पोखरा—१७ सीतापाइला र बिरौटामा सस्तो आवासको परियोजना सुरु हुन लागेको हो। लुमन्तीले धमाधम डेरावालहरुको आवेदन संकलन गरिरहेको छ। यी दुई ठाउँमा गरी १ सय ६५ वटा घर बनाउने लुमन्तीको योजना हो। ‘अहिले आवेदन बटुलिरहेका छौं,' फिल्ड संयोजक सन्तोष जिसीले भने, ‘दसैंतिहारको बीचतिर घर बनाउन सुरु गर्छौं।'
कम्तीमा पनि ५ वर्ष पोखरामा डेरामा बसेका व्यक्तिलाई प्राथमिकता दिइने लुमन्तीका प्राविधिक गणेश पुनले जानकारी दिए। त्यसमा पनि पहिलो कास्की र त्यसपछि पश्चिमाञ्चलका व्यक्ति र त्यसपछि अन्तकालाई प्राथमिकता दिइने जनाइएको छ।
सस्तो आवास चाहनेले कम्तीमा पनि साढे २ आना जग्गा खरिदका लागि ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ। त्यतिमा जग्गा किनेर आफ्नो बनाइसकेपछि घर बनाउने खर्च लुमन्तीले लक्ष्मी बैंकबाट सस्तोदरको ब्याजमा ऋण उपलब्ध गराउँछ। ब्याज ८ प्रतिशतमात्रै हुन्छ। ‘त्यो दरमा प्रत्येकलाई ४ लाख रुपैयाँ ऋण झिकाएर सबै एकदरे घर बनाउन हामी सघाउँछौं,' जिसीले भने। ऋणको किस्ता मासिक ६ हजार ३ सय ५० का दरले ७ वर्षसम्म तिरे पुग्ने उनले जनाए।
संस्थाले सीतापाइला र बिरौटामा जग्गा हेरिसकेको छ। इच्छुक आवेदकहरुलाई बिक्रेतासँग सिधैं डिल गरेर किन्ने वातावरण पनि संस्थाले बनाइदिने जिसीले जानकारी दिए। ‘कम्तीमा साढे २ आना जग्गा ५ लाख र त्योभन्दा बढीलाई धेरै मूल्य पर्नसक्छ,' उनले भने, ‘बिक्रेतासँग सिधैं डिल गरेर घटाउन सक्नेले घटाउन पनि सक्नुहुन्छ।' जग्गा किनेपछि लुमन्तीको सिफारिसको आधारमा लक्ष्मी बैंकले तुरुन्तै ऋण दिने उनले बताए। सेवाशुल्क लगायत झन्झट बिनै ऋण पाइने उनले जानकारी दिए।
उनका अनुसार लक्ष्मी बैंकमार्फत सस्तो ब्याजदरको ऋण उपलब्ध गराउन लुमन्तीले ५ करोड ५८ लाख रुपैयाँ परिचालन कोशमा जम्मा गरेको छ। सोही रकमको आधारमा सस्तो ब्याजमा ऋण उपलब्ध गराउन सकेको उनले बताए। संस्थाले आवास बनाउनेमध्येका परिवारलाई सीपमूलक तालिम दिने र आवास क्षेत्रका लागि आवश्यक ढल, बायोग्यास लगायत केही पूर्वाधारमा लगानी गरेरसमेत सघाउने गरेको छ।
यसअघि लुमन्तीले पोखरा—१४ मा ७५ परिवारलाई सस्तो आवाज उपलब्ध गराइसकेको छ। अर्काे ठाउँ सुन्दर टोलमा पनि ३० घर बनिसकेका छन्। लुमन्तीले सहजीकरण गर्ने र समुदाय आफैंले अगुवाइ गर्ने गरी आवास परियोजनाको अवधारणा ल्याइएको जिसीले जानकारी दिए। साढे दुई आना जग्गामा ४ सय ५५ वर्ग फिटको घर बनाउँदा अगाडि पार्किङ र पछाडि १० फिट चौडाइ र २० फिट लम्बाई बराबरको जग्गा बाँकी हुने समावेशी टोल विकास संस्थाका अध्यक्ष माधव बरालले जानकारी दिए।
लुमन्तिका प्राविधिकि सहायक गणेश पुनका अनुसार आवासका घर बनाउँदा जगदेखि नै ४२ वटा रड प्रयोग गरिन्छ भने भित्तामा आठ इन्चको ब्लक प्रयोग हुन्छ। ढलानसहित साढे दुईतलासम्म घर बनाउन सकिने छ। तीन कोठा, ट्वाइलेट, बाथरुम, बरन्डा रहेको घर त्यो पनि भूकम्प प्रतिरोधात्मक हुने पुनले जानकारी दिए। संस्थाको डिजाइनअनुसार घरको बीच कोठाको छाना ढलान हुन्छ भने दुई कोठामा जस्ताको छाना राखिन्छ।
सस्तो आवास कार्यक्रममा कुनै पनि नगरपालिकामा आफ्नो स्वामित्वमा घर जग्गा नभएका, कर्मचारी, सरकारी, गैरसरकारी, विद्यालय तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, सञ्चारकर्मी, अदक्ष रुपमा वैदेशिक रोजगारमा गएका कामदार, साना खुदा व्यापारी, यातायात, औद्योगिक क्षेत्र तथा निर्माण कार्यमा कार्यरत मजदुर, एकल महिला, अपांग र द्वन्द्व पीडितलाई प्राथमिकता दिइएको छ।
सस्तो आवास परियोजनामा लुमन्तीबाहेक होमलेस इन्टरनेसलन युके र पोखरा उपमहानगर पाालिकाको पनि सहकार्य छ। आवास क्षेत्रमा पूर्वाधार निर्माणमा नगरपालिकाले सघाउने गरेको छ। पोखरा—१४ चाउँथेको समावेशी टोलमा ढल लगायत पूर्वाधार निर्माण गर्दा स्थानीयले २० प्रतिशत राखेपछि नगरपालिकाले ८० प्रतिशत बजेट खर्च गरेको थियो।
आवास परियोजना सुरु भइसकेपछि त्यसको सञ्चालन स्थानीय समुदायले नै गर्ने वातावरण लुमन्तीले बनाउँदै आएको छ। यो संस्थाले पोखराबाहेक मुलुकका अरु सहरमा पनि सस्तो आवास परियोजना सञ्चालन गरेको छ।
Sunday, March 8, 2015
कथा: पागल आईमाई
" त्यो बौला आईमाई हो,बाटोमा हिंडने सबैलाई सराप्छे । " मम्मीले भन्नु भएको थियो ।
एकाबिहानै,कोठाभित्रको झ्यालबाट बाहिरी द्रुश्य निल्याली रहेकी थिएँ ,म । मरिच ,अदुवा र नुन हालेर मम्मिले बनाउनु भएको कालो चियाको चुस्कीसंगै घरको करेसाबारीमा फुलेका फुलहरु, बाहिर रोडमा हिडिरहेका मानिसहरु अनी रोडको फुटपाथमा सामान बेचिरहेका ब्यापारीहरु, यि सबैलाई नियालीरहेकी थिएँ म । एक्कासी मेरो आँखा अगाडि त्यही बौलाई देखीई, हाम्रो घरको गेटनेर ।
''................!' निरुत्तरित रह्यो उ । ।
उ गर्हौ मन लिएर बिदेशियो, आफ्नी प्राणभन्दा प्यारी छोरी र श्रीमतीसंग बिछोडिंदाका बखत श्रीमानको आँखाबाट बहेका आँशुहरुले जमिनभित्र फेवा ताल बनाए । आफुलाई खुशी राख्नकोलागी सँधै तल्लिन रहने आफ्नो सुखदु:खको साथीलाई विदाइ गर्नु पर्दा उस्को मनमा पनि बन्चरोले हानेको झै ठुलो चोट लागेको थियो । तर वाध्यताको अगाडि कस्को के नै लाग्छ र ! यो बिछोड उनिहरुको वाध्यता र आवश्यकता दुबै थियो -रहर थिएन ।
=============================================
मम्मीले एउटा हातले मेरो कुममा स्पर्श गर्नु भयो । मैले मम्मिको अनुहारमा हेरें । उहाँका आँखाबाट पहिलेको भन्दा अहिले आँशुका वहाव झन बढेको देखें । उहाँले पनि पुलुक्क मेरो अनुहारमा हेर्नु भयो र काँपेको आवाजमा बोल्नु भयो " .............भनत, तिमीलाई कहिल्यै मैले तिम्री आमाको कमी महसुश हुन दिएकी छु ? " मम्मीको मुखबाट अनायस यो प्रश्नात्मक वाक्य सुने । एकाएक मेरो शिरमा पहाड खसेझैं भान भयो । मैले टेकेको जमिन भास्सिएझै भयो । म निशब्द भएँ ।
-----------------------------Thank you-------------------------------
Tuesday, December 16, 2014
'एकादेशको कथा - सानीनानीको कथा '
(मेरी सानी छोरीमा समर्पित यो बाल कथा )
एकादेशमा- एउटी 7 बर्सिय सानी नानी रहिछन- बाबा आमाकी कान्छी छोरी । उनको एउटा दाजु र दिदी पनि रहिछन । दाजु दिदी र आमाबुवाले अतिनै माया गर्थे । जमिन मा खुट्टा पर्न दिदैनथे - भुइको चिसो लागेर बिरामी हुन्छिन भन्ने डर, काँडा बिज्ला भन्ने डर, लडेर चोट लाग्लाकी भन्ने डर त्यसैले त आलो पालो काँधमा बुइ गरिरहेन्थे । ति सानी नानीलाई भने जमिनमा दौडन मल लाग्थ्यो- बेफिक्री धुलोमा खेल्न मन लाग्थ्यो- बगैचाका फुलहरु चुम्दै हरिया दुबो र झारहरुमा लडीबुडी गर्न मन लाग्थ्यो । उनलाई बोकेको मन पर्दैनथ्यो ।
नानी पातलि थिन्- त्यसैले उनका बाबु आमा र दाजुदिदी उनी मोटाएको हेर्न चाहन्थे । बिहान उठे देखुन नसुतुन्जेल मिठा मिठा खानेकुराहरु पकाउने-ल्याउने र खुवाउने गर्थे । उनकी दिदी बाहिर कतै गयो कि त रित्तो हात कहिल्यै फर्कन्नथिन - बहिनी को लागि केही न केही मिठाइ लिएर आउथिन र फकाइ फकाइ खुवाउथिन । दाजुले पनि त्यस्तै गर्ने । मम्मी र बाबाले पनि केही न केही खानेकुरा कोसेली स्वरुप ल्याइदिने । तर ति सानी नानी भने केही खान रुचाउन्नथिन । एक दिन त केही खान नपाए हुन्थ्यो भन्ने उनको चाहना हुन्थ्यो । नर्सरीमा पढ्ने ति नानीको कोठा भरी अनेकन ज्ञानगुनका चित्र पुस्तकहरुले भरिएको थियो । ति सबै उनका परिवारले उनकै लागि ल्याइदिएका थिए । फुर्सदको समयमा उनका दाई दिदी र आमाबाबाहरु उनलाई कहिले बालकथाका पुस्तकहरु पढेर सुनाउथे त कहिले चित्र कथाहरु देखाउँथे । तर सानी नानीलाई भने ति पुस्तकहरु देखी वाक्क दिक्क लाग्ने गर्थ्यो । उनी त आकाशका ताराहरु गन्न रुचाउथिन, चराका चिरबिर अनी हावाको सरसर आवाज सुन्न रुचाउथिन । साँच्चै भन्नेहो भने उनलाई बाबुआमा र दिदीदाइ रे बोकेको मन पर्दैनथ्यो, घरीघरी अनेकन परिकार खुवाएको अनी कितावका कथाहरु सुनाएको मनै पर्दैनथ्यो । उनी घरभित्र दिक्दार मानिरहेकी थिन । पिजडामा बन्द भएको सुगा जस्तै ।एक साँझ- बार्दलीमा बसेर सानीनानी आकाशमा आँखा दौडाइ रहेकी थिन । चम्किला ताराहरुको माझमा अर्धाकार चन्द्रमा खिसिका दांँत देखाएर मुस्कुराइ रहेकी । सिरसिरे हावा रुखका पातहरुमा ठोक्कीदै बहँदा एउटा भिन्नै संगितको उत्पत्ती भइरहेको थियो । सानीनानी आनन्दको अनुभुती गरिरहिकी थिन । आकाशतिर हेरेर मस्त टोलाई रहेकी थिन । त्यत्तिकैमा चम्किला तराहरु मध्ये एउटा ताराबाट एउटी सुन्दर केटी प्रकट भइन । 'हे सानी साथी के गरेर बसिरहेकी ?' सानीनानीलाई त्यो ताराले प्रश्न गरिन ।
बुवाआमाले कहिले काही आकाशकी परीको कथा भनेको सुनेकी थिन उनले । त्यही परिको चित्र देखिन उनले ति तारामा अनी खुशी हुँदै बोलिन् ' ए परी ! म त तिमीहरुलाईनै हेरिरहेको थिए नि , तिमीहरुलाई कत्ती मज्जा छ है आकाशमा !'
ताराले मुस्कुराउदै भनिन' हो नि मज्जा छ, अनी तिमीलाई पनि त यहाँ मज्जा छ नि होइन र ?'
सानीनानीले निरासमुद्रा मा भनिन ' अह यहाँ त मज्जा छैन'
किन नि अचम्म हुँदै ताराले सोधिन ''तिम्रो मम्मी-बाबा अनी दाजु र दिदीले तिमीलाई धेरै माया गर्नु हुन्छ, भुइको धुलो लाग्न दिनुहुन्न संधै कांधमा बोक्नु हुन्छ मिठामिठा खानेकुरा ल्याउनु हुन्छ र लोभलाग्द कथाहरु सुनौनु हुन्छ । तिमीलाई सब्बैले धेरै माया गर्नु हुन्छ , हैन र ?'
सानीनानी ले उही निरास मुद्रामा भनिन ' मलाई त यो सब मन पर्दैन, मलाई आकाशमा उड्न मन पर्छ तिमीहरु जस्तै । '
के उसो भए तिमी यहाँ खुशी छैनौ ? ताराले सोधिन । सानीनानी उदास मुद्रामा बेजवाफ बसीरहिन ।
लौ उसो भए तिमी आकाशमा आउने त ? सोधिन ताराले । ताराको प्रश्न सुन्ने बित्तिकै सानीनानी फुरुङ्ग भईन् ' साँच्चै हो र ? म आकाशमा आउन मिल्छ ।
'हो मिल्छ तर मैले भनेको एउटा कुरा मान्नु पर्छ ' ताराले भनिन ।
'के कुरा ?' झट्पट सोधिन सानीनानीले ' म मान्छु '
'म तिम्रो घरमा तिमी बनेर बस्छु अनी तिमी म बनेर आकाशमा बस । हुन्छ ? 'ताराले सानीको अनुहारमा घोत्लिदै शर्त राखिन
ताराको यो शर्तमाथी केहीबेर बिचार गरेजस्तो गर्दै झटपट स्विकारको शब्द ओकलिन सानीनानीले 'हुन्छ '
------अब सानीनानी तारा बनिन अनी तारा सानीनानी ------
---------तारा घरभित्र छिरिन- सानीनानी आकाशमाथी उडिन -------------------
-----तारा परिवारको माझमा पुगिन, सानीनानी ताराहरुको बिचमा -----
----सेतो वादलले घेरेको सेफद संसार, अनेकन ताराहरुले छरेको उज्वल प्रकाश,कुनै चिच्याहट थिएन -चारैतिर सुनसान । सानीनानीलाई मज्जाले नाच्न मन लाग्यो । नाचिन । घरी बादलको घेरामा भित्र हराउथिन त कहिले ताराहरुको मधुर प्रकाशहरुमा रमाउथिन । बेग्लै आनन्दको अनुभुती भएको थियो उनलाई । यसरी केही घण्टा सम्म नाच्दै गाउदै रमाउदै -आफैमा हराइरहिन उनी । केही बेर पछी केही भोक लागे जस्तो भान भयो । नाच्दा नाच्दै टक्क अडिन र धर्तीतिर चिहाइन् । घरमा आँखा पर्यो - अनगिन्ती खेलौनाहरुम्याथएे लडीबुडी गर्दै तारानानी उफ्रीरहेकीथिन । आमाबुवा उनको पछाडि मिठामिठा चकलेट लिएर घुमिरहेका थिए । दाजु र दिदी गीत गुनगुनाउदै तारानानीसंगै झुमीरहेको द्रुश्य सानी नानीले देखिन । उनलाई यो द्रुश्यली हाँस उठायो ।' कठै विचरा तारानानी ' भने झै घरको त्यो द्रुश्यलाई बेवास्ता गर्दै उनी पुन नाच्न थालिन, उफ्रन र दौडन थालिन । धेरैबेर सम्म उनी मस्त झुमी रहिन आफ्नै तालमा । यसरी झुम्दा झुम्दै अचानक उनको खुटा रोक्कियो- यताउती हेरिन । पेट छामिन । भोक लागेछ । खुटाहरु लुला भएछन । टाउको दुख्न थालेछ । उनले फेरी आफ्नो घरतिर चिहाइन । तारानानी आमाको काखमा ढल्केकी थिइन, दिदी र दाजु खुटा हात मोसार्दिदै थिए अनी बाबा भाखा हालेर गीत गुनगुनाउदै हुनुहुन्थ्यो 'सानीसानी नानी तिमी चुलबुले परी- तिम्रो छाया आँखाभित्र मायाँ मुटुभरी ' । बाबाको मुखबाट निस्किएका यि शब्द अनी सुमधुर अवाजले सानीनानीलाई बिझाएझै भयो । मम्मी उनको मुख बाट अनयास निस्कियो । ताराको गालामा च्वाप्प म्वाइखाँदै बाबा गीत गुनगुनाइरहनु भएको, आमाले कपाल सुम्सुम्याइ रहनु भएको अनी दाजु र दिदीले हात-पाउ मालिस गरिरहेको द्रुश्यलाई नियाली रहँदा सानीनानीको आँखाबाट तुरुक्क आशु चुहियो । बाबा उनको मुखबाट अनायास अर्को पुकार निस्कियो । त्यहा उनको पुकार गुन्जीरह्ह्यो -धेरैबेर सम्म । तर कुनै प्रतिकृया आएन । 'दादा, दिज्यु ! ' उनी कराइरहिन । तर कसैले केही जवाफ दिएन । उही मधुर प्रकाश अनी वादलको श्वेत घेरा । कुनै आवाज छैन । कुनै चाहल्पहल छैन । उनलाई एकप्रकारको डर लाग्यो । 'मम्मी ! मम्मी !' उनी रुन थालिन --ओ तारारानी तिमी आकाशमा आउ- मलाई मेरै घरमा जान देउ -- हे मम्मी,बाबा मलाई यहाँबाट निकाल्नुहोस्'' उनी कराइरहिन .
'छोरी के भयो ?' आमाले उनको कपाल मुसार्दै सोध्नु भयो, सानीले आँखा खोलिन । आँखा अगाडि देखिन ,आतिरहेकी मम्मीको अनुहार-हतास बुवा अनी मायालु नजरले हेरिरहेका दाजु र दिदी । उनले सपना पो देखेकी रहिछन । जे भए पनि यसरी आफ्नो अगाडि सबै परिवारलाई देख्दा सानीनानीको आँखाबाट बलिद्र आशुका धारा बगीरहे ' मम्मी म घरमै बस्छु- आकासमा जान्न' उनी घुक्क घुक्क रुदै आमालाई अङ्गालो हालिन । बाबाले कपाल मुसारी दिनु भयो - दाजु र दिदीले हातखुट्टा । उनी केही बेर आमाको अङ्गालोमा बाँधीरहिन । गीत गुनज थाल्यो :
'सानीसानी नानी तिमी चुलबुले परी- तिम्रो छाया आँखाभित्र मायाँ मुटुभरी '
-------सुत्नेबेलामा कथा सुन्नै पर्ने मेरी छोरीलाई बनावटी कथा बनाउने क्रममा बनेको यो कथा - (सुन्नेलाई सुनको माला - पढ्नेलाई फुलको माला --छोराछोरिलाई सुनाउने बेलामा मुखैमा आइजाला । )
Thursday, September 18, 2014
डेरामा बस्नेलाई लक्ष्य गर्दै सस्ता घर
http://nagariknews.com/economy/main-story/story/24959.html
बिहीबार २ असोज, २०७१
केशवशरण लामिछाने
- See more at: http://nagariknews.com/economy/main-story/story/24959.html#sthash.qnOKm2CT.dpuf
- See more at: http://nagariknews.com/economy/main-story/story/24959.html#sthash.qnOKm2CT.dpuf
पोखरा- भाडा तिर्दातिर्दा हैरान हुनुभएको छ। केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पूरा हुन सक्छ। आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवाज परियोजना सुरु गर्दैछ।
Monday, June 16, 2014
Motivational Story :The Mango Tree
Once
upon a time, there lived a big mango tree. A little boy loved to come and
play around it everyday.
He
climbed to the tree top, ate the mangoes, took a nap under the shadow… He loved
the tree and the tree loved to play with him.
Time
went by… The little boy grew, and he no longer played around the tree.
One
day, the boy came back to the tree with a sad look on his face.
“Come
and play with me,” the tree asked the boy.
“I
am no longer a kid, I don’t play around trees anymore.” The boy replied, “I
want toys. I need money to buy them.”
“Sorry,
I don’t have money… but you can pick all my mangoes and sell them so you will
have money.”
The
boy was so excited. He picked all the mangoes on the tree and left happily. The
boy didn’t come back. The tree was sad.
One
day, the boy grown into a man returned. The tree was so excited.
“Come
and play with me,” the tree said.
“I
don’t have time to play. I have to work for my family. We need a house for
shelter. Can you help me?”
“Sorry,
I don’t have a house, but you can chop off my branches to build your house.”
So
the man cut all the branches off the tree and left happily. The tree was glad
to see him happy but the boy didn’t come back afterward. The tree was again
lonely and sad.
One
hot summer day, the man returned and the tree was delighted.
“Come
and play with me!” The tree said. “I am sad and getting old. I want to go sailing to relax
myself. Can you give me a boat?”
“Use
my trunk to build your boat. You can sail far away and be happy.”
So
the man cut the tree trunk to make a boat. He went sailing and didn’t come back
for a long time.
Finally,
the man returned after he had been gone for so many years.
“Sorry,
my boy, but I don’t have anything for you anymore. No more mangoes to give
you.” The tree said.
“I
don’t have teeth to bite,” the man replied.
“No
more trunk for you to climb on.”
“I
am too old for that now,” the man said.
“I
really can’t give you anything… the only thing left is my dying roots,” the
tree said with sadness.
“I
don’t need much now, just a place to rest. I am tired after all these years,”
the man replied.
“Good!
Old tree roots are the best place to lean on and rest. Come sit down with me
and rest.”
The
boy sat down and the tree was glad and smiled.
by STEPHEN
The
boy was so excited. He picked all the mangoes on the tree and left happily. The
boy didn’t come back. The tree was sad.Saturday, May 31, 2014
गीत: तिम्लाई भुल्न सक्या भए
Monday, November 11, 2013
कलैया तथा बिरगन्ज भ्रमण

भर्खरै बिरगन्ज र कलैया अवलोकन भ्रमण गरियो । पोखराबाट १९ सदस्सिय टोली सहित त्यो २ दिने कलैया बिरगन्ज भ्रमणको यात्राकालागी म निक्कै उत्साहित भएको थिए । मनभित्र अनौठो खुशीको रक्त संचार
भईरहेको थियो । पोखरा प्रवेस गर्नु पुर्व कारीव ९ बर्षसम्म आफुले मेहनतको पसिना पोखेको त्यो कर्मथलोलाई पुन एकपल्ट अवलोकन गर्न पाउँदाको त्यो अवसरले बेग्लै आनन्दको अनुभुती भईरहेको थियो । बिहान ८ बजे पोखराबाट बिरगन्जको लागि यात्राको थालनी भयो । उसैउसै खुशीले गद्गदीएको मेरो मन जती सक्दो छिटो बिरगन्ज पुग्नको लागि लालायित भैरहेको थियो । मलाई मेरा सहकर्मी मित्रहरुसंग सुखदुख साटासाट गर्नु थियो, मप्रती अपार माया र विश्वाश पोख्ने मेरा समुदायवासीहरुसंग प्रगती र उन्नतीका साथै उनिहरुले झेलिरहेका समस्याहरुको बारेमा भलाकुसारी गर्नु थियो । तिब्र गतिमा गुडिरहेको त्यो गाडीको रफ्तार अझै कम भएझै लागि रहेको थियो । यदी चरीको झै पखेटा हुँदो हो त उडेर पुग्थेँ हुँला तर चार पाङ्ग्रे गाडीमा सवार म बिचरो यात्री चुपचाप गुडीरहेको थिएँ गाडीको रफ्तारसंगै ।
बिरगन्जेली मित्रहरुको पनि उस्तै ब्यग्रता , बारम्बार फोन मार्फत उही प्रश्न "कहाँ आईपुग्नु भयो, कतिखेर आईपुग्नु हुन्छ ?" । मभित्र त्यस्तै छटपटी ।अन्तत: करीव ५ बजे पुगियो परवाणीपुर । परवाणीपुर कटे पछीका हरेक हरेक द्रुश्यहरुसंग आफ्नो बेग्लै आत्मियताको अनुभुती भईरहेको थियो । यो कालो पत्रे रोड अनी रोडवरीपरिका घर र टहराहरु , धुलाम्य कच्ची बाटो र बोट बिरुवाहरु, तालु पोल्ने घाममा रिक्सा चलाईएर पसिना पोखिरहेका चालकहरु अनी बाटोमा हिंडिरहेका कालो बर्णका महिलापुरुष बटुवाहरु- यि सबैसंग मेरो आत्मिय सम्बन्ध भएझै लाग्यो । एउटा अटुट नाता रहेझै लाग्यो ।बिरगन्जको क्लासिक होटल पुग्दा, मेरा हितैसीहरु अनुहारभरी खुशीको रङग पोतेर मेरो सामुन्ने उभीरहेका थिए । मलाई जन्मदिने आमाको अभाव महसुस हुन नदिनेगरी मेरो कार्य अवधीभर अथाह माया र ममता दिने मेरा मधेशी आमाहरु हातमा पुष्प गुच्छा र रातो अबिरको थाली बोकेर यो पहाडीया छोरोलाई गृह प्रवेस गराउनको निमित्त तम्तयार भएर बसेको त्यो द्रुश्यले मेरो आँखाका नानीहरु रसाउन थालेका थिए । मलाई आफ्नै आमाको कोखबाट जन्मेको दाजुभाइ भन्दा पनि बढी "आड र भरोसा" दिने मेरा मधेसीभाइ
बहिनीहरुसंग केही बर्ष पस्चात हात मिलाएर अंकमाल गर्न पाउंदाको त्यो पलमा अचम्मको आनन्द महसुस गरिरहेको थिएँ । म बिरगन्ज को सांढे सात बर्शिय र कलैयाको डेढ बर्सिय कार्यकाललाई बिट मारेर यहाँबाट बिदाइ हुँदा बिछोडको आँशु चुहाउंदै फुलको माला र अबिरको टिका लगाएर दुखेको मनले बिदाइ गर्ने ति आमाहरु अनी ति दिदीभाइ दाजुबहिनीहरुसंगको यो मिलनले मलाई कतीधेरै खुशी तुल्याएको छ , बर्णन गर्न सक्दिन ।परदेश गएर दसैंमा घर फर्किएको छोरोलाई गृह प्रवेश गराएझै आमाहरुले अबिर लगाइदिनु भयो र दाजुभाईहरुले हात मुसार्दै मेरो यो कर्मथलोमा म लगाएत मेरो टोलीलाइ आत्मिय स्वागत ब्यक्त गर्नु भयो ।
हामीले केहीबेर भलाकुसारी गर्यौ । १८ वटा समुदायका करिव २ हजार महिलाहरु सम्मिलित एकता महिला बचत तथा रिण सहकारीको प्रगती चित्त बुझ्दो रहेछ । मैले बिरगन्जबाट बिदाइलिंदा ७० लाखको पुँजी रहेको सो सहकारीको हालको पुँजी सवा करोड भईसकेछ ।२०६२ सालबाट बिरगन्जका गरिव समुदायका घरहरु चाहर्दै बचतको महत्व र आवस्यकता बारे चेतना छर्दै ९ जना महिला सदस्यहरुको बचत समुह गठन गरी प्रतो ब्यक्ती मासिक रु ३० रुपैयाँको दरले सुरुवात गरिएको सो बचत कार्यक्रमले सफलताको राम्रो फड्को मारीरहेको सुन्दा खुशीको कुनै सिमा रहेन । पैसाको होइन मान्छेको बचत भन्ने संस्थागत मान्यता बमोजिम हामिले बचत समुहको गठनगरी छरिएर रहेका महिलाहरुलाई एकिक्रित गर्ने कार्य गरेका थियौ । टोलटोलमा बचत समुहहरु गठन गरी सोही समुह मार्फत सामाजिक सचेतना र बिकासका गतिबिधीहरु संचालन गरेका थियौ ।
भोलिपल्ट, भ्रमणको पहिलो दिन कलैयाका समुदायहरु घुम्ने योजना बमोजिम लुमन्ती संस्थाले स्थानिय सामुदायिक संस्थाहरुमार्फत संचालन गरेका सामुदायिक गतिबिधिहरु अवलोकन गर्नको लागि कलैया पुगियो । लुमन्ती कार्यालयमा कलैया नगरपालिका,सहरी गरिवी निवारण मन्च, दिपशिखा महिला बचत तथा रिण सहकारी र भ्रमणटोली बिच केही बेर अन्तर्कृया पस्चात हामी कलैयाको पर्सा समुदायमा पुग्यौ । पुष्प गुच्छा र रातो अबिर सहितको नानो स्वागत पस्चात स्थानियवासीहरुको आफ्नो टोलमा भईरहेका सामुदायिक गतिबिधीहरु बारे जानकारी दिए । पहिले फोहोरको डङ्गुर् भित्र गन्हाउने त्यो टोलमा स्थानियवासीहरुकै अग्रसरता मा सरसफाइका बिभिन्न कृयाकालापहरु संचालन गरे पस्चात अहिले त्यो टोल निक्कै सफा र सुन्दर देखिएको रहेछ । नगरपालिकाको सहयोगमा फोहोर उठाउने रिक्सा प्राप्त गरी प्रत्येक घरबाट मासिक २० रुपैयाँ उठाएर फोहर संकलकर्ताको ब्यवस्था गरेका रहेछन । बिहान र बेलुका २/२ घण्टाका दरले रिक्सा शाहीत फोहरसंकलनकर्ता प्रत्येक घरमा पुग्दा रहेछन । घरघरमा फुलका बिरुवाहरु रोप्न अनिवार्य नियम बसालेर भाँडा माझ्ने जुठ्यान र भाँडा राख्ने मचान समेत बनाईेएका रहेछन् । स्थानिय महिला समुहहरुको अगुवाईमा सार्वजनिक जग्गाहरु अतिक्रमण गरी बनाईेएका समुदाय भित्रका घर,गोठ तथा करेसाबारिहरु हटाएर खुल्ला बाटो बनाईेएको रहेछ । १०० घरधुरी रहेको सो टोलमा ४ वटा महिला बचत समुह गठन हुनुका साथै प्रत्एक घरबाट एकजना महिलाहरु सो समुहरुमा आवद भएका रहेछन । स्थानियवासीले आफ्नो टोललाई नमुना टोलको रुपमा बिकास गर्न लागिपरेको बताई रहंदा पोखराका भ्रमण टोली निक्कै उत्प्रेरित भएका थिए । पर्साटोलवासीले हाम्रो टोलीलाइ आआफ्नो घरभित्र छिराएर आफुले सरसफाइका लागि गरेको ब्यक्तिगत प्रयासहरु देखाउने कार्य गरे । त्यत्ती मात्र कहाँ हो र , स्थानियवासिले भ्रमणटोलिको लागि पुरी तरकारीको ब्ववस्था गरेका रहेछन । हामी सबैले उनिहरुसंगै एकाकार भएर मायालु हातले सम्मानपुर्वक बनाईेको त्यो मिस्ठान्न भोजन ग्रहण गर्यौ । भ्रमणटोलीको सहभागी आदरणिय भिम्सेन थापालाई महिलाहरुले प्रकट गरेको न्यानो आतिथ्यता र उनिहरुले सामुदायिक रुपमा गरेको योगदानले प्रभावित बनाएछ त्यसैले सम्मान स्वरुप रु १००० हजार प्रदान गर्नु भयो । त्यसैगरी अन्य सहभागी प्रदिप श्रेष्ठ,मनोज थापा र पोखरामा नव गठित सुन्दर समावेसी महिला सहकारीले पनि आर्थिक सहयोग प्रदान गरेका थिए । परिचयको क्रममा पर्साटोलका महिलाहरुले आफुहरु चुलो र चौकटमा ब्यस्त रहने ल्याप्चे (अनपढ) महिला भएकोले राम्ररी बोल्न सक्ने क्षमतामा कमी रहेको वताउने ति महिलाहरुले प्रस्तुतीकरण र उनिहरुले देखाएको जोस,जांगर र सकृयताले आफुलाई लज्जित बनाएको बताउदै भ्रमणटोलीका सहभागी सरु खतिवडाले भनिन " यहाँका महिलाहरुले आफुलाई असिक्षित र केही नजानेको भनेर चिनाउंदा चिनाउँदै पनि हामीहरु भन्दा निक्कै सक्षम रुपमा काम गरेको देख्दा हामी पढेगुनेका र बढी जान्नेसुन्ने भनौदाहरुलाई एउटा नयाँ पाठ सिक्ने मौका मिलेको छ । " पहिले घुम्टो भित्र अनुहार लुकाएर सिमित घेराभन्दा बहिर ननिस्कने यि महिलाहरुमा यो परिवर्तन कसरी सम्भव भयो त ? भ्रमणका सहभागी गोमा दहालले प्रश्न गरिन । उत्तरमा स्थानिय घरभरणी देवीले भनिन " यो बुद्धी,शिप र कला लुमन्तीबाट पायौ । नयाँ मान्छेसंग कुर गर्न र भेट्न लजाउने हामी महिलाहरुलाई लुमन्तिले बचत समुह मार्फत बिभिन्न तालिम,भ्रमण तथा छलफल कार्यक्रमहरुमा समावेस गराउदै गयो । समाजको बिकास गर्ने कार्यक्रमहरुमा पनि हामीलाईनै संलग्न गरायो । बिस्तारै बिस्तारै थाहै नपाई हामी त ठाउँ ठाउँमा पुग्न र तपाईंहरु जस्ता नयाँ मान्छेहरुसंग भेट्न अनी कुरा गर्न थाली सकेछौ । यो सब लुमन्ती को देन हो । हामी अझै सिक्दै छौ । "
पर्साटोलका महिलाहरुको जागरुकताको प्रत्यक्ष अवलोकनबाट उत्प्रेरित हुँदै हाम्रो टोली लुमन्तिकै आर्को कार्य क्षेत्र अवधापुरमा पुग्यौ । त्यहा महिलाहरुले बचत तथा रिण कार्यक्रम मार्फत सस्तो ब्याजदरमा सुलभ तरिकाले रिण लिई तरकारी खेती गरेका रहेछन् । श्रीमानको कमाइको मात्र भरमा नपरी आँफैले कमाईको बाटो रोजेका अवधापुरका महिलाहरुको हिम्मतले पनि हाम्रो टोलीलाइ आत्मनिर्भरताको मार्गमा लाग्न प्रेरित गरिरहेको थियो । तत्पस्चात हामी कलैयाको देवीगन्ज समुदायमा पुग्यौ । लुमन्तीले अन्यटोलमा गरेको कार्यक्रम र ति टोलहरुले प्राप्त गरेका उपलब्धीहरु देखेको र सुनेको भरमा देवीगन्जवासीहरु स्वयंले आफ्नो टोललाई पनि अन्य टोल जस्तै परिवर्तन गरेर देखाउने जमर्को गरेको बताई रहँदा बिभिन्न संघसंस्थाको मुख ताक्ने हाम्रो प्रब्रित्तीलाई गिज्याई रहेको भान हुन्थ्यो ।"लुमन्तीले हाम्रोटोल नजिकैको खपरतत्ता भन्नेटोलमा बचत कार्यक्रम लगाएत अन्य बिकासका कार्यक्रमहरु संचालन गरिरहेको खबर हाम्रै छिमेकी साथीहरुबाट थाहा पायौ । त्यसैले लुमन्तिकी दिपा भन्ने एक्जना कार्यकर्तालाई हामीले सो को बारेमा सोध्यौ । उनले हाम्रो टोलको लागि बिशेष कार्य योजना नरहेको बताइन । हामीले उहालाई 'तपाइकोसंस्थाले आर्थिक सहयोग गर्न नसके पनि केही आइडिया त दिन सक्छ कि भनेर सोध्यौ । उनले हुन्छ भनिन । त्यस पछी बिस्तारै हामी लुमन्तीसंग जोडीएर सामाजिक परिवर्तनका सोच र सिपहरु सिक्न थाल्यौ । बिकासको लागि पैसा भन्दा पनि बिचार चाहिदो रहेछ भन्ने ज्ञान लुमन्तीबाट पायौ । त्यस पछी हामी महिलाहरु आँफैले बचत समुह गठन गरेर पैसा बचत गर्नुका साथसाथै सामाजिक कार्यमा सामुहिक रुपमा लाग्न थाल्यौ । हिजो बत्ती बिनाको अधेरो रातमा हराईरहेका हामी महिलाहरुले नगरपालिका र बिजुली अफिसमा बारम्बार धाएर बिजुली ल्याउन सकेका छौ । शिक्षा अफिससंग समन्वय गरी प्रौढ शिक्षा कार्यक्रम चलाएर पढ्दै छौ । बचत समुह मार्फत रिण लिएर आयआम्दानीको सानोतिनो काम पनि गर्दै छौ । धेरै गर्न बाँकी छ । हामीसंग महिला एकता र पुरुषको साथ छ त्यसैले धेरै गर्न सक्छौ ।" स्थानिय मैरुन खातुनले जोशिलो हाउभाउकासाथ एकै श्वासमा आफ्नो भनाइ राख्दा तालिको गड्गडाहटले उनको हिम्मतको कदर गरिरहेको थियो । त्यत्तीनै बेला २५-३० जना महिलाहरुको एउटा समुह आइपुग्यो । ति मेरा परिचित अनुहारहरु थिए । चर्को घाममा तातेर आएका आक्रोस मिश्रित ति अनुहारहरु एकै पटक म माथि गर्जिय "हामी तपाईंलाई अगिनै देखी पर्खिरहेका थियौ, तर हाम्रो आउने कार्य क्रम क्यान्सिल भएको खबर पाएर यहाँ आएका हौ, किन प्रोग्राम क्यान्सिल गरेको ?' त्यत्ती बेला मध्यान्हको ३ बज्न लागि सकेको थियो । ३ बजेको समयमा कलैया नगरपालिकासंग अन्तर्कृया गर्ने योजना बमोजिम हामी ढिला हुन लागिसकेका थियौ । त्यसैले खपरतत्ता नजाने भनिएको थियो । तर यो खबरले उहाहरुलाई ठुलो चोट पुगेछ । "हामी भने सर आउनु हुन्छ भनेर पर्खदै बसेका थियौ तर तपाईंले हामीलाई महत्व दिनु भएन " इन्दु देवीले आक्रोस पोखिन । चर्को घाम र कार्यक्रमको टाइट तालिकाबाट थकित भएका भ्रमणटोलीहरु समक्ष मैले आफु त्यो टोलमा जानै पर्ने भएको हुँदा अन्यलाई नगरपालिकाको कार्यक्रममा सहभागु हुंदैगर्नका लागि अनुरोध गरे । म खपरतत्तावासिको चित्त दु:खाउने पक्षमा थिईंन । कलैयाका यि वस्तिहरुमा अहिले जे जस्ता गतिबिधीहरु संचालन भईरहेका छन ति गतिबिधीको बिजारोपण मेरै कार्यकालमा भएको थियो । म करिव डेढ बर्ष अगाडि लुमन्तीसंस्थाको फिल्ड संयोजकको रुपमा कार्य डेढ बर्ष सम्मै त्यहाका समुदायहरुमा काम गरेको थिए । त्यही कार्यकालमा त्यहाको समुदायवासिहरुसंग मेरो आत्मिय सम्बन्ध गांसिएको थियो । हामीले कार्य गरेको १० वता समुदाय मध्यको खपरतत्ता टोलमा सुरुमा कार्यक्रम गर्न केही कठिनाई परेको थियो । दलित तथा पिछदडिएको समुदाएको रुपमा चिनिने सो टोलमा हाम्रो लुमन्ती टोलीलाइ धेरै मेहनत गर्नु परेको थियो । बचत समुह गठन, सामुदायिक स्वास्थ्य तथा सरसफाइ कार्यक्रम, बल शिक्षा लगाएत सामुदायिक भवन निर्माण गर्न तथा गराउनका लागि हामीले अहोरात्र खटेका थियौ । त्यही मेहनतको कदर स्वरुप त्यहाका दिदीबहिनिहरु हामीलाई लिन आज यो ठाउँमा आँफै आएका थिए । उहाहरुको आक्रोसमा स्नेह मिसिएको थियो । म त्यो स्नेहलाई लत्याउन चाहन्नथें । त्यसैले म उहाहरुसंग खपरतत्ता हिंडे । तातो घाममा भलाकुसारी गर्दै हिंड्ने क्रममा खपरतत्तावासिले "हामीलाई बिर्सनु भएछ तर हामीले कहिल्यै बिर्सन सक्दैनौ "भन्दै गुनासाहरु ब्यक्त गरे । मैले आफ्नो मनभित्र लुकेको उहाहरुप्रतिको आत्मियतालाई पोख्न खोजे "मैले पनि तपाईंहरुलाई कहिल्यै बिर्सेंको छैन र बिर्सन सक्दिन "
थाकेका मेरा भ्रमणटोलिका सबै सदस्यहरुको पनि सहभागीता रह्यो । खपरतत्तावासिको मन नदुखोस् भनेर हाम्रा टोलिहरुपनी देवीगन्जदेखी खपरतत्तासम्मको १ किमी पैदल यात्रामा सहभागी भए । डेढ बर्ष अघी निर्माण प्रकृयाको क्रममा रहेको खपरतत्ताको सामुदायिक भवन निर्माणकार्यको अन्तिम चरणमा पुगिसकेको देख्दा खुशी ले गद्गद भएँ म । बचत समुहले गरिरहेका सामुदायिक गतिबिधी र बालबालिकाको शिक्षामा आएको परिवर्तन सुन्दा म लगाएत मेरो टोली निक्कै हर्सित भएको थियो ।
अन्तमा हामी नगरपालिकाको सभा कक्षमा अन्तर्कृया र भ्रमणको समिक्षा कार्यक्रममा सहभागेए भयौ । कलैयाका गरिव समुदायमा लुमन्तिले संचालन गरेको बचत कार्यक्रमले ठुलो उपलब्धी हांसिल गरिसकेको जानकारी दिदै दिपशिखा महिला बचत तथा रिण सहकारी संस्थाकी ब्यवस्थापकले हाल सम्म ४५० जना महिलाहरु सो सहकारीमा आवद भएको बताईन । पैसाको भन्दा पनी महिला एकताको पाटोलाई प्रमुखताको रुपमा लिदै लुमन्तिले बचत समुह मार्फत त्यत्रो महिलाहरुको एकता बनाएर सामुदायिक कार्यमा संलग्न गराउन सकेकोमा आफुहरु निक्कै उत्साहित भएको बताउदै कलैया नगरपालिकाका लेखापाल मुस्ताक अन्सारिले लुमन्तिसंगको सहकार्यमा तिनै गरिव समुदायहरुलाई लक्षित गरी भिन्नै कोश (सहरी सामुदायिक सहयोग कोश) खडा गरेर सो कोश मार्फत २ देखी ३ प्रतिसत ब्याजदरमा दिपसिखा सहकारी मार्फत रिण प्रदान गर्दै अैइरहेको बताउनु भयो । लुमन्ती र नगरपालिकाको बराबर आर्थिक साझेदारीबाट स्थापित सो कोश मार्फत रिक्सा चालक हरुलाई रिक्सा मालिक बनाउने कार्यक्रम गर्नुका साथै अन्य आयआम्दानीको कार्यमा रिण परिचालित हुनुले राम्रो प्रतिफल प्राप्त भएको देखियो । दिनभरिको भ्रमण समिक्षाका क्रममा पोखराबाट सहभागी हुनु भएका निवर्तमान मेयर भिमसेन थापा ले आफु लुमन्तिको संस्थागत निमन्त्रणा बिना स्वइक्ष्याले यो भ्रमणमा सहभागी हुन आएको बताउदै यो भ्रमण आफ्नो लागि अविस्मरणिय रहेको बताउनु भयो । " म राजनैतीक कामले एक दुई पटक बिरगन्ज र कलैया आएको थिए तर त्यो बेलाका महिला र अहिलेका महिलाहरुमा धेरै ठुलो अन्तर भेटे " थापाले भन्नु भयो " पहिला घुम्टो भित्र लुक्ने मधेसी मुलका महिलाहरुले अहिले पोखरावासिहरुलाई सिकाउन सक्ने भएका रहेछन,मैले पनि धेरै कुरा सिके "

टोलबिकास नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री, समाबेसीटोल बिकास संस्थाका अध्यक्ष माधव बराल , सुन्दरटोल आवास ब्यवस्थापन समितिका अध्यक्ष मनोज थापा लगायत नव गठित सुन्दर समावेसी महिला सहकारीकी अध्यक्ष सरस्वती पोख्रेलले पनि यो भ्रमणबाट धेरै भन्दा धेरै कुरा सिक्न पाएको बताउँदै आफुहरुले पोखरामा गएर यहाँको महिला तथा युवाहरुले गरेको सामाजिक बिकासका कामहरु जस्तै त्यहा पनि नयाँ काम थाल्ने प्रतिवदता जनाउदा लुमन्तिले आयोजना गरेको यो भ्रमण सार्थक भएको महसुस गरे । मलाई यो महसुस गराउन सहयोग गर्ने कलैया तथा बिरगन्जका सम्पूर्णटोली लगाएत भ्रमणमा सहभागी हुने सम्पूर्ण महानुभावहरु प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्पूर्णलाई सफलताको शुभकामना ।
अंशबण्डा
.jpg)
नेपाल बाजेका ३ वटा छोरा । जेठोको नाम "तेन्जिङ" माइलोको "बिरबहादुर " र कान्छो को "हरिया" । जमिन्दारको रुपमा कहलिएका नेपाल बाजेको जग्गा जमिनको कुनै हिसाब थिएन । उनका छिमेकी- भरतनारायण र चिनकाजीको गिद्दे नजर उनको जग्गा जमिनमा थियो । मौकाका को ताकमा रहेका ति २ छिमेकीहरु नेपाल बाजेको परिवारको हरेक गतिबिधीहरु नियालिरहेका हुन्थे । 2 वटा छोराको घरजाम गराइसकेका नेपाल बाजेले आफ्ना सन्तानहरुलाई पारिवारिक सदभावको डोरीले बांध्न सफल रहेका थिए । छोराहरु निक्कै मेहनती र परश्रमी थिए । सबैमा मेल थियो,आपसी सहयोग र सदभाव थियो । कान्छो छोराको बिहे गर्ने ताकमा थिए नेपाल बाजे । चिनकाजी को गिद्धेनजर नेपाल बाजेको जडिबुटीको खेती गरिएको भिरखेतमा थियो भने भरतनारयणको नजर लटरम्म धानका बाला झुल्ने मैदान खेतमा थियो । दुबै छिमेकीहरुले नेपाल बाजेको जग्गा हडप्नका लागि धेरै किसिमका चलखेल नगरेका होइनन तर सफल हुन सकेका थिएनन । यस्तैमा भरतकाजीले नेपाल बाजेको कान्छो छोराको लागि आफ्नी छोरी सुम्पने सन्देस पठायो । रुपले बिछटै राम्री उस्की छोरी प्रती नेपाल बाजेको काँचो छोरो "हरिया"को पनि मन नबसेको कहाँ हो र ! भन्न मात्र नसकेको । भरतनारायणको सन्देसले हरियालाई ''के खोज्छस कानो,आँखा'" भने झै भयो । उस्ले माइलोदाई मार्फत भरतनारायणको सो प्रस्ताव स्विकार गर्नका लागि बुवालाई मनाउन अनुरोध गर्यो । नेपाल बाजेले पनि आफ्नो छोराहरुको मन दुखाउन चाहेनन् । भरतनारायणको छोरी 'मेनुका'संग हरियाको बिहे भयो ।
अब नेपाल बाजेको परिवारमा थापा १ जना सदस्यको आगमन भएको थियो । नेपाल बाजेले आफ्नी श्वास्नी सहित ३ वटै छोरा र बुहारीहरुलाई बोलाएर बैठक राखे । उनले सो बैठकमा पुर्वानुरुप पारिवारिक सहयोग र सहकार्यका साथै पारिवारिक सुख र शान्तीमा कुनै किसिमको आँच आउन नदिन अनुरोध गरे । उनको अनुरोधलाई सबैले मौखिक रुपमा स्विकार गरिरहँदा कान्छी बुहारी को मुहारमा भने कटुतायुक्त मुस्कानको लहर दौडिएको थियो । केही महिना पछी नेपाल बाजेको परिवारिक माहौल बिग्रिदै गएको समाचार बहिर आउन थाल्यो । आफ्नी छोरीलाई उचालेर भरतनारायणले नेपाल बाजेको परिवारमा अंशबण्डाको बखेडा झिक्न उक्साएको थियो । त्यो बखेडामा हरियाले पनि साथ दिएको थियो । नेपाल बाजेले यो समस्या सुल्झाउन निक्कै प्रयास गरे तर सकेनन
। भरतनारायणले आफ्नी छोरीलाई गोटीको रुपमा प्रयोग गरेर नेपाल बाजेको घरमा छिराएको थियो । उस्को कुटिल चालले बिस्तार बिस्तारै नेपाल बाजेको पारिवारिक माहौल झन झन बिग्रिदै गयो । अन्तत: नेपाल बाजेले अंश बण्डा नगरि धरै पाएनन । ३ वटा छोरा र बुहारी लाई बोलाएर उनले अंश बण्डा गरिदिने निर्णय सुनाए । अंश बण्डाका निमित्त केही शर्त पनि सुनाए । उनको शर्त यस्तो थियो - जग्गाको अंश बण्डा गर्दा भिरालो,पाखो र मैदानखेत ३ वटै छोरालाई बराबर हुने गरी बाँढ्ने , जग्गा दिएपनी लालपुर्जा नदिने (लालपुर्जा दियो भने छोराहरुले जमिनमा पसिना बगाउन छोडेर बेचबिखन गर्लानकी भन्ने डर थियो) अनी सबै छोराले आफ्नो जमिनको उत्पादनको २० प्रतिशत आमा र बुवा (आफु र आफ्नी श्वासस्नी)को लागि उपलब्ध गराउनु पर्ने र आफ्नो जग्गा अरुलाई कमाउन दिन नपाएइने-आँफैले मेहनत गर्नु पर्ने । नेपाल बाजेको शर्तमाथि बिचार गर्न छोराहरुले ३ दिनको समय मागे । तीनवटै छोराहरु आआफ्ना श्रीमतीसंग कानेखुशी गर्न थाले । जेठो छोरो चिनकाजीसंग अलिक नजिक्किएको थियो त्यसैले उस्ले आफ्नो बुवाको शर्त बारे चिनकाजीलाई सुनायो । चिनकाजिले उस्लाई भिरालोखेत लिन सल्लाह दियो । भिरालोखेतको हावापानीमा महंगो जडिबुटी खेती गर्न सकिने र सो कार्यमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्यो । माइलो छोरो चिनकाजी र भरतनारायण दुबैलाई विश्वाश गर्दैनथ्यो । त्यसैले उस्ले जेठो र कान्छोको इक्ष्या बमोजिम निर्णय लिने निधो गर्यो । कान्छोले भने आफ्नो ससुरोसंग पनि राय माग्यो । भरतनारायणले मैदानखेत लिन सुझायो । बाबुको शर्तलाई नमानी मैदानखेत आफ्नो नाममा पार्न उक्साउदै उस्ले ज्वाँई हरियालाई भन्यो " त्यो मैदान खेत र मेरो घर नजिकै छ, छोरीलाई पनि आफ्नो माइत आउन सजिलो हुने अनी तपाईंलाई मर्दा पर्दा जे जस्तो सहयोग हुन सक्छ मेरो तर्फबाट सजिलै उपलब्ध हुन सक्ने भएको ले आफ्नो नामको लालपुर्जा सहित मैदान खेतमा आफ्नो अडान राक्नु होला " । हरियाले ससुरो भरतनारायणको सल्लाहलाई मुनासिव मान्यो । ३ दिन पछी छोरा र बुहारीहरुलाई नेपाल बाजेले आआफ्नो मन्जुरी या नामन्जुरी सुनाउन आग्रह गरे । जेठोले भिरालोखेत एकलौटी रुपमा आफुले पाउनु पर्ने र पाखो खेत र मैदान खेत आफुलाई नचाहिने निर्णय सुनायो । माइलोले आफ्नो पानीमरुवा निर्णय सुनाउदै भन्यो "म त दाई र भाईले जे निर्णय गर्छन् त्यहीमा मन्जुर गर्छु " । कान्छोले भन्यो " म भिर पाखा खन्न,जोत्न र हिंड्न सक्दिन, मेरो ससुरालीपनी नजिकै हुने भएकोले लालपुर्जा सहित मैदान खेत मलाई चाहिन्छ "
नेपाल बाजेले उनिहरुको निर्णयलाई नामन्जुर गरे । ३ वटा छोराहरुको परिश्रमको पसिना भिर,पाखा र मैदानमा बराबर पोखिनु पर्छ भन्ने उनको मान्यता थियो । आफ्नो अन्तिम श्वास रहेसम्म आफ्नो जग्गा जमिन एउटै लालपुर्जा भित्र सिंगो र अखण्ड रुपमा अटाओस -लालपुर्जाको ध्वजासंगै जग्गा जमिन नच्यात्तियोस भन्ने उनको चाहना थियो । छोरा छोरीले आफ्नो हक अधिकार र पसिना पोख्ने थलो माग्नु नजायज होइन भन्ने बुझेका नेपाल बाजेले अधिकारको नाममा परिवार टुक्राउने शक्तीको हालिमुहाली हुने यथार्थलाई बुझेका थिए । त्यसैले उनले ३ वटै छोराको निर्णयलाई लत्याइदिए र भने "सुन बाबु हो ! यदी तिमीहरु आफ्नो पसिन पोखेर आफ्नै पौरखमा रमाउन चाहन्छौ भने तिमीहरुलाई म मेरो जग्गा जमिनको बनाओट अनुरुप समान रुपमा बिभाजन गर्न चाहन्छु तर लालपुर्जाको रटान कसेर बस्छौ र आआफ्नो पायकतालाई मात्र हेरेर जग्गा माग्छौ भने म बाट त्यो मान्य हुन सक्दैन । लालपुर्जाले हलो जोत्दैन र अन्न फलाउदैन त्यसका लागी आफ्नो १० हात खियाउनु पर्छ र पसिन पोखाउन पर्छ । म तिमीहरुलाई भिर,पाखा र मैदान बराबर रुपमा सिमना तोकेर बिभाजन गर्न सक्छु , हेरौ कस्मा कती क्षमता छ ? जस्ले जोत्न सक्छ उस्ले पोत्ला होइन भने हात लाग्यो सुन्य । लौ त के छ बिचार ?" बाउको यस्तो निर्णय सुनेर ३ जना छोराहरु मुखामुख गर्न थाले । जेठो कुर्लियो " म मान्दिन " काँचो पनि कुर्लियो " म पनि मान्दिन" । पानीमरुवा भनेको माइलो पनि कुर्लियो " बुवाले भनेको ठीक हो" । नेपालबाजेकी बुढीया चुपचाप तमासा हेरी रहिकी थिन । बुहारीहरु आआफ्नै पतिको पक्षमा कराउन थाले । केही बेरपछी बुहारीहरुमा कपाल लुछालुछको स्थिती श्रीजना भयो । दाजुभाइहरु मुक्कामुक्की गर्न थाले । बिचरा नेपाल बाजे, गहभरी आँशु बोकेर मुक दर्शक भई आफ्नो घरको त्यो गृहयुद्ध हेरीरहन वाध्य भए । नेपालबाजेको घरमा घन्किएको त्यो अशान्तीको चित्कार चिनकाजी र भरतनारायणको घरसम्म पुगेर उनिहरुको कानमा ठिक्किदा ति दुबै छिमेकिहरु त्यो चित्कारलाई सुमधुर संगितको रुपमा श्रवण गरिरहेका थिय । भोलीपल्ट खबर सुनियो : ३ वटा छोराबुहारीको झगडा मिलाउन खोज्दा नेपाल बाजे र उनको श्वास्नीको ज्यान गयो रे । अहिले ३ जनै छोराहरु आफ्नो श्रीमतीसहित जेलको हावा खाइ रहेकाछन रे अनी झगडाको मुल मानिएको जग्गा जमिन भने चिनकाजी र भरतनारायणको पोल्टोमा पुगेको छ अरे ।
सबैलाई चेतना भया !!!!!!! -लेखक :यज्ञराज कार्की
Tuesday, October 29, 2013
Dr. APJ Abdul Kalam Inspirational Story
Kalam: Let me tell you about my experience. In 1973 I became the project director of India's satellite launch vehicle program, commonly called the SLV-3. Our goal was to put India's "Rohini" satellite into orbit by 1980. I was given funds and human resources -- but was told clearly that by 1980 we had to launch the satellite into space. Thousands of people worked together in scientific and technical teams towards that goal. By 1979 -- I think the month was August -- we thought we were ready. As the project director, I went to the control center for the launch. At four minutes before the satellite launch, the computer began to go through the checklist of items that needed to be checked. One minute later, the computer program put the launch on hold; the display showed that some control components were not in order. My experts -- I had four or five of them with me -- told me not to worry; they had done their calculations and there was enough reserve fuel. So I bypassed the computer, switched to manual mode, and launched the rocket. In the first stage, everything worked fine. In the second stage, a problem developed. Instead of the satellite going into orbit, the whole rocket system plunged into the Bay of Bengal. It was a big failure. That day, the chairman of the Indian Space Research Organization, Prof. Satish Dhawan, had called a press conference. The launch was at 7:00 am, and the press conference -- where journalists from around the world were present -- was at 7:45 am at ISRO's satellite launch range in Sriharikota [in Andhra Pradesh in southern India]. Prof. Dhawan, the leader of the organization, conducted the press conference himself. He took responsibility for the failure -- he said that the team had worked very hard, but that it needed more technological support. He assured the media that in another year, the team would definitely succeed. Now, I was the project director, and it was my failure, but instead, he took responsibility for the failure as chairman of the organization. The next year, in July 1980, we tried again to launch the satellite -- and this time we succeeded. The whole nation was jubilant. Again, there was a press conference. Prof. Dhawan called me aside and told me, "You conduct the press conference today." I learned a very important lesson that day. When failure occurred, the leader of the organization owned that failure. When success came, he gave it to his team. The best management lesson I have learned did not come to me from reading a book; it came from that experience. What a wonderful leader! - See more at: http://inspireurfriend.blogspot.com/2012/10/dr-apj-abdul-kalam-inspirational-story.html#sthash.kIVrHNUp.dpuf
Tuesday, October 1, 2013
गजल: मान्छे भई मर्न पाए
मान्छे भई जन्मेपछी मान्छे भई मर्न पाए
कती राम्रो हुन्थ्यो हजुर अमर काम गर्न पाए
जो जो भेटें जिन्दगीमा सबै बाट सिक्न पाएँ
आफ्नो शिप-ज्ञानहरु समाजमा छर्न पाए
कती राम्रो हुन्थ्यो हजुर अमर काम गर्न पाए
पाप धेरै धर्म थोरै पुण्य कर्म सुन्य भयो
समाजसेवा गर्दै हजुर वैतरणी तर्न पाए
कती राम्रो हुन्थ्यो हजुर अमर काम गर्न पाए
कर्म बिना मान्छे पनि जन्तु भनी कहलिने
बेशै हुन्थ्यो मानवको बर्ग भित्र पर्न पाए
कती राम्रो हुन्थ्यो हजुर अमर काम गर्न पाए
मान्छे भई जन्मे पछी मान्छे भई मर्न पाए
"धन भए धन देउ -मन भए मन देउ "
Wednesday, September 25, 2013
घर मालिक बन्ने कि ?
लुमन्ति आवासको लागि सहयोग समूहले पोखरा उपमहानगरपालिकासंगको साझेदारिमा नगर भित्र विगत लामो समय देखी डेरागरी बस्ने न्युन आय भएका बर्गहरुको लागि सस्तो सुलभ आवास निर्माण कार्यक्रम संचालन गरिरहेको छ । आफ्नो आम्दामीको ठुलो हिंस्सा घरभाडा स्वरुप घरभेटीको पोल्टोमा सुम्पँदै आईरहेका शहरी गरिव तथा न्युन आय भएका डेरावालाहरुलाई घरमालिक को रुपमा रुपान्तरण गर्ने उदेश्य बमोजिम संचालित सो कार्यक्रम अन्तर्गत हाल पोखरा उपमहानगरपालिका वार्ड नं १४ स्थित चाउथेमा पहिलो चरण बमोजिम ७५ वटा आवास निर्माण कार्यको ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । सम्पूर्ण घरको एकै किसिमका डिजाईन र एकै किसिमका रंगरोगन हुने सो समुदायमा बाटोघाटो लगायत अन्य भौतिक पुर्वाधारहरुको समुचित ब्यवस्थापन गरिने छ । 'एक घर दुई बिरुवा'को पारीकल्पना बमोजिम हरियाली क्षेत्रको रुपमा बिकास गरिने सो समुदायमा सबै घरमा अशोकाको बिरुवा रोपिने छ । सबै घरको ट्वाईलेटको साझा सेफ्टी ट्यांकी निर्माण गरी बायो ग्यास प्लाण्ट स्थापनाद्वारा बिजुलीको उत्पादन गर्ने र सोबाट समुदायको सडक बत्तीमा प्रयोग गर्ने योजना रहेको छ ।
प्रती परिवार सांढे २ आना जग्गाको क्षेत्रफलमा निर्माण हुने सबै घरको बाह्य आकार एकै प्रकारका हुनेछन् जस्ले समुदायको सौंदर्यतालाई बढाउने छ । पर्यटकिय समुदायको रुपमा बिकास गर्न लागिएको सो समुदायमा पोखरा उपमहानगरपालिकाले ८० २० को अवाधारणा बमोजिम भौतिक पुर्वाधार बिकासमा लगानी गर्ने भएको छ । सांढे २ आना जग्गाको बढीमा ४ लाख मुल्य पर्ने क्षेत्रहरुको चयन् गरी सो जग्गाको मुल्य उपभोक्ताहरुले अग्रिम रुपमा भुक्तानी गरेर लालपुर्जा प्राप्त गरेपस्चात लुमन्तिले लक्ष्मी बैंक मार्फत ८ प्रतिशत ब्याजदरमा ७ बर्षसम्मको लागि ४ लाख रकम आवास निर्माण गर्णको लागि रिण स्वरुप प्रदान गर्ने गरेको छ । यो कार्यक्रमले सबै किसिमका भाडावालाहरुलाई भने समेट्ने छैन । पारीयोजना ब्यवस्थापन समितिले तय गरेको निस्चित मापदण्द भित्र परेका बर्गले मात्र यो कार्यक्रमबाट फाईदा लिन पाउने छन् ।
मापदण्ड
१ नेपालको कुनै पनि नगरपालिका भित्र आफ्नो स्वामित्वमा घर जग्गा नभई विगत ५ बर्षदेखी पोखरामा डेरागरी बस्दै आईरहेका:
क) सरकारी तथा गैर्ह सरकारी संघसंथाका कर्मचारीहरु
ख)साना खुद्रा ब्यापारी, फुथपाथ ब्यापारी तथा यातायात मजदुरहरु
ग) अपाङ्ग, एकल महिला, द्र्न्दबाट विस्तावित बर्ग
घ)खाडीमुलुकका अदक्ष पेशामा संलग्न
ङ) शिक्षक,पत्रकार तथा अन्य पेशाकर्मिहरु
नोट : नेपालको सुगम जिल्लाका गाबिसहरुमा २ रोपनी भन्दा बढी वा दुर्गम जिल्लाका गाबिसहरुमा १० रोपनी सम्म भन्दा बढी जग्गा भएकाहरुले यस कार्यक्रममा समाबेश हुन पाउने छैनन् ।
Saturday, August 31, 2013
कथा: सम्बन्ध बिच्छेद
त्यस रात पनि म ढिला घर पुगेको थिएँ । सदा झैं ढोका बन्द होला भन्ने मेरो सोच बिपरित ओंठमा मन्द मुस्कान भर्दै हँसिलो मुहारकासाथ मेरी श्रीमती मेरो स्वागतको निमत्त संघारमा उभिएकी थिई । गृह प्रबेशको कुटाइमका कारण बिगत केही महिना देखी अनुभव गर्न नपाएको स्वागतको यो परम्परालाई आज अचानक अनुभव गर्न पाएको थिएँ । तर यो अनुभवलाई अन्य कुनै दुराभावले कुल्चेको महसुस भयो मलाई । त्यसैले स्वागत को यो परम्पराप्रती खासै वास्ता नगरि म सरासर सयन कक्षतिर लागे । कार्यालय पहिरन परिवर्तन गरेर सयनवस्त्र पहिरिएँ। हातमुख धोएँ अनी ८ बर्शिय छोरीको कोठामा चिहाएँ । उ निन्द्रादेवीको काखमा पुगिसकेकी रहेछ । भान्छा भित्र छिरें । टेबलमा चम्किरहेका २ वटा चरेशको थाली भित्र मेरा रुचीअनुसारका पारीकारहरु हांसीरहेका थिए । आज मेरी श्रीमतीले आफ्नो निन्द्रा मारेर मेरो पर्खाइमा भोकै बसेकी रहिछ । भान्छाकोठाको भित्तामा टिक टिक गर्दै घुमीरहेको भित्ते घडीको सुइ हेरें, छोटो सुइ १२ अंकको केही पछाडि अनी लाम्चो सुइ ९ अंक नेर पुगेको छ । आज अलिक चाँडै आईपुगेको रहेछु । खानाको पहिलो गाँसलेनै एउटा बेग्लै स्वादको अनुभुत गरायो ।लामै समय भएछ घरमा खाना नखाएको । मिठो भोजन तयार गरेकोमा धन्यवाद ज्ञापन गर्ने अचानकको मनसाय अनुरुप श्रीमतीको अनुहारमा पुलुक्क हेरें, उ दुइटै हात गालामा राखेर उही मन्द मुस्कानकासाथ एकोहोरो रुपमा मलाईनै हेरिरहेकी थिई । उसको मुहार देख्नासाथ खोइ कुन शक्तीले मलाई रोक्यो कुन्नी उसलाई धन्यवाद दिने मनसाय त्यत्तिकै बिलाएर गयो । "खाना सेलायो" मैले उनको एकोहोरो हेराइलाई भङ्ग गर्ने कोसिस गरें । उस्ले झसङ्ग झस्किंदै आफ्नो थालीबाट खानाको गाँस टिप्न थाली । थालिमा ठोक्किएको चम्चाको आवाजभन्दा अन्य कुनै अवाज थिएन त्यहाँ । उ मौन म मौन । मलाई आजको यो बातावरण केही अनौठो लागि रहेको थियो । अकस्मात मेरो मनमा यही अनौठो बातावरणलाई मौकाको रुपमा प्रयोग गर्ने सोच आयो । बिगत लामो समय देखी भन्न खोजेको कुरालाई छताछुल्ल पार्ने उपयुक्त मौका यही हो भन्ने लाग्यो ।
"मलाई तिमीसंग एउटा जरुरी कुरा गर्नु छ " मैले हामी बिचको मौनता तोडें । मेरो यो वाक्यले उस्का आँखाहरु केही चंचल भएको र अनुहारमा थप खुशीको रक्तसंचार भएको महसुस गरें । सायद हामीबिच बोलचाल बन्द भएको पनि धेरै दिन भएछ क्यार । "मलाई पनि हजुरसंग एउटा जरुरी कुरा गर्नु छ " उस्ले पनि हतारिंदै खुशीकाभावमा दोहोरो संवादको थालनी गरी । मैले उसको कुरा सुन्नु भन्दा आफ्नो कुरा छोटो रुपमा चाँडै पूख्ने निधो गरें अनी एउटै वाक्यमा भनें "म तिमीसंग सम्बन्ध बिच्छेद गर्न चाहन्छु '
मेरो यो वाक्यले उ एकैबेर अलमल्ल परी । केही बोल्न खोजे जस्तो गरी तर गलाबाट शब्द निस्कन सकेन । खानाको गाँस टिप्न छोडेर केहीबेर मलाई हेरी, मैले पनि उस्को भाव जान्न खोजें ।
" किन?" बल्लबल्ल उस्को गला खुल्यो । म चुपचाप रहें । उस्को "किन"को उत्तर दिन पर्ने आवश्यकताको बोध भएन मलाई । "भोली छोडपत्रमा हस्ताक्षर गरेर हाम्रो सम्बन्ध को अन्त्य गर्दा बेस होला" मैले उसमाथी यो रुखो वाक्य प्रहार गरेर शयन कक्षतिर लागें ।
त्यस रात हामी दुवैबिच कुराकानी भएन,उ रुइरहेकी थिइ | के करणले मैले उसंग सम्बन्ध बिच्छेद गर्न चाहेको हुँ र हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा उस्ले जान्न चाहनु स्वभाविकै हो | तर मसंग उसलाई दिने त्यस्तो सन्तोषजनक जवाफ पनि त थिएन |
विगत केही महिनादेखी म जेनको मुटु भित्र फुल्न थालेको थिएँ अनी जेन पनि मेरो हृदयभित्र फक्रीसकेकी थिइ- प्रेमको फुल बनेर । जेनको आगमनसंगै घरबाट मेरो बहिर्गमनको श्रीङ्खला सुरु भएको थियो । जेनले म प्रती पोखेको माया,सदभाव र स्नेहले मलाई आकर्शित गरिरहेको थियो भने मेरी श्रीमतीसंग बिकर्शित । शायद मैले जेन मार्फत त्यस्तो स्नेह पाएँ जुन मेरी श्रीमतीको भन्दा अलिक भिन्न र आकर्षक थियो । त्यसैले जेन सँगको मेरो सम्बन्ध दिन प्रतिदिन मजबुद हुँदै थियो भने श्रीमतीसँगको सम्बन्ध कम्जोर बन्दै थियो । जेनसंगको निकटताका कारण घरबाट निस्कने र फर्कने मेरो समयमा समेत परिवर्तन भएको थियो । जेनसंग रेस्टुरेण्टको खाना र खाजाहरु खाँदाखाँदै मैले आफ्नो घरको खानाको स्वाद समेत भुल्न थाली सकेको थिएँ ।
जेनसंगको प्रेमको आडमा मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ । त्यो सम्झौता पत्र अनुसार मैले मेरो सम्पूर्ण सम्पत्तिको ३०% अंश श्रीमतीलाई दिने निधो गरें । जसै मैले त्यो सम्झौता पत्र उस्लाई पढेर सुनाएँ उ एकदमै क्रोधित भै । उस्ले मेरो हातबाट त्यो सम्झौता पत्र खोसेर च्यातिदीई |
विगत १० बर्षदेखी एउटै छानामुनी बसेर सुखदुखको साथी बनेकी ति महिलालाई मैले पराइको रुपमा हेर्न थालीसकेको थिएँ । मेरो कमलो मन विस्तारै ढुङ्गा बन्न खोज्दै थियो । तै पनि मनको अन्तरकुनामा बाँचिरहेको उ प्रतिको झिनो दया र सहानुभुतीले अतितका १० बर्षलाई एकपटक सम्झन वाध्य गर्यो ।
पहिलो पटक यसै घरमा मैले उस्लाई दुलहीको भेशमा आफ्न दुई हातले उचालेर गृह प्रबेश गराएको थिएँ । यसरी ईहातले उचाल्दा हाँसोको फोहोरा छुटाउ घरभरी हासँको ध्वनी गुन्जाएमान गराएकी थिई उस्ले । आफ्नो शिप,दक्षता र मेहनतले भ्याएसम्म यसघरका कुनाकाप्चाहरुमा माया छरेर प्रेममाय बनाएकी थिई उस्ले । करिव २ बर्षसम्मको हाम्रो दाम्पत्य जीवन बिभिन्न ठाउँका रमाइला यात्राहरु गर्दै र सुनौला भबिस्यका मिठा कल्पनाहरु सटासाट गर्दै बिते । तत्पस्चात छोराको जन्म भयो । हामी ३ जनाको पारिवारिक जीवनमा अर्को खुशी थपियो । समय सुख र खुशीकासाथ बित्दै थियो । तर जेनको आगमनले मेरो खुशीमा थप ब्रिद्धी गरायो भने मेरो छोरा र श्रीमतीको खुशी घटाएको थियो ।
यस घरमा आएर मेरी श्रीमतीले आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ| तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन चाहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ |
अर्को दिन जब म राती अबेर घर पुगेँ, उ टेबलमाथि केही लेखिरहेकी थिइ | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, उ अझै लेख्दै थिइ | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट उस्ले गहभरी आशु छछल्काउँदै एउटा पत्र मेरो हातमा हाली । त्यहा सम्बन्ध बिछ्छेदको लागि उस्को शर्त लेखिएको थियो । उस्ले म सम्बन्ध बिच्छेदको लागि आजको दिनबाट ३० दिनको समय मागेकी थीइ त्यस बाहेक मेरो सम्पत्तिमा कुनै किसिमको हकदावी गरेकी थिइन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गर्नु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने उस्को चाहना थियो | यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला जसरी मैले उस्लाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यसरिनै हरेक रात उस्लाई बोकेर हाम्रो कोठासम्म पुर्याउनु पर्ने शर्त थियो । कतै पगली त भइन ? एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले बिगतका १० बर्षमा बर्तमानका ३० दिनहरु उस्को र छोराको लागि जोडीदिने निर्णय गरे ।
मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: “जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन ।“
जेनसंगको भेट पस्चात उस्को र मेरो शरीरिक र मनसिक दुरी बढेको थियो ।
उस्को अनुरोध बमोजिम पहिलो दिन जब मैले उस्लाई बोकेँ, मलाई अलिक अप्ठ्यारो महसुस भएको थियो | उस्ले पनि त्यस्तै अनुभुती गरीको महसुस गरे किनकी यो बेला उसको मुहारमा खुशीको कुनै भाव थिएन । थियो त केवल पिडा र निरासता । 'ड्याडिले मम्मीलाइ बोक्नुभयो ' छोरो ताली पिटदै, रमाउदै हामीनेर आइपुग्यो | छोराले पोखेको त्यो खुशीले मेरो मनमा पिडानुभुत भयो | श्रीमतीलाई बोकेर बैठक कक्षदेखी बैठक सयन कक्षसम्म करीब १० मिटर म हिँडे हुँला | मैले उस्लाई बोकिरहेको बेलामा आँखा बन्द गरेर मधुर स्वरमा बोली उ ' हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन्नु है !' मैले केही दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ |
दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, उस्ले आफ्नो टाउको मेरो छातीमाथि राखेर आँखा बन्द गरिरहेकी थिई । मैले तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो| वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ |यो त्यही महिला थिइ,जसले बिगत दश बर्षादेखी मेरो हरेक सुख दु:खमा मलाई साथ दिँदै आएकी थिइ |
समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिन उस्को वजन घट्दै गएको हो या दैनिक बोकाइले म बलियो पो हुँदै गएको हो ! थाहा भएन ।
एक साझ उ लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनि: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर उस्लाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ |शिर एकदमै तातो थियो ।'पापा,मम्मिलाई बोक्ने बेला भएन' त्यति नै बेला छोरो करायो । उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो छोरोले | श्रीमतीले छोरोलाई झ्वाट्ट आफुतिर तानेर एउटा हातले छोरालाई अनी अर्को हातले मलाई आफुतिर तानी । उ डाँको छोडेर रुन थाली । थाहै नपाई मेरा अंखाहरु पनि रसाई सकेछन् । तर म आफ्नो अडानमा बिचलन नआओस भन्नाका खातिर टाउको अन्तै मोडेर आँशु पुछ्न थालें ।
आज अन्तिम दिन, उस्को शर्त बमोजिम आजको रात मात्रै उस्लाई मैले बोकेर सयन कक्षसम्म पुर्याउनु पर्ने थियो । भोलिदेखी म यो शर्तबाट मुक्त हुने छु । उसंगको मेरो सम्बन्धको डोरी सदाका लागु चुँडिने छ र जेनसंग नयाँ सम्बन्ध जोडीनेछ ।
म छोडपत्र हातमा बोकेर उस्को नजिक गए । 'आज हाम्रो अन्तिम दिन हो, यसमा हस्ताक्षर गर' मैले पत्र उ तिर बढाएँ । थर्थर कांपीरहेको हातले त्यो पत्र समात्दै उ बोली " आजको दिन त बाँकी छ, भोली गर्दा हुन्न ?'बिनाजाडोमा पनि कलेटी परेका उस्का ओंठहरुबाट यि शब्द निस्कदाँ उस्को आवाजमा समेत कम्पन मिश्रण भएको थियो । ' बरु म एक पटक तपाईंको निधार चुम्न चाहन्छु, स्विक्रिती दिनुहुन्छ ?'
म निशब्द उस्लाई नियालीरहेको थिएँ । उ घुँक्क घुँक्क रुन थाली । उसप्रती सहनुभुतीका कुनै शब्द थिएन मसंग । अकस्मात उस्ले मलाई अङ्गालोमा बेरेर मेरो निधार चुम्न थाले । म बिनाकुनै प्रतिकृया चुपचाप मुर्तीझै उभीईरहें ।
मध्यान्हको समय म जेनलाई भेट्न गए । माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली |
' डिभोर्स दियौ ?' जेनको आवाजमा उमङ थियो । मैले मुण्टो हल्लाएर उस्को उमंगलाई घटाईदिएँ ।
'व्ह्वाट ! व्हाइ आर यू डूइङ्ग लेट ? ' उ आक्रोसित भई ।
“ म मेरी श्रीमतीसंग सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई जसरी बोकेर घरभित्र भित्र्याएको थिए त्यसरिनै जिन्दगीको अन्तिम क्षणसम्म उस्लाई मेरो दुईहातमा सजाएर जीवन काट्ने निधो गरे ।“ मैले आफ्नो निर्णय सुनाएँ | जेन जुरुक्क उठि,बेस्कन मेरो गालामा एक झापड हानेर दौडदै आर्को कोठामा छिरेर रुन थालि | जेनको थप्पडले मलाई कुनै पिंडा भएन । बरु शरीरभरी बेग्लै खुशीको रक्त संचार भएको भान भयो । म जुरुक्क उठे र लामो कदम बढाए ।
| बाटोमा रातो फुलको गुच्छा र एउटा कार्ड किनें । पसल्नीले सोधी ' कार्डमा के लेखिदिउँ?' । मेरो भावना पसल्निले के बुझ्थी र ! मैले कार्ड तिनको हातबाट लिएर आँफैले लेखे 'प्रिया जीवनको अन्तिम घडीसम्म प्रत्येक पल म तिम्रो शरीरिक बोझ यो हातले उचाल्न आउँदै छु कृपया मलाई स्विकार गर 'हातमा पुष्पगुच्छा र मुहारमा मुस्कान लिएर हतार हतार म घर पुगेँ | झमक्क साँझ पेरिसकेको थियो । दगुर्दै भर्र्याङ् उक्लेँ र हाम्रो कोठाभित्र छिरें ।
बिहेमा दिएको रातो साडी र चोली पहिरिएर अनकेन सृङ्गारले संजिएकी मेरी श्रीमती सुहागरातको त्यही बिछ्यौनामा मस्त निदाएकी थीइ । मैले पुष्पगुच्छा उस्को फैलिएको हातमा राखें । म उस्को त्यो मस्त निन्द्रा भंग गर्न चाहन्नथें । केहीबेर उस्लाई नयाल्न मन लाग्यो-नियाले । भित्री मनदेखी मायाको सागर उम्लिएर आयो, थयी माया पोख्ने इक्ष्याले उस्को निधार चुमे , निधार चिसो थियो । हात छामें,हात पनि चिसो । उस्को शरीर हल्लाए , कुनै चालचलन थिएन । मैले उस्लाई गुमाएँ ।
आज अन्तिम दिन, मैले उस्लाई बोक्नु पर्ने -बोकेर चितामा पुर्याए । उस्को शर्त बमोजिम अब उपरान्त उस्लाई मैले कहिल्यै बोक्न न पर्ने थियो, अब न पर्नेनै भयो । म आशुको सागरमा चुर्लुम्मै डुबे । पस्चताप ले भातभती पोलेको मुटुलाई आशुको सागरले चिस्याउन सकेन ।
उस्को देहान्त पस्चात मैले सिरानीमुनी एउटा पत्र भेटे ।
पत्रमा लेकिएको थियो :
प्रिय श्रीमान,
शायद तपाईंले यो पत्र पढ्दै गर्दा म यो दुनियाँबाट टाढा गै'सकेको हुनेछु र तपाईं पनि जेनसंग नयाँ जीवनको सुरुवात गरिरहेको हुनुहुनेछ होला । तर ८ बर्शिय त्यो छोराको बिजोग हुने चिन्ताले मेरो मन छट्पटिएको छ । मैले आजनै उस्लाई होस्टलमा भर्ना गरेर आएकी छु । सक्नुहुन्छ भने छोरालाई पनि आफ्नै साथमा राक्नु होला
प्रिय, जुनदिन तपाईंले मसंग हाम्रो सम्बन्ध बिच्छेदको कुरा गर्नुभयो त्यो दिन म राती अबेरसम्म तपाईं आउने बाटो हेर्दै संघारमा उभिएर बसेको थिएँ । म तपाईंसंग एउटा अत्यन्तै जरुरी कुरा गर्न चाहन्थें । बिगत ३ बर्षदेखी मैले तपाईंलाई भन्न नसकेको त्यो कुरा त्यस दिन भन्छु भन्ने आँट र शाहस बटुलेर तपाईंलाई कुरेर बसेको थिए । हुनत धेरै पटक भन्छु भन्ने सोचेको हुँ तर तपाईंलाई आफ्नै कामको बेग्लै चिन्ता छ त्यसमाथी आर्को पिर किन थप्नु भन्ने सोचेर आफ्नो त्यो कुरा मनमा नै दबाएर राखेको थिए । विगत केही महिना देखी तपाईं मसंग टाढिदै जानु भएको र जेनसंगै नजिकिदै जानुभएको मलाई राम्ररी थाहा थियो । शायद बिगत केही बर्षदेखी मैले तपाईंलाई पहिलेको जस्तो हेर बिचार गर्न नसक्नु र प्रसस्त माया दिन नसक्नु नै मेरो दोश हो । तपाइले जेनबाट मेरो भन्दा धेरै माया पाएरनै त मसंग टाढिनु भएको हो । तपाईं जेनसंग नजिक भएकोमा मलाई रत्ती पनि दु:ख छैन तर मैले तपाईंलाई बिगत केही बर्षदेखी पहिलेको जस्तो प्रसस्त माया र हेरबिचार दिन नसक्नुको एउटा कारण छ । म त्यो दिन त्यही कारण बताउने कोशीस गर्दै थिए । म बिगत ३ बर्षदेखी रगतको क्यान्सरबाट पीडित भएर दिन दिनै मृत्युसंग लढ्दै थिए । डाक्टरले मेरो आयु धेरै दिनको नभएको घोषणा गरे पस्चात म तपाईंलाई मेरो मृत्युको खबर सुनाउन चाहिरहेको थिएँ तर तपाईंले मेरो कुरा सुन्दै नसुनी ममाथी सम्बन्ध बिच्छेदको झटारो हानीदिनु भयो । त्यो झटारोले म क्यान्सर पिंडितको हृदयमा थप पिंडा भने दिएकै हो तर पिंडा सहनु मेरो भाग्यमा रहेछ । डाक्टरले तोकेको अन्तिम १ महिनाको मेरो आयु अनुरुप मैले तपाईंसंगा मागेको त्यो समयमा तपाईंले दिएको माया र स्नेहलाई मुटुभित्र सांचेर सदाको लागि बिदा हुँदै छु । तपाईंको जीवन सुखमाय होस् । अल्बिदा अल्बिदा अल्बिदा
उही तपाईंकी अभागी श्रीमती

Tuesday, July 23, 2013
Story : Salted Coffee
After finishing
her day’s chores, as usual, Mary sat with a letter and a cup of salted coffee.
This letter was written to her by her beloved Bob, just before his death, which
she discovered after he died. She
reads it right from top to bottom as she sips the salted coffee; a routine that
she follows every day since she has discovered this letter.
The letter says…
“My dearest,
I have
always loved you more than anything else and feel so proud to
have you in my life. I pray to God to bless me with you as my wife every time I
take birth. But today, I feel sorry and guilty because of one lie that I told
you on our very first date but never ever rectified it.
I still remember that evening,
forty years back. You were looking so pretty dressed in red, as I waited for
you in the coffee shop near your home. It feels like yesterday… you came in
front of me and sat just opposite to the chair I was sitting on.
I was so overjoyed to see you and
also so nervous! You preferred to have only a cup of coffee and I agreed to
have the same. After the waiter left two cups of coffee along with a pot of
milk and sugar cubes, you asked me whether I would like to have it with sugar.
Nervous and shy, I instantly said that I would like to have the coffee with
salt! But I was surprised to see how beautifully you made me a cup of coffee
with salt; and trust me, it tasted so sweet!
Something that was a slip of
tongue became a hard fact for you every time you made coffee for me henceforth.
Your smile could always change everything in this world for me… even the salty
taste of a cup of coffee, turning it sweet! I never told you even after we got
married that it was a mere slip of tongue, a lie.
Today,
when we have already come a long way in life, I feel
guilty not to let you know the truth behind the one and only lie I have told
you.
I would also like to admit that,
no matter how many times I am born, I want you to be my wife, making me cups of
salted coffee that taste ‘so sweet’!”
Like every
other day, tears fell on the letter as Mary finished reading it. Ever since she
has read it, she has started taking salted coffee. Every time she makes it, she
thinks Bob is around… and sips it with a smile on her lips.
Often people have asked her how this weird combination of coffee with salt tastes. Mary answers back, “Very Sweet!”
Often people have asked her how this weird combination of coffee with salt tastes. Mary answers back, “Very Sweet!”
[ credits: Steve
Snodgrass]
Subscribe to:
Posts (Atom)
.jpg)
.jpeg)

.jpg)
.jpg)