मेरा केही मित्रहरु ' पैसा 'लाई प्राथमिकता दिन्छन् र मलाई पनि पैसा कमाउने उपाएहरु ' नि:शुल्क' रुपमा प्रदान गर्छन् ।
"संधै सुकुम्बासी भएर जीवन चल्दैन यार , स्ट्याण्डर्ड बढाउनु पर्यो ।"
मलाई मुद्रालुप्त मनुवाहरुको यस्ता निच सोच सुनेरै वाक्क लाग्छ । कसैको अगाडि भिख माग्न नपरोस अनी कोही कसैलाई आवश्यक परेको बेलामा धेर थोर सहयोग गर्न सकियोस , बस यत्ती भए सन्तुस्ट हुन्छु म । अकुत पैसा कमाउन इमान्दारिता बेच्नै पर्छ । इमान्दारिता बेचेर कमाएको पैसाले कस्तो स्ट्याण्डर्ड तयार होला ? इमान धितो राखेर कमाएको पैसाले निन्द्रा देला कि नदेला ? सुख चैन अनी आत्म सन्तुष्टी मिल्ला कि नमिल्ला ?
मलाई पनि कहिले काहीँ अभावले घेर्छ । अभावको बेलामा स्वाभाविक रुपमा म अलिक अत्तालिन्छु । त्यो बेला मस्तिस्कले भन्छ, पैसा त कमाउनै पर्ने रहेछ । तर कसरी ? पैसा कमाउने बाटोहरु प्रसस्तै छन् तर ति बाटोहरुमा धोका, स्वार्थ, बेईमानी, धुर्त्याई र चतुर्याई जस्ता अनगिन्ती स्वभावहरु छरिएर बसेका छन् अनी यि स्वभावहरुलाई ग्रहण गर्न सके मात्रा धन-सम्पत्ती बटुल्न सकिन्छ नत्र हात लाग्यो सुन्य ! मस्तिस्कले पैसा कमाउनको लागि घचघच्याई रहँदा मेरो मनले भने मान्दै मान्दैन । अन्तत: मस्तिस्कको हार हुन्छ अनी मनकै जित हुन्छ ।
जिन्दगीमा आई पर्ने सबै समस्याहरु "सम्पत्ती"लेमात्र समाधान हुँदैनन् । हाम्रो सत्कर्म र सुबिचारले पनि हाम्रा समस्याहरुलाई स्वत: पाखा लगाइ दिन्छन् । नपत्याए यो नैतीक कथा सुन्नुस् है त,
कुनै एक ठाउँमा एक जना बरिष्ठ बैद्य थिए । जो निक्कै कम दाममा बिरामीको औषधोपचार गरीदिन्थे । श्रीमती र जवान छोरी सहित ३ जनाको परिवारमा धेरै ठुलो आवश्यकता थिएन । उच्च लोभ , लालच र चाहना थिएन । त्यसैले पनि बैद्यको परिवार खुशी थियो । सस्तो मुल्यमै बिरामीको सेवाबाट परिवार धान्ने कमाइ हुन्थ्यो । उनिहरु यसैमा खुशी थिए ।
हरेक दिन बैद्यकी पत्नीले बैद्यलाई आवश्यक घरायसी सामाग्री र तिनको लागि आवश्यक रकम को लिखित बिवरण तयार गरिदिन्थिन् । त्यो बिवरण हेरेर बैद्य आफ्नो बैद्यखानामा जान्थे र सोही अनुसार बिरामीबाट थोरै शुल्क लिंदै बिरामीको उपचार गर्थे । जब पत्निले दिएको सामाग्री र त्यसको लागि आवश्यक रकम अनुसारको रकम जम्मा हुन्थ्यो तब उनी "एकाउण्ट क्लोज " भन्दै बाँकी बिरामीलाई निशुल्क उपचार गरिदिन्थें । आवश्यकता भन्दा बढी कमाउनु पर्छ र भोलिको लागि जम्मा गर्नु पर्छ भन्ने उनको सोच थिएन । उनी भन्थे" नदेखेको भोलीलाई सोचेर आजै चिन्ताको भारी किन बोक्ने ?"
दिन यसरीनै बित्दै थियो । बैद्यको काम र नाम चारैतिर फैंलदै गयो ।
एक दिन सदाझै बैद्यकी पत्नीले उनलाई आवश्यक सामाग्रीको बिवरण दिईन् । बिगत र आजको लिस्टमा धेरै फरक बिवरण थियो । घरायसी सामाग्री बाहेक आजको लिस्टमा केही तोला सुन, लत्ता कपडा र अन्य बैवाहिक सामाग्रीहरुको बिवरण थिए । उनले आफ्नी श्रीमतिलाई यस्को बारेमा सोधे । श्रीमतीले छोरी जवान भएकी र यथासिघ्र छोरीको कन्यादान गर्न यो सामाग्रीको ब्यवस्थापनका निमित्त आजै देखी लाग्नु पर्ने बताईन । भविश्यलाई भगवानको भरोशामा छोडिदिने बैद्यले श्रीमतीले माग गरेको विवाह सामाग्रीमा रातो कलमले घेरा लगाए अनी "यो सामानको ब्यवस्थापन भगवानले गरीदेलान् " भनी लेखेर छोडिदिए ।
त्यो दिन पनि बैधले संधैझै थोरै रकम लिएर बिरामीको औषधोपचारमा खटिरहेका थिए । बिरामीहरुको भिड ठुलो थियो, त्यही भिडबाट एक जना सज्जन ब्यक्ती उनको सामु उभिए ।
"तपाईंलाई के समस्या छ ? "बैद्यले सोधे ।
"मलाई केही समस्या छैन, म तपाईंलाई एउटा बिन्ती बिसाउन आएको " ति सज्जनले भने ।
"कस्तो बिन्ती " बैद्यले सोधे
"शायद तपाईंले मलाई चिन्नु भएन, करिव १८ बर्ष अगाडि म मेरो ७ बर्शिय बिरामी छोरोलाई लिएर तपाईंकोमा उपचार गर्न आएको थिएँ । त्यसबेला म आर्थिक रुपले बिपन्न थिएँ, डाक्टर देखाउने पैसा थिएन । त्यसैले तपाईंकोमा आएको थिएँ । तपाईंले म भन्दा अगाडिको बिरामीलाई केही रकम लिएर उपचार गरे पछी 'एकाउण्ट क्लोज 'भन्दै मेरो छोरालाई नि:शुल्क उपचार गरिदिनु भएको थियो । तपाईंको उपचार पस्चात् मेरो छोरा निको भयो । अहिले उ अमेरिकामा इन्जिनियर भएको छ, आफ्नै घर जग्गा जोड्नुका साथै राम्रो नाम कमाएको छ।" बोल्दा बोल्दै ति सज्जनको बोली रोक्कियो ।
" अनी के भयो " बैद्यले सोधे ।
"अहिले मेरो छोरो नेपाल आएको छ, विवाह को लागि । नेपाली केटीसंगै बिहे गर्छु भन्छ ।" उनी बोल्दै गए " म छोरोको उपचारको लागि आउँदा तपाईंको छोरी चकलेटको लागि झगडा गरिरहेको देखेथें । अहिले त उनी बिहेको लायक भईन होली भनेर मेरो छोराको लागि उनको हात माग्ने शाहस बोकेर आएको छु , हजुरको आज्ञा भए आभारी हुने थिएँ । "
ति सज्जन ब्यक्तिको कुरा सुनेर बैधलाई श्रीमतीले आज बिहान दिएको सामाग्रीको बिवरण याद आयो । उनले मलिन हुंदै भने " छोरीको बिहे गर्ने सोचमा त म पनि हो तर बिहेको लागि आवश्यक गरगहना र सामाग्रीको जोहो मसंग छैन"
बैधको यो कुरा सुनेर ति सज्जनले भने " ए हजुर, मलाई तपाईंको छोरी भए पुग्छ, एक सर्को लुगामा तपाईंको छोरी बिदाइ गरिदिए हुन्छ अन्य सामाग्रीको ब्यवस्थापन हामीहरुलेनै गरिसकेका छौ, तपाईं जस्ता महान ब्यक्तिको छोरी हाम्रो घरमा भित्रिनुनै हाम्रो लागि अनमोल रत्न भित्रिए झै भयो, चिन्ता नलिनुस्"
सज्जनको मुखबाट यो वाक्य सुन्नासाथ बैद्यको आँखाबाट आँशु रसायो । रसाएका आँखाले बिरामीहरुको भिड तिर नजर लगाए । त्यहाँ अझै धेरै बिरामीहरु लाम बद्द थिए । उनले केही बोल्न खोजे तर गला अवरुद्द भयो । अबरुद्द गलाबाट केवल एउटा वाक्य निकाले " एकाउण्ट क्लोज"
मित्रहरु, इन्टरनेटको माध्यमबाट प्राप्त गरेको यो कथाले सत्कर्म गर्नको निमित्त मलाई पनि केही उर्जा र हौसला मिलेकोछ । सत्कर्म को प्रभावले जिन्दगीको भावी दिनलाई पनि सहज बनाइदिन्छ । तर भोलीलाई सहज बनाउने बहानामा आजै दुस्कर्म गर्न थालियो भने त्यही दुश्कर्मले भोलिको दिनलाई धमिल्याइदिन सक्छ । यसर्थ : बिचार गरौं । उच्चमहत्वकाँक्षा अनी लोभ लालचले कोही कसैलाई फाईदा गर्दैन ।
धन्यवाद ।

No comments:
Post a Comment