June 7, 2019

जस्ले मृत्युलाई छल्न चाह्न्थ्यो

माइकल ज्याक्सन १५० बर्ष सम्म बाँच्न चाहन्थे । उनी कसैसंग हात मिलाउँदा पनि पन्जाको प्रयोग गर्थे, भिडमा जाँदा माक्स को प्रयोग गर्थे । आफ्नो स्वास्थ्य को रेखदेखको लागी १२ जना डाक्टर घरमै राखेका थिए जस्ले शिरको कपाल देखी पाउको नङ्ग सम्म दैनिक चेकजाँच गर्थे । उनको हरेक खानाको ल्याब परिक्षण हुन्थ्यो अनि मात्र उनलाई खान दिइन्थ्यो । दैनिक ब्यायम
गराउनको निमित्त १५ जना प्रसिक्षक पालेका थिए ।  उनी कालो बर्गका हप्सी मुलका थिए त्यसैले सन १९८७ मा आफु गोर्‍हो देखिन प्लास्टिक सर्जरी गरे । आफ्नो काला बर्णका आमा बुवा त्यागेर गोरो बर्णका आमाबुवा भाडामा लिए । आफ्ना काला बर्णका साथी संगती पनि त्यागी दिए । गोरो बर्णकै केटी  बिवाह गरे । जस्ले १९९७ मा प्रीन्स जुनियर माइकल र सन १९९८ मा पेरीस माइकल क्याथरिनलाई जन्म दिइन । आफुलाई १५० बर्षसम्म जिवित राख्ने लक्ष लिएका माइकल ज्याक्सनले आफुलाई आवस्यक पर्दा आँखा , मुटु , मृगौला देखी अन्य अंग दान दिने ब्यक्तिहरु पनि तयार गरेर राखेका थिए । जस्लाई खानपान देखी राम्रो पैसाको ब्यवस्था समेत गरिएको थियो । तर , ज्याक्सन ५० बर्ष नजिक पुग्दानै उनको शरिरमा नजानिदो पिंडा बढ्न थाल्यो । सर्जरीका कारण अनेक रोगहरुले ग्रस्त बनाउँदै लाग्यो । २५ जुन २००९ का दिनमा शहरका सबै डाक्टर उनको घरमा जम्मा हुँदा पनि उनलाई बचाउन सकेक्नन र अन्तमा उनले सदा सदाको लागी संसारबाट बिदा लिए । जस्ले आफ्नो उमेरको २५ बर्षसम्म  डाक्टरको सल्लाह बिना केहि कार्य गरेनन अनि २० बर्षसम्म शारिरिक ब्यायमलाई निरन्तरता दिए ति ब्यक्तिले पालेका अङ्गदान गर्ने दाताहरुको कुनै अङ्ग पनी उनलाई काम लाग्ने अवस्थामा भएनन । उनको मृत्युलाई कसैले रोक्न सकेन ।
 माइकल ज्याक्सनको सव यात्रालाई २ अर्व भन्दा बढी ब्यक्तिले प्रत्यक्ष्य प्रसारण मार्फत हेरेका थिए । त्यही दिन ८  लाख बढिले गुगल मार्फत एकै पटक माइकल ज्याक्सनलाई सर्च गर्दा गुगलमा साँढे दुई घण्टा ट्राफिक जाम भएको थियो । बिस्व इतिहाँसमा हाल सम्म यस्तो कहिल्यै पनि भएको थिएन । अत : जस्ले मृत्युलाई पैसाको बलमा छल्ने कोसिस गरिरह्यो अन्तत : उस्लाई मृत्युलेनै छल गर्‍यो । उस्ले कमाएको अरबौ सम्पत्तिले उस्लाई बचाउन सकेन । उ संसारमा रित्तो हात आएको थियो , नाङ्गै भएर विलिन भयो , माटो मुनी । त्यसैले माइकल ज्याक्सनबाट पाठ सिक्नुहोस , आज लाख र करोड कमाएको छु भन्दैमा मृत्युलाई जित्न सक्ने अहम नपाल्नुहोस । मान्छेले पैसा कमाउने हो , पैसाले मान्छे कमाउने होईन । जस्ले पैसाले मान्छे कमाउँछु भन्ने सोच लिएको छ त्यो ब्यक्तिले कमाएको मान्छे, उसँग पैसा छउन्जेल सम्मको लागी मात्र हो । कुरा बुझियो त ! 

Thursday, June 6, 2019

"द्वारिका ! तिमी पागल हौ "


भ्रस्टहरुको नजरमा इमान्दार ब्यक्तीहरु संधै घमण्डी , टेढो र रुखो स्वभावको देखिन्छन । इमान्दार मान्छेहरु हक्की स्वभावका हुन्छन । चिप्लो घस्न नजान्ने ब्यक्ती 'रुखो' हुनु , पैसामा नबिक्ने मान्छे 'घमण्डी' हुनु अनि कसैको अगाडी शिर नझुकाउने मान्छे 'टेढो'देखिनु कुनै नौलो कुरा होईन । जस्लाई पद र पैसाको लोभ हुन्छ त्यस्लाई मात्र डर हुन्छ , त्यस्तालेनै चाप्लुसी घस्छन र त्यस्तै ब्यक्ती मिलनसार जस्ता देखिन्छन । इटहरीका मेयर द्वारिकालाल चौधरी एक इमान्दार छविका ब्यक्ती हुन भन्ने कुरा उनका विगतबाट पुस्टी हुन्छ । नेकपाका सकृय र इमान्दार कार्यकर्ताको रुपमा परिचय बनाएका चौधरीले मेयरको जिम्मेवारी निर्वाह गरेपस्चात इटहरीवासीको मन जित्न सफल जनप्रतीनिधिको रुपमा आफुलाई चिनाईसकेका छन । जनताको घर घरमा पुगेर पिरमर्का बुझ्ने मात्र होईन जनताको चाहना अनुसारको कार्यक्रमहरुलाई लागु गर्न उनि आफै मरिमेटेर लाग्ने गर्छन । 'सुन्य सहनशीलता' को सिद्दान्त अनुसार कार्य गर्न आफु मतहातका कर्मचारीहरुलाई चनाखो बनाएका मेयर भ्रस्टहरु प्रती निक्कै आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन ।


"न खान्छु, न त खानै दिन्छु " भन्ने उनको कठोर सिद्दान्तलाई मन नपराउने धेरै छन । भ्रस्टाचारको मह काट्दै अनि चाट्दै गरेका 'चाटुकारहरु' को आँखाका कसिंगर बनेका चौधरीलाई जसरी भए पनि बदनाम गराउने पक्षमा एउटा झुन्ड बढो मेहनतका साथ लागी परेका छन । नगरपालीका भित्रकै केहि 'अल्छे' अनि 'कामचोर' प्रवित्तिका पात्रहरुको टाउको दुखाई भनेकै चौधरी हुन ।
मैले यसरी द्वारिकालाल चौधरीका बिसयमा लेखिरहँदा एउटा झुण्डले  मलाई नेकपा को 'भरौटे'को बात लगाउन बेर छैन । जन्मजातै पण्डितले न्वारणमा नामांकरण गरिदिंदा नाम मात्रै होईन कुनै एक राजनैतिक दलको नाम समेत जोडी दिएझै कुनै एक पार्टिको टिका लगाएका राजनैतिक अतिवादीहरुको आँखामा 'म' कुनै एक पार्टिको भरौटे, धुपौरे र आसेपासे देखिनु के नै नया भयो र ?
मैले अहिलेका भाइरल मेयरको बारेमा लेख्नुपुर्व इटहरी निवासी केहि पत्रकार मित्रहरुसंग मात्र होईन त्यहाँका स्थानिय वासिहरुसंग पनि सामाजिक संजालको माध्यमबाट कुरा गरेको थिएँ । मैले मेयरको बारेमा सोधिरहँदा उहाहरुको एउटै उत्तर पाएँ "मेयर निक्कै आक्रामक छन तर भ्रस्टहरु प्रती"
        सि.एफ.एल. खरिद प्रकरणमा करोडौ रकम हिनामिना गर्ने कर्मचारी र तीनको पक्षमा बोल्ने पत्रकारलाई 'नाकको डाँडी फुटाउने' मेयर चौधरीको धम्की प्रती अपत्ती जनाउने पटमुर्खहरुको जमातलाई पनि त्यही लाईनमा राखेर उडि उडि , घुमी घुमी , नाकको नाथ्री फुट्ने गरी 'किक' हान्ने मन त मलाई पनि लागेको छ । मौका को पर्खाइमा छु ।
    भ्रस्ट , दलाल , सामन्ती र शोसकीहरुको अगाडी जव प्रशासन निरिह देखिन्छ त्यत्तिबेला जनता नजागे को जाग्ने ? 'लातोंका भुत बातो से नही मानता " भने झै जस्ले जे भाशा बुझ्छ त्यही भाशा प्रयोग गरेर सम्झाउनु त पर्छ नै । मेयर चौधरीले पनि मान्छे अनुसारको ब्यवहार र भाशा प्रयोग गरेर बुझाउने कोशीस गरेका रहेछन । तर एउटा झुण्ड भन्दैछ :
"मेयर को बोली रुखो भयो "
"मेयरको प्रस्तुतिकरण ठीक भएन "
" मेयर उग्र भए "
       भ्रस्ट कर्मचारी र चाप्लुसिवाज पत्रकारहरु प्रती नरम ब्यवहार गर्नु पर्छ भन्ने लठुवाहरुको जवाफमा मेयर चौधरि भन्छन
"म ठकुरी होईन, आइस्यो र खाइस्यो जान्दिन , थारुको सन्तान हुँ , श्रीमतिले 'भात घिच्न आइज' भनेको पनि राम्रो लाग्छ ।"
भ्रस्टहरुलाई सिध्याएरै छोड्ने प्रण बोकेका मेयर चैधरीको कदमलाई सामाजिक संजालामा सकारात्मक कदमको रुपमा संज्ञा दिने अधिकाँस प्रतिकृयाहरु प्राप्त हुनुले पनि आम जनताहरु पनि भ्रस्टहरु प्रती कुनै साहनुभुती राख्न नहुने लाईनमा खडा भएको दर्शाउँछ । लोकप्रिय पत्रकार रबी लामिछानेको फेसबुकमा पोस्ट गरिएको मेयर चौधरि संगको प्रत्यक्ष्य कुराकानी को भिडियोमा यतीखेरसम्म ९६० जनाले प्रतिकृया प्रेशित गरेका छन जस्मा ९० प्रतिशत प्रतिकृयाहरु मेयर चौधरीकै पक्षमा देखिन्छन ।
        त्यस्तै इ-कान्तिपुरले चौधरी बिरुद्द प्रकासित गरेको 'मेयरको मनोमानी' शिर्सकको समाचारको पुछरमा कान्तिपुर बिरुद्दनै खनिएका पाठकहरुको प्रतिकृया हेर्ने हो भने पनि मेयरको कदम गलत हो कि सही भन्ने पुस्टी हुन्छ ।
       जनता भन्दा ठुलो अरु निकाय कोही छैन भन्ने मेरो धारणा हो जनताको चाहना बमोजिम जनप्रती निधिले काम गर्ने हो । अहिले मेयर चौधरीको पक्षमा उभिएको जनलहर ले भन्दैछ " यस्तै सन्काहा" मेयर चाहियो ।
      काठमाडौका हाम्रा मेयर कुन दुलामा हुनुहुन्छ कुन्नी ! आफ्नै दल भित्र रहेका यि 'सन्काहा' मेयरबाट यिनले पनि पाठ सिक्न सके काठमाडौ भित्रका भ्रस्टहरुले पनि आफ्नो नाक जोगाउने मेसोमा लाग्ने थिए होलान ।
अत: घुसखोरी , भ्रस्टाचार , ढिलासुस्ती जस्ता ब्यथितिले अक्रान्त बनेको सरकारी निकायहरुमा सुशासन को आशा गर्ने हामी जस्ता आम जनताले मेयर चौधरी जस्ता अन्य १ दर्जन जती "पागल" र "सन्काहा"हरुलाई जनप्रतीनिधिको रुपमा विजयी गराउन नसक्नु हाम्रै गल्ती हो ! खैर केहि छैन , अबको ३ बर्ष पछी यस्ता पागल र सन्कीहरुको संख्या बढाउने अर्को सु-अवसरको पर्खाइमा छु । मेरो एक भोट मेयर चौधरी जस्ताको लागी संरक्षित छ , तपाईहरुको नि !

यज्ञराज कार्की 
नयाबानेश्वर ,काठ्माडौ 
संपर्क : ९८४३६८८६४० 

Friday, June 1, 2018

मेरी अर्धाङ्गिनीलाई- प्रेम पत्र

प्रिय अर्धाङ्गिनी ,
आज प्रणय दिवस ।  अन्तर्मनमा लुकेका प्रेमको भावहरुलाई शब्दमा उतारेर प्रणय दिवसको कोसेली स्वरुप तिमिमा समर्पण गर्ने कोसिस गरेको छु । स्विकार गर है !   

हामी, आजभन्दा २३ बर्ष अगाडि एसभी एकेडेमीको आगनमा भेट्टिएका सहपाठी । त्यो बेलामा हामीहरु मिल्ने साथी । कलेजको क्यान्टिनमा गफ्फिदै  एउटै प्लेटमा पकौडा र समोसा आधा आधा बाडेर खान्थ्यौ। कहिलेकाही कलेज बङ्क गरेर यसो यताउती घुम्न जान्थ्यौ । साथिकै रुपमा एकअर्काको दुख साट्थ्यौ र सुख बाढ्थ्यौ । तर खै हामी कतिखेर साथीभन्द माथी हुनपुग्यौ थाहै भएन । हामीमा अझै पनि बिवाद छ , पहिले प्रपोज कस्ले गर्‍यो भन्नेमा । म तिमितिर औला तेर्स्याउछु अनि तिमी भने म तिर । मलाई थाहाछ, हाम्रो यी  बिवाद  जीवनभर नटुङ्गने बिषय बनेरै रहनेछ । तर, प्रपोज जस्ले गरेको भए पनि हामीले एक अर्काको मायालाई स्विकारेका छौ र एकले अर्कालाई आफ्नो जीवन सुम्पिएका छौ- यस्मा हाम्रो कुनै बिवाद छैन । 

मलाई याद छ त्यो दिन , जुन दिन हामिले ३ बर्शिय प्रेमको सम्बन्धलाई जीवनसाथीको रुपमा परिणत गर्ने निर्णय गरेको दिन । 
 

आजभन्दा २० बर्ष अगाडि त्यो दिन, अहिले पनि मेरो आँखा अगाडि झलझली नाची रहन्छन ।   म तिम्रो आगमनको पर्खाइमा निक्कै ब्यग्र भएर सिमरा बिमानस्थलमा बसिरहेको थिएँ । तिमी केही जोर लुगाफाटो सहितको सानो झोला बोकेर बुद्ध एअरको बिमानबाट  सिमरा बिमानस्थल ओर्लदै गर्दा, म मनमनै निक्कै हर्षित भएको थिएँ । म मा खुशीको कुनै सिमा थिएन । सायद प्रेम गर्नु र प्रेम साकार हुनु फरक पाटो रहेछन् । तिम्रो र मेरो प्रेम साकार हुँदै गरेको त्यो दिनलाई म जीवनकै अविस्मरणीय दिनको रुपमा लिने गर्छु । 

तिमी आफ्नो बाबा आमा दाजु भाई अनी दिदिबहिनीको न्यानो माया, ममता अनी साथलाई मुटुको एउटा कुनामा थाती राखेर मसंग जीवनको यात्रा गर्नका लागि तम्तयार भएर आएकी थियौ । तिम्रो साथमा केवल लुगाफाटोको सानो झोला थियो तर मेरा लागी  बिशाल हृदयभरी अनगिन्ती माया बोकेर आएकी थियौ । साँच्चै भन्छु, तिमीले र मैले रिक्तताबाटै जिन्दगीको सुरुवात गर्ने निर्णय लियौं र जीवनलाई भरिपूर्ण बनाउने साझा बाचा गर्‍यौं । हामीले सुन्यबाट आफ्नो जीवनको यात्रा सुरु गर्‍यौं ।

त्यही पहिलो दिन, तिमी र म सिमराबाट बिरगन्ज हान्नियौं । तिमीलाई गृह प्रवेश गराउनको लागि मसंग आफ्नो घर थिएन ।  जागिरको शिलशिलामा बिरगन्ज छिरेको म बबुरोसंग एउटा सानो कोठा थियो । नाङ्गो भित्ता, रित्तो कोठा । त्यो कोठाको संघारमा उभिएर तिमीलाई स्वागत गर्न मेरा परिवारका कुनै सदस्यहरु त्यहाँ  थिएनन्  तर एक हुल आत्मिय मित्रहरुको त्यो मुहार- न तिमीले बिर्सन सक्छौ न मैले । हो, हामीलाई हाम्रो जीवनको सुरुवाती क्षणमा साथ दिन आएका ति कलीला अनुहारहरुलाई हामी दुबैले बिर्सन सक्दैनौं। लक्ष्मी खरेल, बिन्दुली ठोकर,  मुकुन्द खरेल अनि उर्मिला तामाङ्ग । यिनै सहकर्मीहरुको  त्यो सालीन र आत्मिय स्वागतका साथ तिमी मेरो उराठ कोठामा प्रवेश गरेकी थियौ । त्यो बेला मैले तिमीलाई नत मंगलसुत्र किनेर पहिर्‍याइदिन सकें न त तिम्रो औंलामा औंठीनै लगााईदिन सकें।

जसै तिमी आयौ, मेरो जीवनमा बहार आयो । मेरो अँधेरो कोठामा तिमीले आफ्नो मुस्कानको ज्योति छर्‍यौ  । तिम्रो प्रवेशले मेरो रित्तो कोठा भरिन थाल्यो, कसिंगर र धुलोहरु पन्छिन थाले । मेरो रित्तो मन पनि मेरो कोठा झैं भरिन र सजिनँ थाल्यो ।  मैले आफुलाई सम्पन्न र सुखी महसुस गर्न थालें ।

मेरो कदममा तिमीले आफ्नो कदम मिलायौ । मेरो खुशीमा हाँसिदियौ । मेरो रोदनमा आँशु पुछिदियौ । यो क्रम अहिलेसम्म टुटेको छैन र टुट्ने पनि छैन । मलाई थाहा छ, तिमीले मेरो खुशीको लागि धेरैपटक आफ्नो चाहनाहरुलाई बन्दकी राखेकी छौ । तिमीलाई मैले धेरै पटक चोट पुर्‍याएको छु , तिम्रो मनमा ठेस पुर्‍याएको छु ।  तर तिमीले कहिल्यै पनि आफ्नो पिंडा, चोट र दु:खलाई आफ्नो मुहारमा देखिन दिएनौ । म घमण्डी, सन्काहा र रिसाहा । मेरो हरेक ब्यवहारलाई तिमीले हाँसीहाँसी सह्यौ ।


यो  २० बर्षको सहयात्रामा  हामीले एकअर्काको हात र साथ कहिल्यै छोडेको छैनौ । बिरगन्ज देखि सुरु भएको हाम्रो सहयात्रा कलैया, पोखरा, दोलखा सिन्धुपाल्चोक हुँदै  बेलायतसम्म आईपुगेको छ ।  नेपाल छँदा जागिरको शिलशिलामा जहाँँजहाँ पुगे त्यहाँसम्मै तिम्रो पाइला पनि साथसाथै पुगेको छ । हामी कहिल्यै अलग भएनौं । एक अर्काबाट कहिल्यै टाढा रहेनौं । मैले मेरा हरेक सामाजिक अभियानहरुमा पनि  मेरो छेउमा  तिमीलाई  उभिरहेको पाएँ । मलाई हिम्मत दिनेहरुको अग्रपंक्तिमा तिमिनै देखियौ अनि मेरो सघर्षहरुमा सहयोद्दा बनेर तिमिलेनै लडिरह्यौ । तिमी मेरी अर्धाङ्गिनी, साथी, सहयात्री, सहयोद्दा अनी सहकर्मी । साँच्चै, म तिमी प्रती धेरै आभारी छु ।

मलाई तिम्रै प्रोत्साहन र उत्प्रेरणाले निरन्तर अगाडि बढ्न सहयोग गरिरह्यो ।  मेरो गलत सङ्गतलाई पन्छाउन तिमिलेनै सहयोग गर्‍यौ । मेरा कुलतहरुलाई हटाउन तिमिलेनै साथ दियौ । म मानिस भएर पनि मानिस जस्तो थिईन-तिमिलेनै मलाई जनावर हुनबाट बचायौ ।म आज जे छु- तिम्रै कारणले छु । तिमिले मलाई मानवताको मार्गमा निरन्तर डोहर्‍याईरह्यौ । 

हो - हामी अरुसंग 'लिन' मा भन्दा 'दिन' मै खुशी मान्छौ । दिएर नै यहाँसम्म आयौ । हामीले हाम्रो लागि भन्दा पनि अरुको लागि बढी सोच्यौ । हामीले हाम्रो इमान्दारितालाई कहिल्यै छोडेनौ । मेरो इमान्दारिता नडगमगाउनुमा तिम्रो ठुलो हात छ । किनकी तिमीले मसंग सुनका गहना कहिल्यै मागिनौ राम्रो साडी अनी सुन्दर बंगलाको माग कहिल्यै गरिनौ । काँचको चुरालाई सुन सम्झिएर पहिरियौ, सस्तोमस्तो कपडालाई अनमोल बस्त्रको रुपमा धारण गरिदियौ अनी झुपडीलाईनै सिगारेर महलको झल्को दीइदियौ । साँच्चै, म कृतज्ञ छु, तिमी प्रती ।

हामीले बिताएका यी स्वर्णिम २३ बर्षहरु, थाहै नपाई बिते । आगामी दिन पनि यसरीनै बिताऔ । सामाजिक काममै
रमाएर जीवन कटाउने  तिम्रो र हामी दुईको साझा सोच त बनीनै सकेको छ । यसै सोचलाई साकार बनाउला । हाम्रो खुशीको बिचमा फुल्दै र फक्रदै गरेकी छोरीलाई सम्पत्ती दिन नसके पनि शिक्षा र  संस्कार दिने हाम्रो साझा प्रयास जारिनै छ । हामीलाई अथाह सम्पत्ती किन चाहियो र ! तिमीले र मैले जसरी रिक्तता र सुन्यबाट जीवनको सुरुवात गरेका थियौ त्यसरिनै छोरीले पनि आफ्नो जीवनको सुरुवात गर्न सक्छे र आफ्नो जीवनलाई संजाउन सक्छे । छोरीले आफ्नो बाटो आँफैले पक्रद८ गर्दा हामीले पनि हाम्रो यात्रालाई अर्कै दिशामा मोड्नु पर्छ । यस्को लागि हामी मानसिक रुपमा तयारनै छौ नि होइन र ?? हाम्रो साझा सोच, संगसंगै गाउँ छिर्ने अनी दीनदुखिको सेवा गर्ने । अरुको मुहारमा खुशी भर्ने अनी त्यही खुशीमा  आफ्नो खुशी खोज्ने । कसो ???

 तिमी र मसंग हाम्रा कलेजका मिठा यादहरु छन । हामीले संगसंगै सहकर्मीको रुपमा काम गर्दाका अबिस्मरणिय सिकाइ र अनुभवहरु छन । हामीसंग सुख र दु:खका साझा अनुभुतीहरु छन अनी मिठा यादहरु । बाँकी  जीवन जिउनको लागि यिनै चिजहरु काफीछन हाम्रा लागि ।  हामीसंग तिक्तता छैन, रिक्तता छैन । हामी भरिपूर्ण छौ र खुशी । मेरो अन्तिम चाह , तिम्रै काखमा जिन्दगीको अन्तिम श्वास फेर्ने ।






   **************


उही तिम्रो सन्काहा ।  रिसाहा र घमण्डी मान्छे ।

       

Friday, April 27, 2018

We have lots of business opportunity , let's do something...

Nepal lies between two of the fastest growing economies of the world, India and China
As a least developed country, Nepal is entitled to preferential treatment in a number of rich markets. Two other advantages, according to investors already in Nepal, are a low-cost and non-hostile workforce and a small and accessible bureaucracy.
The natural as well as cultural assets of Nepal offer very substantial opportunities to investors.
The country has a range of climatic conditions - from the tropical to the sub-arctic - and a terrain that is mountainous in the north, hilly in the middle and near sea level in the south. Many niche agricultural products can thus be grown in Nepal, medicinal herbs and high-quality tea being but two examples.

There is huge potential for hydropower. About 44,000 MW is thought to be economically feasible, which may be contrasted with about 800 MW currently being generated. Nepal has not been able to exploit much of its potentiality and the people in Nepal still face severe power shortages. In order to harness and develop hydropower, the government is encouraging private foreign investment in this sector. In the last several years, the government under competitive basis has been awarding licenses to private sector developers with over 5000MW of hydropower development in various stages of progress where well known international and domestic firms are involved. This priority sector provides great opportunities for contractors, equipment suppliers, and consultants alike.

There is scope for foreign investment in other areas/sectors also. Tourism is another area with enormous potential. Nepal has spectacular natural assets such as Mount Everest - the Top of the world - and seven other peaks of 8,000 meters and higher. It also has a rich cultural heritage and a great diversity of ethnic groups with distinctive traditions: Lumbini in western Nepal is the birthplace of the Buddha, while Bhaktapur in the Kathmandu valley is a perfectly preserved mediaeval town full of Hindu temples. Tremendous opportunities exist in developing tourism / hotel projects and resorts in Nepal.
Other trade opportunities include telecommunications equipment, ICT equipment, water resources equipment, and aircraft parts. The major telecom players are in expansive mode. Other upcoming opportunities also include civil aviation infrastructure, toll fast track roads, and railways.

Other areas like Software Development; Leather and Textile; Pharmaceutical; Electronic and the Service Industries also carry high possibilities of foreign investment. Other sectors such as Medicinal and Aromatic Herbs; Flower and Vegetable Seeds; Floriculture and Sericulture; Processing of Spices, Coffee; Fruits and Dairy Products; Vegetable and Mushroom Farming and Tea, also carry high possibilities of foreign investment. Minerals that includes Stone and Limestone; Talc; Silica; Dolomite; Iron-ore; Oil and Natural Gas needs to be further explored.

There are lots of potential business opportunities in Nepal. Don't worry about the changing political climate. It is always ups and downs. However, there are many foreign companies working and creating jobs in the country. You can easily establish a business relation with Nepalese entrepreneur who will show you the way how to setup new venture or partnering with existing companies to expand your future business in Nepal.

Some Tips why you got a chance to start business in Nepal:
A. There are crisis all around (electricity, water, fuel, communication, inflation). Remember crisis is an opportunity for an entrepreneur, and for you to become a multi-millionaire while serving fellow Nepali and beyond.
B High unemployment rates means you can build a team around motivated youths who are desperately looking to stay employed. Plus, you get their goodwill and hopefully loyalty to build a sustainable company in the long run.
C. Youths are leaving to work abroad,(1500 a day in 2014), which means less competition for you.
D. Workers abroad (2.5 million or more) send back more than US $5 Billion a year (2014). Find out how to do a good business catering to them and their families. The market for the poor is huge! Serve these billion dollar customers!

E Win business from customers by showing your consistently delivering track record and honest intentions! Many of your competitors might be taking the short-cut to success by using corruption.

Take advantage of this unique situation. Learn that they can never compete against you in terms of transparency, honesty (and probably quality also). If your corrupt rivals try to out- maneuver you, challenge them to open their accounts, and get the sensation hungry media on them or the government watchdogs to inspect them!
For example, open a good hygienic gudpak' or sweets shops to out-compete with corrupt, shady ones that exist today.

Nepal is fast becoming a consumer driven nation. We buy a lot and throw away a lot. From cloths to recycling there is opportunity. Why do you think there are 1000's of families dedicated to recycling our trash? Why do you think shops after shops are opening in Malls? Serve our consumer driven nation with quality, affordable price and superior customer service!

Industries built right after civil strife or wars can last for a long time as proved by the industries that opened after the Second World War in much of Europe and US. So start now when there is less competition.
High unemployment rates means you can build a team around motivated youths who are desperately looking to stay employed. Plus, you get their goodwill and hopefully loyalty to build a sustainable company in the long run.

Thursday, April 19, 2018

"रानी मुखर्जी: मेरी पहिलो प्रेमिका"

*****************************************************************
त्यो पोस्टकार्डको जमाना थियो । हिरो हिरोईनको फोटो पछाडि शुभकामनाका शब्दहरु कोरेर साथीहरुबिच चाडपर्वहरुमा भावनाको साटासाट हुन्थ्यो । त्यो बेला मसंग मात्रा एउटै नायिकाको पोस्टकार्ड हुन्थ्यो- रानी मुखर्जीको । मलाई याद छ, १९९६ मा रिलिज भएको रानीमुखर्जी अभिनित' राजाकी आएगी बारात' नामक फिल्म हेरे पस्चात म उनको 'डाई हर्ट' फ्यान भएको थिए । कैलो आँखा, कालि-काली हिस्सी परेकी, हँसिली र फरासिली ति नायिकालाई पहिलो पटक पर्दामा देख्ने बित्तिकै उनको अनुहार मेरो आँखामा छाप्पिएको थियो र दिलको
भित्तामा टाँस्सिएको थियो । भर्खर जुँगाको रेखी बस्न सुरुगरेको मेरो किसोर मानसपटलमा 'रानी'को त्यही तस्विरले राज गर्न थालेको थियो । ततपस्चात सोही बर्षमा उनको आर्को फिल्म मेहन्दी आयो । त्यो हेर्दासम्म रानी प्रतिको मेरो एकतर्फी माया झनै बढी सकेको थियो । १९९८ मा रिलिजभएको 'गुलाम' सम्म आइपुग्दा मसंग करीव ३०० वटा रानीका पोस्टकार्डहरु जम्मा भईसकेका थिए । म - रानीसंग देखिने आमिर, साहरुख र सलमान लागाएत कसैलाई पनि मन पराउन्नथे, फोटो बाटनै छुटाई दिन्थे ।

त्यसताका हाम्रो घरमा कालो खोल ओडेको एउटा फुच्चे रेडियो थियो । त्यो रेडियोको कान बटार्दा कहिले काही अस्पस्ट आवाजमा अल इन्डिया रेडियो सुनिन्थ्यो । एक पटक त्यो रेडियोले रानी मुखर्जी स्पेसल गानाहरु बजायो । त्यो दिन, मार्च २१ अर्थात रानीकै जन्म अवसर । अल इन्डिया रेडियोले रानीको फिल्मी यात्राको बारेमा जानकारी दिंदै पत्रचारको ठेगाना समेत् बतायो । मैले ठुटे पेन्सिल समातेर उनको ठेगाना घरको भित्तामा कोर्न भ्याएँ । त्यस दिन देखी मैले अाफ्ना प्रेमभावलाई शब्दमा उतारेर कापिको सेतो पानामा कोर्न थाले र मंगलबजारको पत्र मंजुखा मार्फत रानीलाई पत्र पठाउन थालें । मैले रानीको नाममा धेरै पत्रहरु लेखे र ति पत्रहरुमा मैले आफ्नो 'माया'लाई प्रकट गरे, कहिले गीत लेखें, कहिले गजल लेखे अनी कहिले कबिता कोरें । जे जे लेखें रानीकै नाममा लेखे । तर बिडम्बना ति पत्रहरुको कुनै पनि प्रतिकृया आएन ।
मैले काीब ३ बर्ष सम्म रानीको नाममा पत्र लेख्दै र पठाउंदै गरे । स्कुल जाँदा पकेट खर्च स्वरुप पाइने खाजा खर्च जोगाएर पोस्ट कार्डहरु किनें , पत्रचार गर्दा हुलाक टिकट किनें र फिलिम हेर्ने खर्च को रुपमा बचत गरेर राखे । मलाई रानीको जवाफ आउने ठुलो आशा थियो तर त्यो कहिल्यै आएन । सन २००० सम्म आइपुग्दा उनको 'बिच्छु' भन्ने फिलिम रिलिज भयो जस्मा रानीको रोल अलिक फरक थियो, जुन मेरो मनले रुचाएन , त्यस पस्चात भने मेरो एकतर्फी प्रेमको अन्त्य भएको थियो ।शायद यत्तिखेरसम्म मैले रानी र म बिचको खाडल बुझिसकेको थिएं ।


आज उनै रानी अभिनित ' हिच्की' हेरें, अनलाइन लिंक मार्फत । फेरी त्यही पुरानो दिनको याद ताजा भएर आयो । उनिप्रतिको मेरो ३ बर्सिय एकतर्फी प्रेमको त्यो अबोध पलहरु सम्झँदा आँफैप्रती हाँसो लागेर आयो । अभिनयमा बेजोडसंग जम्ने रानीको 'हिच्की' हेरिरहँदा स्कुले जीवनका शिक्षकहरुको एकएक अनुहार पनि याद दिलायो । सांच्चै, एउटा राम्रो सिनेमा हेर्नबाट झन्नै चुकेको महसुस भयो । सबैले हेर्नै पर्ने फिल्म बनेको छ 'हिच्की' । आमिर खानको 'सेक्रेट सुपर स्टार' हेरेर मेरा आँखाहरु रसाएका थिए तर आज फेरी 'हिच्की'ले पुन: भिजाइदिएको छ । एउटा उदाहरणिय सामाजिक सन्देश बोकेर आएकी 'रानी' प्रती पुन: मायाको टुसो पलाएर आयो । फेरी सुरुवात उही एकतर्फी प्रेमको ।

Sunday, March 25, 2018

यो लेख: मेरो बुवाको को नाममा

                                   'साथी बन्न नसकेका हामी'

आज एकाबिहानै, सेतोपाटी मा लेखिएको भानुभक्त जि को लेख " बा प्रदीप ज्ञवाली' पढियो । यो लेखले मेरो 'बा' र म बिचको सम्बन्धको पाटो केलाउन मजबुर गरायो । मेरा 'बा' जो संग म अहिले भौतिक रुपमासंगै छु, हामी एउटै टेवलमा खाना खान्छौ र एउटै छत मुनी जिउ लुकाउछौ , अति आवश्यक कुरामा भलाकुसारी गर्छौ र सहकार्य पनि / यत्ती हुंदाहुंदै पनि मेरो उहांसंगको आत्मिय सम्बन्ध कस्तो छ ?? घोत्लिन मन लाग्यो अनी घोत्लिदा,घोत्लिदै मेरा मनमा उब्जिएका  भावहरुलाई शब्दमा उतार्न मन लाग्यो । यि मनका भावहरुलाई 'बा'का अगाडि पोख्ने साहस छैन त्यसैले फेसबुकको भित्तोमा सम्प्रेसित गरिदन मनलाग्यो र गरें पनि । अब मेरा 'बा' र 'म' बिचको सम्बन्ध कस्तो ?? केलाउने जिम्मा तपाईंहरुको ।
****************************************************************************
'बा' भन्ने शब्द सुन्नासाथ बुद्धिसागर लिखित 'कर्णाली ब्लुज ' याद आउँछ । केही बर्ष अगाडि त्यो उपन्यास पढे पस्चात् म घोरुण्डो मनुवाको मनसपटलभित्र 'बा' प्रतीको सम्मानलाई बढाउन मद्दत गरेको थियो । म - पहिले 'बा' का अधिकांश लजिकहरुलाई 'डेट स्पाएर' औषधीको रुपमा लिन्थें  - आजकाल ' 'प्रक्टिकल अनुभव'को रुपमा बुज्ने गर्छु । पहिले 'बा'ले गरेका चित्त नबुझ्ने कुराहरु प्रती 'बिद्रोही' शैलीमा सिधै प्रतिपाद गर्थें आजकाल एउटा असल स्रोता जसरी सुन्छु, ठीक लागेका कुरा लिन्छु र अन्य कुरा छोडिदिन्छु ।
*************************************** 
    करिव १४ बर्षसम्म ३ पाङ्ग्रे ठेलामा गधाले झै सामानको भारी लादेर , असिनपसिन हुँदै  मेहनतको पसिना पोखेका मेरा 'बा' को त्यो बेलाको टिठलाग्दो अनुहार सम्झँदा अहिले पनि छात्तिमा चसक्क काँडा बिझे झै हुन्छ । तिनपाङ्ग्रे ठेलामा फलामको भारी लादेर रिक्सा तान्ने एउटा गरिव मजदुर, जस्ले लगाएको सेतो गन्जीमा फलामको कालोमैलो टाँस्सिएको हुन्थ्यो अनी त्यो मैलो गन्जीलाई च्यात्तिएको हाफपाईटले साथदिईरहेको हुन्थ्यो । 'बा' पहिले देखिनै दुब्ला र पातला- कुपोशणको शिकार भएका जस्ता । हाम्रा 'बा'मजदुरीका क्रममा निक्कै फोहोरी र घिनलाग्दा दिखिनु हुन्थ्यो । तर सत्य ! हाम्रा 'बा'लाई हामी चारैजना सन्तानले कहिल्यै घ्रिणा गरेनौ , कहिल्यै 'छि छि' र 'दुर्दुर' गरेनौ । सांच्चै भन्नु पर्दा, 'बा'ले आमाको ममतालाई पनि जितिदिनु भएको छ - अहिलेसम्म । अनी हाम्रो मनपनी जितिदिनुभएको छ- अहिलेसम्म ।
  'बा' ले हामीलाई सम्पत्ती  दिनु भएन तर शिक्षा दिन खोज्नु भयो - जे दिन खोज्नु भयो त्यो हामीले राम्ररी लिन सकेनौ अनी जे दिनु भएन त्यस्को खोजी पनि गरेनौ , गरेर पनि के फाईदा ! 'बा' आँफै 'सुकुम्बासी' । तर सुकुम्बासी 'बा'ले हामीलाई सम्पत्ती दिन नसके पनि 'संस्कार' दिनुभयो ।

म 'बा' को इमान्दारिताबाट प्रभावित । सानै छँदा, ब्रतबन्धमा 'जनै' संगै पंडित'बाले कानमा फुकिदिएको धर्ममन्त्र भुलेको २ दशक बित्यो तर 'मनी (पैसा) होइन, मान्छे कमाउ' भन्ने मेरा 'बा'को जीवन उपयोगी मन्त्रलाई कहिल्यै भुलेको छैन र भुल्ने पनि छैन । 'बा' ले दिएको मन्त्र अनुरुपनै बिगत डेढ दशक देखी सामाजिक पाटोमा आफ्नो कदम बढाएर 'पैसा' होइन 'मान्छे' कमाउने अभियानलाई सार्थक बनाउँदै छु  । तर 'बा' ले भनेको मान्छेहरुको जमात भित्र ' रिश इर्श्या,लोभ,लालच र स्वार्थ बोकेका केही आफन्तहरु भने पर्छन् कि पर्दैन् त्यो मलाई थाहा छैन- किनकी यस्ता २-४ जना आफन्तहरु मैले कमाएका मान्छेहरुको लिस्टमा छैनन र म तिनलाई कमाउनु भन्दा पनि गुमाउनमै उत्तम ठान्छु ।
'बा'लाई मैले जहिलेदेखी राम्ररी चिनें, त्यो बेलादेखी नै एउटा 'मेहनती मजदुर'का साथै 'एउटा सामाजिक कार्यकर्ता'को रुपमा पाएँ । 'बा' दिनभरी पापीपेटको लागि कमाई गर्नमा ब्यस्त र सांझ बिहान समाजको समस्या समाधान गर्नमा तल्लिन । मनमा स्वार्थ नराख्ने निस्वार्थी मेरा 'बा' । सबैको भलो चाहने, सफा मनका निस्कपट मेरा 'बा' । आफ्नै कमाईमा  रमाउने स्वाबलम्बी मेरा 'बा' ।
************************************************************************
'बा' मैले अहिले चिनेको ब्यक्तित्वभन्दा उहिले निक्कै फरक ब्यक्तित्व रे । हजुरआमा भन्नु हुन्थ्यो- ७ जना सन्तान मध्ये सबै भन्दा झगडीया र बदमाश रे । उबेलाका गुण्डा रे - खुकुरी हान्न पनि पछी नपर्ने । 'पढ्न' नमानेर सानै उमेरमा भारतमा गोठालो बस्न गएका रे मेरा 'बा' । 'बा' को नदेखेका  तर सुनेका  ति पाटाहरुबाट म कहिल्यै प्रभावित भईनँ  ।
**********************************************************************
६७ बर्सिय मेरा 'बा' ले कहिल्यै आफ्नो 'ईक्ष्या-चाहना र कल्पना' बताउनु हुन्न । मनका पिंडा ओकल्नु हुन्न । म 'बा'संग कम संवाद गर्छु र कम 'संगत' गर्छु। तर 'बा' मेरै मनमा हुनुहुन्छ, मनभित्रै । मलाई थाहा छ, 'बा' का आँखाँले हेर्न चाहेका केही द्रुश्यहरु । 'बा' को आँखाले आफ्ना सन्तानलाई एकै ठाउँमा रमाएको , जुटेको, हाँसेको र खेलेको' हेर्न खोजेको म प्रस्टै देख्छु । तर बिडम्बना, 'बा'को त्यो सानो इक्ष्या हामी बिचको रिस, राग, लोभ, लालच र स्वार्थले पूर्ण हुन दिएको छैन । 'बा' का सन्तानहरुको मनै- मैलो, आँखा- धमिलो अनी मस्तिस्क- फोहोरी ।


म अलिक  लिंडे श्वभावको मान्छे, म चाहेको कुरा गर्न चाहन्छु । मलाई कुनै पनि काम कुरा आँट्नमा डर लाग्दैन किनकी असफल भईन्छ कि भन्ने डर म भित्र रत्ती छैन, 'असफलतालेनै ब्यवहारिक पाठ सिकाउँछ' भन्ने कुरा मैले बुझेको छु । म, मैले गरेको उचित कार्यको मुल्याङ्कन होस् भन्ने चाहन्छु । यदी गरेको कामको जस पाईन भने मलाई त्यो काम गर्नमा फिटिक्कै जाँगर चल्दैन । घरमा पनि मेरो श्वभाव त्यस्तै हो   यदी  मैले कसैलाई केही गर्छु भने 'यस्ले यत्ती गर्‍यो है ' भनीदिए पुग्छ, यस्ले मलाई झन हौसयाउँछ । यदी यस्तो भएन भने ,म मुन्टो बटार्छु, त्यो काममा वास्तै गर्दिन  । यो मेरो स्वभाव हो- नराम्रो स्वभाव । किनकी,  मैले आजको दिनसम्म मसंग कामगर्ने मेरा मित्रहरुलाई हौसला,जोश र जाँगर नभरिदिएको र उनिहरुले गरेको कामको 'जस' नदिएको भए शायद म धेरै ठाउँमा फेल हुने थिएँ, तर म, मेरो काममा फेल भएको  शायद कम होला । 

म 'इगो' लिने मान्छे । मलाई सानो छलकपट को ब्यवहारले पनि चित्त दुख्ने गर्छ  त्यसैले  मलाई मित्र बनाउन कुनै समय लाग्दैन र त्यही ब्यक्तिलाई शत्रु बनाउन पनि । म 'पैसा'को धाक लगाउनेहरुसंग फिटिक्कै संगत गर्न रुचाउन्न । 'पैसा मान्छेले कमाउने हो- पैसाले मान्छे कमाउने होइन' भन्ने कुरा नबुझेका मुद्रा राक्षसहरुसंग नजिकिंनु भन्दा टाढीनुनै बेश । आफुसंग  हुँदा र आफुले दिँदा  मात्र खुशी हुने आफन्तहरुलाई त म बोल्न र देख्न पनि रुचाउन्न । म आँफैमा गर्व गर्छु  , किनकी म स्वाबलम्बी छु  म कसैको आशिर्वाद लिएर प्रगती गर्न चाहन्न । यस्लाई घमण्डको संज्ञा दिनेहरुले दिंदैजाउन् । म अहिले जहाँ र जे छु मेरै 'बा' र म आफ्नै कारण ले छु । अन्य कसैको  आशिर्वाद, दया र कृपाले होइन ।    
***************************
खैर, म आफ्नो तर्फबाट 'बा' लाई कुनै किसिमको ब्यक्तिगत बोझ थुपार्न नचाहने कुरामा भने चनाखो छु । मैले मेरो ब्यक्तिगत समस्यामा 'बा'लाई घिसार्न चाहन्न । मेरो पारिवारिक जिम्मेवारी 'बा' को थाप्लोमा थुपार्न चाहन्न अनी मेरो पिर,चिन्ता र दु:खलाई 'बा' को खल्तीमा घुसार्न चाहन्न । किनकी मैले 'बा'लाई सुख दिन सक्दिन भने दु:ख  दिने अधिकार पनि छैन ।
*******************************************
साँच्चै भनु भने, म मेरो 'बा'लाई सन्तानप्रती आश्रित नभएकै हेर्न चाहन्छु -जो पहिल्यै देखिनै हुनुहुन्न । उस्तै जागरुक, मेहनतिलो र फुर्तिलो भएको हेर्न चाहन्छु । बा थाकेर सुस्ताएको मलाई रत्ती मन पर्दैन । बा बुढो भएको कुरा सम्झदा मात्रै पनि दिक्क लाग्छ । 'बा'को चाउरिएको छाला अनी सेताम्मे फुलेको कपाल देख्दा बिरक्त लागेर आउँछ । 'बा' दिन प्रतिदिन बुढा हुँदै गएको देख्दा मन कुँडिएर आउँछ । म नियाल्छु, सोच्छु र मनन गर्छु  मेरो 'बा'लाई तर म खुलेर भन्नै सक्दिन कि 'बुवा ! म तपाईंलाई धेरै माया र सम्मान गर्छु' भनेर । 
****************************  
           'बा' र 'म' बिच एथेस्ट संवाद हुंदैन तर हामी बिचको मौन आत्मिय सम्बन्धमा कुनै कमी छैन । किनकी 'बा' को मनमा म प्रतिको 'ममता' छ अनी मेरो मनमा उहाँ प्रतिको 'सम्मान' । हामी बिचमा तिक्तता छैन, रिक्तता छैन र कटुता छैन । हामी बिचको सम्बन्धमा कमी छ त एउटै कुराको त्यो हो 'मित्रता' । उहाँ  केवल 'बा' बन्नु भयो र म केवल 'छोरा' । हामी कहिल्यै 'मित्र' भएनौ र मित्रताको ब्यवहार गरेनौ । मेरो 'बा' र म 'बिच' को मौन भावनात्मक सम्बन्ध शब्दमा पनि खुल्नु पर्ने हो , त्यो खुल्न सकेन । हामीहरुबिच  खुल्ला र पारदर्शी  संवाद हुनै सकेन । यस्ले हाम्रो रगतको  नातालाई  खल्लो बनाएको महसुस हुन्छ । मलाई अर्को जन्ममा विश्वाश छैन, एकबारको जुनी अनी एकैबारको नाता । तै पनि किन यो संकोच ? म आँफै बुझ्न सकिरहेको छैन । म सोच्छु, बुवा र म किन साथी हुन सकेनौ ? किन एकार्काको भावना खुलेर पोख्न सकेनौ ? किन हातमा हात र काँधमा काँध जोडेर हाँसी मजाक गर्न सकेनौ ? किन, किन, किन ????
**********************************
         अब, म पनि कसैको 'बा' हुँ । मेरो 'बा' संग मैले 'खुल्ला संवाद' गर्न नसक्नुमा मेरो कम्जोरी हो या 'बा' को त्यो मलाई थाहा छैन तर म कसैको 'बा'को हैसियतले त्यो कमी महसुस हुन दिन्न । म मेरो छोरीसंग पानीमा चिनी घुले जस्तो घुल्न चाहन्छु । म उ संग मित्रवत ब्यवहार गर्न चाहन्छु र उ संगै खेल्न, डुल्न र रमाउन चाहन्छु । म 'बा' होइन उस्को 'बेस्ट फ्रेण्ड' बन्न चाहन्छु ।
र अन्तमा-
तपाईंहरु पनि आफु र आफ्नो सन्तान बिच 'मित्रवत् संवाद'को बातावरण निर्माणमा आजै देखी लाग्नुस् । 'मौनता'को खाडल नखन्नहोस । नत्र, मेरो अहिलेको  उमेर र मेरो 'बा'को उमेर सम्म आईपुग्दा 'संकोच' र 'मौनता'को खाडल यत्ती ठुलो र गहिरो बनीदिन्छ कि त्यो खाडल पुर्न र पार गर्न निक्कै कठिन हुनेछ  ।

Sunday, June 11, 2017

Why we should donate to charity ?????


Charity is one of the most noble tasks that a man can do in his life.According to different religious beliefs, our life on earth is just a transitory phase of an eternal journey towards
A charitable person loves his fellow-beings and likes to help them in distress.He is very sensitive to the feelings of others.The sight of pain or misery troubles him and he tries his level best to alleviate that misery.He is deeply moved  at the sight of beggars, or victims of natural calamities such as floods,earthquakes etc. Today , the world is in greater need of charity than ever before. The gap between the rich and the poor is widening.While on one hand, we have the billionaire businessmen, sport stars and movie stars.While on the other hand we have millions of diseased and starving men,women and children dying for that one morsel of grain that would keep them alive.If all the rich people and even people who are reasonably well-off contribute something in terms of money,food,clothes or even empathy, then the world would definitely be better off. There is no denying the fact that sections from the rich have always contributed towards the upliftment of the poor.Many big corporations ,charitable trusts and societies make good contributions in areas of poverty-alleviation,food supply,education and health.Recently the two richest men on the planet, Microsoft founder Bill Gates and investor Warren Buffet announced the donation of a lion's share of their wealth to charity.They also called upon fellow billionaires all over the world to emulate them.This has had  a ripple effect whose benefits are being seen all over the world.But evidently, a lot more needs to be done.


So, this brief period that we are on earth, which we call life, has to be lived with a purpose.For some people the true meaning of life is the joy of giving.They realize this dream of theirs by engaging in acts of charity.But this does not necessarily mean that one has to be a billionaire to show charity.Even simple actions like feeding a poor man for a day, or teaching a poor kid are acts of charity. Every person can do his own bit , and it would make some difference to another person's life. Also, acts of charity should not be trumpeted.It should be done from the heart and not for publicity or other commercial purposes.The best form of charity is the one in which the identity of the donor remains hidden.Giving to others increases your capacity for love. It makes you realize that even if you don’t have much, you have enough to share with others. In fact, analysis of giving data shows that poor people donate a larger percentage of their income to charity than rich. Donating used clothes to a shelter, new shoes to foster kids, or money to a worthy organization will make you feel rich.If you have children, donating to charity will show them you care about others and want to make the world a better place. If you involve your children in choosing charities, you will instill a desire to share and serve that will last throughout their lives. 
Grandchildren, nieces and nephews can also be influenced by your generosity towards others. These days, this generous attitude to giving to the needy is not so well defined. People don’t know how to help or how to make sure their donation goes towards the cause and not just to charity operating expenses. Why is it important that we donate to charity? Here are just 5 good reasons:

1.       Help other people – there are millions of people in the world who are worse of than we are at any one time. Many of these folk have problems that are not their fault or are beyond their ability to prevent or change. Humans are a social animal and the best way for mankind to advance is by helping those who are unable to help themselves. We have a responsibility to care for other people, to help those less fortunate than ourselves. When we have some spare cash, time or goods, it is an opportunity to help out.
2.       Make a difference – donating to charity is the perfect opportunity to make a difference in the world. By making a difference to someone’s life, you are leaving behind a legacy. You are making a statement that your life was worthwhile because you made a contribution to society.

3.       Feel good – medical and scientific research has proven beyond doubt that giving to other people makes you feel good. The feeling of satisfaction you get when you help someone else is hard to replicate with any other type of activity or endeavor. People who give feel happier, are less anxious and suffer less depression than those who don’t. Better health is enjoyed by those who donate their time, expertise or money to others who are in need. Charitable people tend to be able to cope with their own problems more easily than those who don’t donate. Giving to others improves your self-esteem, self confidence and self worth. This advantage flows into all areas of your life so you will find that you are more confident at work and in social situations.
4.       Support a cause you believe in – different charities touch the heart of different people. If you are passionate about something or believe that a certain area is important, you will be able to support that cause by donating to charity. You might be passionate about every child having access to a good education; that nobody should live in poverty in the 21st century; that everyone should be able to experience music or art. Whatever you believe in or are passionate about, you will be able to further the cause through donations to charity.


5.       Meet new people – donations to charity give you the opportunity to met new people and expand your circle of acquaintances. This is especially true when you donate your time or expertise to a worthy cause. While most charitable organizations always need money, many could not operate without an army of volunteers. Whether you give up your time one day a week to serve meals, give a few hours a day to sit with the elderly or travel overseas to help build houses, you will certainly meet many like-minded people along the way. As well as being potential friends, who knows where these new relationships will take you and how these new people might be able to help you in the future? So shed any doubts you have 

Master Plan of Integrated Majhi Settlement-2
about why donations to charity are so important and offer your time or money to a cause you believe in. Many other people will benefit but you will also benefit in so many ways.

So, is giving to charity important in your life? 

What kinds of things do you do to make a difference for others?If you are agreed with this article, lets make a donation to the project of 'Integratedmodel  Majhi Settlement' whic is going to be implemented in Sindhupalchock,Nepal, for the earthquake affected 56 Majhi families.  Please visit this web page for more detail : 

www.ssfoundation.org.np


Yagya raj Karki ( Executive Secretary, Shweta Shree Foundation)

977-9843688640/9823620470.

Tuesday, December 20, 2016

स्याबास, हजुरआमाका सुसारेहरु !


अन्तत: हजुरआमा विलिन  हुनुभयो ,कहिल्यै नदेखिने गरी, नभेटिनेगरी । हजुरआमा भौतिक रुपमा हामी सामु हुनुहुन्न । अबउपरान्त उहाँ सम्झनामा मात्र सिमित रहनेहुनुभयो ।
मेरो कुरो, कि बुढाबुढीसंग मिल्छ कि त भुराभुरी । आफ्नै उमेरका ठेट्नाहरुसंग उत्तिसार्‍हो 'ताल' मिल्दैन । बुढापाकाहरुको कुराकानी  र भुराभुरीको चुरीफुरीमा जस्तो रस मेरा उमेरका भुसतिघ्रेहरुमा भेट्दिन । केश पाकेकाहरुको मुखबाट  उहिलेका कुरा सुन्नुमा जुन मजा छ, अहिलेका कुरामा छैन । तोतेबोलिका स्वार्थविहिन निस्कपट कुरा सुन्नुमा जुन मिठास छ, छलकपटको बुट्टा भरिएको बनावटी 'युवा'वाक्यहरुमा त्यो मिठास पाउँदिन । त्यसैले बाजेबज्यै र भुराभुरीहरुको जमातमा घेरिएर भलाकुसारी गर्न सार्‍है आनन्द लाग्छ ।
हजुरबुवा जिउँदो छँदा उहाँकै वरीपरी घुमिन्थ्यो, पुराना कुरा सुनिन्थ्यो र नदेखेको र नभोगेको युगको कल्पनामा रमाइन्थ्यो । हजुरबुवाको देहान्त पछी एउटा अध्यायको अन्त भयो । हजुरमुमा रहुन्जेलसम्म पनि त्यो अध्यायको अर्को पाना पल्टिरह्ह्यो । तर यस्पालीदेखुन्,एउटा कथाको अन्त्य भयो । सदासदाको लागि ।

हजुरआमाको सामिप्यता सार्‍है न्यानो । हजुरआमाको कोमल हृदयबाट प्रस्फुटनहुने मात्रुवात्स्यल्यताको कायल म , म मात्रै होइन हामी सबै नातिनातिना अनी पनातिपनातिनाहरु ।

हजुरआमा ब्लड क्यान्सरले थलिएर बिछ्यौनामा ढलेदेखुन "बिरक्तता"ले गाँजिएको महौलको श्रीजना भयो । उदासिनताको कुहिरो मडारिएर घरलाई घेरेको जस्तो उकुसमुकुसको "मौसम" ।

असोजदेखी बिस्तरामा पल्टनु भएकी मेरी  हजुरआमा गत मंशिर २२ गतेका दिन संधैकालागी चिता माथि सुत्नु भयो । सानोतिनो घाऊमा पनि ठुलो पिँडाको महसुस गर्ने मेरी हजुरआमालाई आगोको लप्काले पोलिरहँदासम्म "आथ्था" समेत भन्नु भएन, निर्जिव बनेर चुपचाप जलिरहनु भयो । हामी पनि मौन हेरिरह्यौ , बगलीमा हात राखेर, बिचरा हामी !

हजुरआमाको अशक्त अवस्था, आँफै खान नसक्ने अनी आँफै  चर्पी जान नसक्ने । नाकको टुप्पोमा झिँगा बस्दा समेत आफ्नै हातले धपाउन नसक्ने ।

त्यो अशक्तताको अवस्थामा हजुरआमाको स्याहार गर्ने स्याहारेहरुको मेहनत ल लगावको प्रशंशामा म यि शब्दहरु मार्फत  ब्यक्त गर्न असमर्थ छु । तै पनि गर्नेहरुको कदर गर्नै पर्छ म यि शब्दहरु हजुरआमाका स्याहारे र सुसारेहरु प्रती समर्पित गर्न चाहन्छु ।

मरेपछीको श्राद्द भन्दा जिउदो छँदाको 'सेवा'नै महान हुन्छ । त्यो महानकार्यमा सरीक हुने मेरा कान्छा काका र  कान्छी काकी जस्ले दाजुभाइ बिचको  अंशबण्डा पस्चात पनि  "हजुरआमा"लाई प्रमुख अंशको रुपमा ग्रहण गर्दै स्याहार सुसार गर्नुभयो, उहाँहरुलाई हार्दिक नमन गर्न चाहन्छु । काकाकाकी ले हजुरआमा र हजुरबुवालाई बांचुन्जेल कुनै कुराको कमी हुन दिनुभएन, उहांहरुको आवश्यकताको परिपुर्तीका लागी सक्दो मेहनत गरिनै रहनुभयो ।

तत्पस्चात, हजुरआमाको अस्वस्थताका कारण   काठमाडौ बसाइका क्रममा उहाँको हेरबिचारका लागि खटिने भाईबुहारी (जानुका)ले गरेको अथक मेहनतको बखान गरेर साध्य छैन । ओखती खुवाउने 'नर्स', खाना पकाएर खुवाउने  'भान्से' र लुगा धुइदिने 'धोबिनी'को भूमिका निर्वाह गरेकी बुहारी जानुकाप्रती हार्दिक आभार ।

सकुन्तला भाउजु, जस्ले हजुरआमाको अश्वस्थतामा "सुसारे"को भूमिका निर्वाह गर्नु भयो, उहाँको त्यो भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्न चाहन्छु । मैले देखेको छु,  हजुरआमा प्रती उहाँले पोखेको "माया " । शब्दमा सिमित रहने माया भन्दा सकुन्तला भाउजुले दिशा,पिसाव सोरेर ब्यक्त गरेको ब्यवहारिक "माया" पो असली माया । हार्दिक नमन भाउजु तपाईंलाई ।

खाना खानेक्रममा कहिलेकाही जिस्किएर 'खकार" र 'सिँगान'को सन्दर्भ निकालीदिंदा रिसाएर  खाइरहेको खाना छोडेर हिंड्ने मेरी अर्धाङ्गिनीले हजुरआमाको मुखबाट बगेको र्‍याल र नाकबाट बगेको सिंगान पुछिदिन्छिन् भन्ने सोचेको थीईँन ।  तर मैले नसोचेको कुरा उनले गरिन् । छोरीलाई फकाएर जसरी खाना खुवाउथिन, उसरीनै हजुरआमालाई खुवाइन र पिलाइन् । धन्य मेरी अर्धाङ्गिनी ।

   आफ्नै रोगलाई ठुलो ठान्ने  साइली काकीले समेत यस्पाली हजुरआमाको ब्यथा र पिडालाई आफ्नो भन्दा ठुलो 'पिडा"को रुपमा ग्रहण गरेको देखे । खुब खुशी लाग्यो । मेरी आमाले पनि हजुरआमाको रेखदेखमा कुनै कसर बाँकी राख्नु भएन ।   

मलाई हजुरआमाको दिशा धुइदिने आँट आएन, गन्हायो । तर मेरो बुवा र साईँला काकालाई हजुरमुमाको दिशा गन्हाएन । सांच्चै, छोराहरुले गरेको 'स्याहार'लाई मैले नजिकबाट चिहाउने अवसर प्राप्त गरे अनी यो अवसर मेरा काका र बुवाहरुले जुराइदिनु भयो ।

मरनच्यासे मेरो बुवा र क्यान्सरले  ग्रसित साइला काकाले हजुरआमाको वरीपरी 'झिगा"भन्किन दिनु भएन अनी  पानीको प्यासमा  घाँटी सुक्खा रहन दिनु भएन । धेरैभन्दा धेरै समय हजुरआमाकै नजिक रहनु भयो, हेरबिचार र स्याहार सुसार गरिरहनु भयो । धन्य, हजुरआमाका असल सपुतहरु ।    

 जागिरको शिलशिलामा उपत्यका बाहिर रहेका हामी जागिरे "नातीहरु"को उपस्थिती भने पातलो रह्ह्यो । जती गरे नातिनीहरु र नातिनी बुहारीहरुले गरे ।
हाम्री हजुरआमा निक्कै भाग्यमानी । आफन्तहरुले घेरिएकै अवस्थामा बिदा हुनुभयो । सबैको सम्मान र माया पाउन सफल हुनु भयो । हजुरआमा आफ्नै ब्यवहारले सुद्द,सफा र कन्चन । उहाँकै ब्यहारले सबैलाई तान्यो र सबै सन्तानबाट माया पाउन सफल हुनु भयो । सासु हुन त मेरी हजुरआमा जस्तो - आमा हुन त ,मेरीहजुर आमा जस्तो- हजुरआमा हुन त ,मेरी हजुरआमा जस्तो ।

आमाबाउले आफ्नो  सन्तानबाट कत्तिको  'स्याहार' र सुसार पाउने भन्ने कुराको निर्क्योल  आमा बाउले आफ्ना सन्तानप्रती दर्शाएको ब्यवहार र प्रबित्तीले पनि भूमिका खेल्दो रहेछ भन्ने पाठ सिकियो । 

अन्तमा: हजुरआमाको रेखदेखमा ध्यानदिने सम्पूर्ण मेरा दिदीबहिनी,दाजुभाइ र आफन्तजन प्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । साथै मेरीहजुरआमै प्रती "सम्मान" को भाव पोखिदिनुहुने "मलामी"का ति लस्करहरुलाई समेत कोटी कोटी नमन ।
१३ दिने "कोर्रा"को बेला मेरा काका बुवाहरुको साथ दिने काकाहरु - शिव, हरी, नारायण, मधुराम र गोपी लगाएत अहोरात्र खटिने भाईहरु- निर्मल,राजकुमार,राजेन्द्र, इश्वर, रबी र दाईहरु- बिनोद, रामचन्द्र, रामशरण र श्रवणकुमारमा हार्दिक नमन ।
यहाँ नाम लिन भुलेकाहरुको अनुहार कालो नहोस्, मनमा हिनता र आक्रोशको फुल  नफुलोस् । सबैजनाले हजुरआमाको निमित्त सके जती गरेका छौ । अत: सबैजना  धन्यवादको भन्दापनि "स्यावासी"का हकदर छौ । जो जस्ले चाहना हुँदाहुँदै पनि  दिलखोलेर हजुर आमा र हजुरबुवाको सुसार गर्ने अवसर प्राप्त गरेनौँ, ति सबैले आफ्नो नजिक रहेका जेष्ठ नागरिकहरुको अनुहारमा आफ्नै हजुरआमा-बुवाको प्रतिबिम्बको कल्पना गर्दै उनिहरुको सेवामा तन,मन र धन लगाऔं । यसो गरे हाम्रा स्वर्गियहजुरआमा र हजुरबुवाले स्वर्गबाट "आशिर्वाद" बर्षाइ रहनुहुनेछ । 
   

  




Monday, December 5, 2016

"ए हजुरआमा ! भनेको मानिदेउ"

 आज , हजुरआमैसंग बिदा लिएर चौताराको यात्रा तय गर्दा मन गर्‍हुङ्गो भएको छ । पहिलेको भन्दा  आजको यो यात्रा अलिक कठिन भएको महसुस गरेको छु । बाटोभरी -अनेकन् कुरा खेलीरहे । ........

बिदाको बेला, घर पुग्दा- मिठो मुस्कानकासाथ 'हार्दिक' स्वागत गर्ने हजुरआमाले यसपटक मेरो आगमन प्रती कुनै प्रतिकृया जनाउनु भएन। मन खिन्न भयो । ३ दिनसम्मसँगै बस्दा एकशब्द पनि  बोल्नु भएन, मुटु कुँडियो । अनी आज बिदाइको बेला "जान्छु है,मुमा " भनेर मुन्टो निहुँर्‍याउँदा  समेत   शिरमा हात राखेर 'आशिर्वाद'
पनि  दिनु भएन, आँखा रसाएर आयो । बाटोभरी बिगतकी हजुरआमाको याद आयो । हजुरआमासंगका ति बालापनहरु, सजिव चित्रबनेर मेरा आँखा अगाडि झल्झल्ती नाचिरहे , सिनेमाको द्रुश्य झै ....... ।*************************************************************************************************
कात्तिके चौउर  बाख्रा गोठालो हुँदा हजुरआमैलाई साथ दिने -म भुण्टे गोठालो । बेशी खेतमा रोपाईको बेला खेतालाहरुलाई खाजा पुर्‍याउन जाँदा हजुरआमाको पुच्छर  बनेर हिंड्ने -म सिँगाने भुरो । पाखरखोलाको खोँचमा 'जलुखो' टिप्न जाँदा हजुरआमाको फरिया समातेर पाखा चढ्ने -म फुच्चो बबुरो । हजुरआमाले चपाएर दिएको मकैमा भिन्नै स्वाद पाउने- म लुखुरे बचेरो । आमाको भान्सामा टन्न भात लतारेर हजुरआमाको थालमा जुठो भात चाख्न पुग्ने म लुब्ध छुचुन्द्रो  ।
**************************************************************************************
सबै नातिनातिनालाई बराबर माया बाँढ्ने ,मायाकी खानी- मेरी हजुरआमा । कसैको दु:ख देख्ननसक्ने- अरुको दु:खमा आँशु चुहाउने,दयाकीखानी- मेरी अती  । फलेको फसल र पाकेको भोजनलाई  सबैको हातमा पुर्‍याउन भ्याउने- अती दानी- मेरी हजुरआमा  । सानै उमेरमा आमाबाउ गुमाएर टुहुरी बनेकी अनी  सानै उमेरमा बिहेवारी गरी - पराइघर धान्दै आएकी -झुपडीकी रानी मेरी हजुरआमै ।

६ जना छोराछोरीकी आमा ,२३ जना नातिनातिनीकी हजुरआमै अनी ,२९ जना पनातीपनातीकी जिजुहजुरआमै । चौथो पुस्तासम्मको माया र सम्मान पाउन सफल यि हजुरआमै आजकाल अलीक  निस् ठुरी   भएकी छिन् । न राम्ररी बोल्छिन् न त सोधेको कुराको जवाफनै फर्काउछिन् । जब्बर भएकीछिन् बुढी ।
******************************************************************************************************

केही महिना अघीसम्म, एकाबिहानै- खोपामा राखेका  देवीदेउतासामु उभिएर प्रार्थनाका सुमधुर शब्दहरुसंग घण्टीको संगित छरेरपुरै घरलाई जगाउने मान्छे, आजकल सबै जागा भइसक्दा पनि ओछ्यानमै लडेको देखिन्छिन्, अल्छे भएकीछिन- हजुरआमै । बुहारी र नातिनिबुहारीहरुलाई भान्सामा तरकारी टुक्राउँदै ,लडेपडेका भाँडाकुँडा मिलाउन जांगर देखाउने नमान्छे ,आजकल थपक्क सिरक ओडेर बिछ्यौनामा लुटुपुटु गरिरहेकी भेटिन्छिन्, लोसे भएकीछिन् हजुरआमै । पहिले अरु कसैले 'एेया' , आथ्था " भन्यो कि "के भयो ?" र ''कसो भयो ?'' भनेर चिन्ता लिने मान्छे अहिले आँफै " मरेँ आमा !'' भन्दै आफ्नै ब्यथाबाट मात्र चिन्तित भएकी सुनिन्छिन् , बिल्कुलै स्वार्थी भएकी छिन् हजुरआमै । पहिले तितोमिठो, सार्‍हो-गिलो, गुलियो-नुनिलो, जे पायो त्यही खाने मान्छे अहिले मुखैमा चम्चा लगेर गिलो,मिठो र नुनिलो खुवाउँदा पनि खान नमान्ने भएकी देखिन्छिन्, अटेर भएकी छिन् हजुरआमै ।
अचानक, हजुरआमै घमण्डी भएकी छिन्, स्वार्थी र अटेरी भएकी छिन् । त्यसैले त आज मैले " हजुरमुमा, म जान्छु है'' भनेर टाउको निहुराएर बिदा माग्दा पनि आफ्नो दाहिने हात टाउकोमा राखिदिएर  " राम्ररी जाउ" भन्ने शब्द पोख्न पनि लोभ गरिन्, निर्दयी हजुआमै ।
***************************************************************************************************
३ महिना अगाडिसम्म हजुरआमा टाठी थिन् । खुट्टाहरु मजबुद थिए, यताउती डुल्न सक्थिन् । दाँतहरु बलिया थिए, भुटेको मकै समेत  टोक्न सक्थिन् । तर यो  दशैताका हल्का ज्वरोले गालेको हजुरआमालाई साधारण चेक अपको लागि सिविल हस्पिटल पुर्‍यायौ ।  ब्लड, दिशा  , र पिसाव  जचाउँन  दियौ । साधारण रोग  भनेर सिविल पुगेकी हजुरआमाको ब्लड रिपोर्ट आयो । हजुरआमाको रिपोर्ट हेरेर हामी छाँगाबाट खसेसरी भयौ ।    सिविल हस्पिटलका डा बिशेष पौडेलले 'ब्लड क्यान्सर' भएको ठहराइदिए । हस्पिटल जाँदा खाली हात हिंडेकी मेरी ९१ बर्सिय हजुरआमै फर्किंदा भने 'ब्लड क्यान्सर'को डाक्टरी  प्रमाण पत्र र  प्लास्टिकको झोलाभरी औषधीका ट्याब्लेटहरु बोकेर फर्किएकी थिईन् । ब्लड क्यान्सरबाट ग्रसित भएको सुचनाबाट अन्जान मेरी  हजुरआमालाई डाक्टरले प्रमाणित गरिदिएको 'रोग' पढ्न आउँदैनथ्यो न त म केको औषधी खाँदै छु भन्ने कुरा को भेउ नै थियो । हामीले भनेका थियौ ' यो रुगाखोकी र ज्वरोको औषधी हो , चाँडै निको हुन्छ'' । 
साधारण औषधीको रुपमा कडा औषधी खाईरहेकी मेरी हजुरआमालाई बिस्तार बिस्तार गाल्दै लाग्यो ।  हजुरआमा सुस्तरी सुस्तरी झोक्राउन थालिन्, सुस्ताउन थालिन्, ओइलाउन थालिन् । हेर्दाहेर्दै  हजुरआमाको  हँसिलो अनुहारमा मुजा पर्‍यो, थैली मुजा परे जस्तै ।  फुलेका केशहरु धमाधम झर्न थाले-ओइलाएको बोटबाट पातहरु झरेझै । मोतीझै चम्कने दाँतहरुले समेत  गिँजा छोड्न थाले । हँसिली अनुहारकी "सुन्दर" मेरी हजुरआमालाई कुरुपताले गांज्दै लग्यो ।



हजुरआमा थाकिन्,पाकिन् अनी एकाएक गर्ल्याम्म ढलिन्   हिंड्नै छोडिन्- अरुले बोकेर डुलाइदिनु पर्ने भयो ।  खान छोडिन-अरुले खुवाइदिनु पर्ने भयो ।  पिउन छोडिन, पिलाइदिन पर्ने भयो । यत्तीसम्म पनि ठिकै थियो तर अब त बोल्नै  मात्र होइन अरुले  बोलेको पनि सुन्न छोडिन् । हजुरआमा लाटी भइन् अनी बैरी भईन् ।
आँफैले जन्माएको छोरा छोरीलाई पनि चिन्न छोडिन्, आफन्तहरुकै भिडमा  मेरी हजुरआमा अन्जान भईन ।अपरिचित भईन् ।

*******************************************************************************************।
हजुरआमैमा आएको यो परिवर्तनले हामी दुखी भएकाछौं । धेरैदिन भयो, बुवा र काकाहरुको ओंठबाट हाँसो हराएको छ, बुहारी  र नातिनीबुहारीहरुको उत्साह र उमँग सेलाएको छ । कुलमान घिसिङले मुक्त गराएको लोडसेडिङ्गले घर त उज्यालो बनायो तर हजुरआमाले  सुरुवात गरेको " मुस्कान हड्ताल"का कारण  हाम्रो मनमा २४ घन्टे लोडसेडिङ्गको थालनी  भएको छ । शायद  हजुरआमाको  खुम्चिएको अनुहारमा मुस्कानको झिनो ज्योति नदेखुन्जेल हाम्रो यो मन "लोडसेडिङ्ग" मुक्त हुनेछैन । हजुरआमा, लौन , मुसुक्क हाँसिदेउ अनी हाम्रो मनको लोडसेडिङ्ग हटाउन मद्दत गरिदेउ ।

***********************************************************************************************
हजुरआमैलाई अनुरोध,

हजुरआमै, अल्छिपन छोडेर बिहानै उठिदेउ र देउताथानमा प्रार्थनाका शब्दहरुसंगै घण्टीको सुमधुर संगित छरिदेउ । रायोको साग पखालिदेउ, फर्सिको मुण्टा केलाइदेउ, आलुको दाना काटीदेउ अनी भान्सामा लडेर बसेका भाँडाकुँडा थन्क्याएर  नातिनीबुहारीहरुलाई भान्सामा सहयोग गरिदेउ ।  पानातीपनातिनिहरुलाई ओरिपरी राखेर उहिलेका पुराना कुराहरु सुनाइदेउ  ।.ज्ञान, अर्ती र उपदेशका वाणीहरु बोलिदेउ । लौन हजुरआमा ! जुरुक्क उठ, खुरुक्क उभिउ अनी भटाभट हिंड्न थाल । तिमीले  हाँसेको, बोलेको, हिंडेको अनी दुई हात शिरमा राखेर आशिर्वादको शब्द पोखेको हेर्न र सुन्न आँतुर छौ । बिन्ती, अटेरीपन छोडिदेउ । भनेको कुरा मानिदेउ ।

बिडम्बना ,

बिरामी भएर बिछ्यौनमा ढलेकी हजुरआमैलाई यो लेख मार्फत आफ्नो भावना अभिब्यक्त गरेको महिना दिन नबित्दै मेरीहजुरआमा  , यो संसारबाट बिलिन हुन पुगिन् । उनको बिलिनतासंगै आफ्नो जीवनको एउटा महत्वपूर्ण 'चिज'गुमाएको महसुश भएको छ । घरको भित्तामा झुण्डीएको हजुरआमाको तश्विरले  घरी घरी मलाईनै हेरिरहेको जस्तो लाग्छ र ' बाबु तलाई कस्तो छ ? '  भनेर सोधिरहेको जस्तो लाग्छ । 





Monday, November 28, 2016

'चाउरे' बुढाहरुको युवा जोश

सिन्धुपाल्चोकको ठुलोसिरुवारी गाविसलाई कार्यक्षेत्र बनाएको ७ महिना भयो । दिनहुँ  चौतराबाट  ठुलोसिरुवारी ओहोर दोहोर गर्छु, म ।

 यो ओहोर दोहोरको क्रममा ठुलोसिरुवारीको कोटडाँडामा एउटा बिश्रामस्थल छ, जहाँ बिहान बेलुका बुढापाकाको राम्रै जमघट देख्थे  ।  कच्ची बाटोको आडैमा रहेको  फलामे ट्रस्ट सहितको त्यो  खुल्ला चौतारीमा ट्रक, मोटर साइकल र बसले उडाएको धुलोलाई वास्ता नगरि भलाकुसारी गरिरहेका बुढापाकाहरुको झुण्ड

देखेर रमाइलो लाग्थ्यो । 'आगो ताप्नु मुढाको- कुरा सुन्नु बुढाको' भन्ने उक्ती अनुसार मलाई पनि पुराना कुरा सुन्न खुब चाख लाग्छ । तर खोइ, के कारणले हो ,बुढापाखाहरुको त्यो झुण्डमा घुसेर बुढा वक्ताहरुको  ठिटो श्रोता बन्ने अवसर जुटेको  थिएन । हुइँकीरहेको मोटर साइकलको गतिलाई बुढापाका जम्मा हुने त्यही बिश्राम स्थलनेर पुगेपछी अलिक सुस्त गराउँथे, म । यसो कड्के नजरले चिहाउँथे र पुन: आफ्नो गती पक्रन्थेँ । सेताम्य केश र दार्‍ही फुलेका, गालाका छाला लत्रिएका  अनी  आफ्नो आडैमा टेक्ने लठ्ठी र दुधको किट्ली ठड्याएर गफको सुरमा मग्न हुँदै हाँसिरहेका 'थोते' बुढाहरु देख्दा म मेरो स्वर्गिय हजुरबुवालाई सम्झन्थें अनी ब्लड क्यान्सरले थलिएर ओछ्यानमा पल्टिएकी ९१ बर्सिय मेरी हजुर आमालाई सम्झन्थें । मलाई मेरा हजुर'बा सरहका ति  बुढापाकाहरुको  झुण्डले मौन आमन्त्रण गरेको धेरै भएको थियो तर 'थोत्रे' बुढाहरुको हुलमा  सामेल हुन भने पाएको थीईन ।


एकदिन, झ्याँडीमा   बस्ने मेरो ८६ बर्शिय फुपाजु'बाजे कोटडाँडामा टुप्लुक्क टप्किनु भयो । ओरालो हिँड्दा हजुरबाको घरसम्म पुग्न १ घण्टा लाग्नेकुरो थाहा पाएर म भुसतिघ्रे 'अल्छे'मा उहाँलाई भेट्न जाने  जाँगर पलाएको थिएन । तर २ घण्टा उकालो चढेर मलाई भेट्न आएका ति हजुरबा देखी  म अचम्मित भएँ, सरम लाग्यो । " बा' मलाई माफ गर्नुस् है, हजुरलाई त्यत्रो दु:ख दिएँ, धेरै हिँड्न पर्ने बनाएँ । " लाज पचाउँदै हजुरबालाई  चिप्लो घसें  ।

" के को दु:ख, हिँडी'राको बाटो न हो, पुराना साथीहरु भेट हुने यही डाँडो हो, यसो बेलाबेलामा गफ चुट्न आइन्छ । " हजुरबा ले सजिलै भनीदिनु भयो । हजुरबाको यो वाक्यले मेरो दिमाखमा चेतनाको झिनो ज्योति झुल्क्यायो । गफाडी बुढाहरुको त्यो झुण्डलाई सम्झायो । त्यो झुण्ड, मेरा यि हजुरबाहरु जस्ता पुराना मित्रहरुको झुण्ड रहेछन् , जो एकाबिहानै गाई भैंसीको दुध बोकेर कोटडाँडाको दुध संकलन केन्द्रमा बेच्न आउँदा रहेछन र चियाको चुस्कीसंगै पुराना साथीसंगतिसंग भलाकुसारी गर्दा रहेछन । म देख्छु, ति बुढापाखाहरु मध्ये कोही चुरोटका अम्मली छन, फुर्र् चुरोटको धुवाँ उडाउँदै गफ्फिएका हुन्छन् / कोही खैनीका अंमली छन्न, खैनी थुक्दै हाँसिरहेका हुन्छन्, अनी कोही चियाको अंमली छन्, चियाको गिलास हातमा समाउदै असल स्रोता बनेर गफ सुनिरहेका हुन्छन्, कोही कोही भने चियासंगै मुखभरी दुनोट र पपको बुझो  लगाउँदै गरेको पनि देख्छु, यो बिहानको द्रुश्य हो ।

मैले सोचें, यो माहोललाई बिग्रन दिनु हुन्न, यस्लाई जोगाउनु पर्छ । यो 'थोते ' बुढाहरु झुम्मिने ठाउँँको उचित

ब्यवस्थापन गरिदिन पाए यो रमाइलो द्रुश्य देखिरहन पाइन्थ्यो । त्यसैले त्यो  फलामे ट्रस्टको  खुल्ला चौतारीमा आँखा दौडाएँ । १ बर्ष अगाडि गाविसबाट प्राप्त केही रकमले बुढापाकालाइनै लक्षित गरी जस्ताको  छानो हालेर बस्ने ठाउँ बनाइएको र  रकम अपर्याप्त भएकोले उसै, अँधुरो अवस्थामै छोडिएको कुरा स्थानिय शिव केसी बुवाबाट थाहा पाइयो ।"यस्लाई पुरा गरौ न त, धुलो नछिर्ने गरी एउटा सुन्दर  आराम स्थल बनाऔ"   मैले अनुरोध गरे । उहाँले समस्या उही दर्शाउनु भयो, नगदनारायणको ।


आफु जागिरे, जागिरको भरमा पालिनु र परिवारलाई पनि पाल्नु पर्ने । सम्पन्न परिवारको पनि होइन । तै पनि यसो-आफ्नो कमाइको केही हिस्सा समाजिक काममा खर्चिन मन लाग्छ र खर्चिदै आएको पनि छु । " लौन त म केही सहयोग गर्छु " मैले भने । मेरो अलिकती सहयोगले केही नहुने देखेर होला, उहाँबाट कुनै प्रतिकृया पाइनँ ।


मलाई यो कार्यमा सघाउनेहरुको खाँचो थियो । यो खाँचो टारिदिए स्थानिय युवामित्र होमनाथ चौलागाईं र बहिनी रेनुका खड्काले । उनिहरुले पनि आफ्नो ब्यक्तिगत आर्थिक सहयोग प्रदान गर्ने र यो अभियानमा सकेको श्रम गर्ने प्रतिवद्द्ता जनाए पस्चात म हौसिएँ । मलाई थाहा छ, यो धर्तीमा दामका प्यासीहरुको मात्र बाहुल्यता छैन भनेर, यहाँ नाम र कामका प्यासीहरु पनि छन जस्ले आफ्नो श्रम पोखेर समाज बिकासको पाटोमा केही गर्न चाहन्छन । यस्तै सामाजिक सोच भएकाहरुको सहयोगमा मैले केही अभियान गर्न सक्षम भएको मिठा अनुभवहरु छन्, ममा ।


हामीले बुढापाकालाई जुटायौ र हाम्रो सोच पस्कियौ, हाम्रो सोच उनिहरुको कानमा पस्न नपाउदै बुढापाकाका मुहारमा खुशी झल्कियो । उनिहरुको मनमा दबिएको सोचलाई हामीले ओकली दिएछौ क्यार ! चाउरेबुढाहरु  खुशीले गदगद भए ।  " सतकर्मको सुरुवात आँफैबाट" भन्ने उक्तीलाई आत्मसाथ गर्दै हामी तीनजनाले १० हजार दिने भयौ । हाम्रो आश्वासन पस्चात बुढाहरुले  सुरुवालको  इजार तान्दै भित्री खल्ती छाम्न थाले । मैलो पुरानो सुरुवालको भित्री खल्तीबाट  कोहीले   हात्ती निकाले, कोहिले बाघ  निकाले अनी कोहिले गैंडा । जस्ले जे सक्छ  त्यस्ले त्यही निकाले । खल्तिबाट निक्लिएका ति शक्तीशाली  जनावरहरुको चित्रले हामीलाई अझ हौसायो । बुढाहरुले समिती बनाए, मासिक बचतको योजना ल्याए । अन्य मनकारीहरु समक्ष हात फैलाउने निधो पनि गरे । जसरी पनि " जेष्ठ नागरिक बिश्राम स्थल"लाई पुरा गराएरै छोड्ने युवा जोश देखाए ।


थोपा थोपा मिलेरा सागर बन्छ भने झै सबै बाट उठेको चन्दाबाट अहिले बुढाबुढिहरुको लागि भलाकुसारी गर्ने एउटा सुन्दर थलोको निर्माण भएको छ । सामुहिक कार्यको एउटा उदाहरणणिय नमुना हो हो । अहिले
अहिले बनेको आराम स्थल
गाबिसले पनि जेष्ठ नागरिकहरुको काल्याणको रुपमा  वार्षिक ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । म लगाएत मेरा केही मित्रहरुले पनि यस्मा मासिक १ हजार सहयोग गर्ने भएका छौ । मन भएका मित्रहरुले हात्तेमालो गर्नेकी ?

९८२३६२०४७०   

Thursday, March 10, 2016

सलाम ! अमेरिकन 'बिरबहादुर'


यो मान्छेलाई नयाँ लुगा लाउन कहिल्यै मन पर्दैन, मिठो खाना चाहिन्न-केवल पिरो मन पराउँदैन फेसबुक छैन- सार्वजनिक हुन चाहन्न भन्छ मोबाइल पनि बोक्दैन अमेरिकाको न्युजर्सीबाट जनवरी पहिलो दिन नेपाल छिरेको यो २१ बर्शिय बबुरो -मेरै पछी लागेर दोलखाको ग्रामीण भेगहरु चाहर्न आइपुग्यो यस्लाई पनि भुकम्प पीडितहरुको लागि केही गर्ने मन ' पैसा' दिन सक्दिन 'पसिना'दिन सक्छु भन्ने यो खैरेकान्छो मनको चोखो निस्चल अङ्ग्रेजी नाम' अल्बर्टो गिमिनेज डि लस गालानेस काभालो' यस्को नाम आम-गाउँलेहरुलाई उच्चारण गर्न अती कठिन हुने, लेख्दा एउटा सानो पुस्तक बन्ने उचारण गर्दा घण्टौ बित्ने भएकोले छेत्रीको छोरोले यस्को न्वारन गरिदिदै  मौलिक नेपाली नाम राखीदिएँ  'वीरबहादुर'   यस्ले आफ्नो  परिचय यही नामबाट दिन थाल्यो  सबैले 'बिरबहादुर' पछी के हो ?' भन्दै जात' सोध्न थालेछन् यस्को देशमा 'जात' हुन्न अरे , यस्लाई आपत परेछ बेजाती यो बजियाले मेरो जात सापटी माग्यो-मैले मेरा बा'आमाको स्विक्रिती बिना आफ्नो जात दिएँ तहाँ उपरान्त यस्को नाम  बिरबहादुर कार्की रह्यो, मेरो जात पाएर मख्ख भएको यो  'मरनच्याँसे'ले मलाई ठुलो दाई भन्छ यो 'लम्फु'पनी मलाई आफ्नै भाई जस्तो लाग्छ   यस्लाई पसिना पोख्ने काम बाहेक अरु सजिलो काम केही मन पर्दैन स्पेनिस,इटाली,फ्रेन्च अङ्रेजी भाषाको जानकार यो 'डुकुलण्ठक'ले नेपाली भाषा समेत लगभग जानी सकेको अवस्था   अमेरिकामा ईतिहास बिषय लिएर पढिरहेको यो 'कुइरे' यहाँ भरिया बनेर हाम्रो माटो माथि पसिनाका थोपा छर्कदै - अहिले यो भाई दोलखा जिल्लाको काभ्रेमा 'अस्थाई शिक्षण केन्द्र' निर्माण गर्ने काममा ब्यस्त
गत जनवरीको दोश्रो शाता यस्लाई समुदाय भ्रमणको लागि लामाबगरको गँगोरखोला लगेको थिएँ त्यहाँका  स्थानियले औपचारिक कार्यक्रमका बिच हाम्रो टोलीलाई स्वागत गरे 'बिरे'लाई मन्चमा राखेर खादा ओडाईदिए  मोरो 'बिरे'ले ममाथी आक्रोश पोख्यो मलाई किन खादा ओडाएको? मलाई किन सम्मान ? किन स्वागत ? लगाएतका अनेकथरी प्रश्न गर्दै कुटुँलाझैं  पो गर्यो
भर्खरै,उस्को फोटो प्रयोग गरेर फेसबुक खोलीदिएको थिएँ, निरन्तर संचार गर्न मिलोस् भनेर त्यो बेला झन् रिसले आगो बन्यो मैले उस्लाई फकाएँ, हामी देश बिदेशमा रहेर पनि आफ्नो गतिबिधीबारे जानकार रहन सक्ने कुरा बताएँ  निक्कै गार्हो मानेर,सहमती जनायो एक्काइसौ सताब्दीको यो गोबर गणेशलाई पूजा गरौ कि गाली ?
बिदेसबाट उस्का परिवार मित्रजनले मलाईनै सोध्छन  ' बिरे कहाँ - कस्तो ? भनेर त्यो मोबाइल नबोक्ने  'मुडे' गाउँतिर भारी बोकीरहेको हुन्छ पनि बेखबर वाक्कै भएर आफ्नो 'सिम कार्ड' जबर्जस्ती भिडाएर पठाएँँ अहिले भने संचार हुन्छ तर जो पायो त्यस्ले फोन गरेको मन पराउदैन त्यसैले त्यो ' ल्वाँदे'ले  प्रायजसो स्विच अफ गर्छ     
जे होस्- यो भुरोले मलाई' कर्म गर- फलको आश नराख' भन्ने  एउटा पाठ सिकाएको अरबमा पुगेर आफ्नो पसिना सस्तोमा बेच्न आतुर युवा जमातको लागि यो खैरे नराम्रो 'गाली' हो पैसा,मान सम्मान प्रतिस्ठाको प्यासमा भौतारिने हामी 'काकाकुल'हरुले यो फुच्चेबाट केही सिक्ने कि ?

सलाम बिरबहादुर
(यदी तपाईंहरु यो मान्छेको कामलाई प्रोत्साहित गर्न चाहनुहुन्छ भने यो नम्बरमा उत्प्रेरणा र प्रोत्साहनका सन्देश प्रेसित गर्न सक्नुहुनेछ । तर फोन गर्ने कार्य नगर्नु होला यस्को काममा डिस्टर्ब हुन्छ नि । बिरेको संपर्क नं ९८४५१८९६७७  )