आज , हजुरआमैसंग बिदा लिएर चौताराको यात्रा तय गर्दा मन गर्हुङ्गो भएको छ । पहिलेको भन्दा आजको यो यात्रा अलिक कठिन भएको महसुस गरेको छु । बाटोभरी -अनेकन् कुरा खेलीरहे । ........
बिदाको बेला, घर पुग्दा- मिठो मुस्कानकासाथ 'हार्दिक' स्वागत गर्ने हजुरआमाले यसपटक मेरो आगमन प्रती कुनै प्रतिकृया जनाउनु भएन। मन खिन्न भयो । ३ दिनसम्मसँगै बस्दा एकशब्द पनि बोल्नु भएन, मुटु कुँडियो । अनी आज बिदाइको बेला "जान्छु है,मुमा " भनेर मुन्टो निहुँर्याउँदा समेत शिरमा हात राखेर 'आशिर्वाद'
पनि दिनु भएन, आँखा रसाएर आयो । बाटोभरी बिगतकी हजुरआमाको याद आयो । हजुरआमासंगका ति बालापनहरु, सजिव चित्रबनेर मेरा आँखा अगाडि झल्झल्ती नाचिरहे , सिनेमाको द्रुश्य झै ....... ।*************************************************************************************************
कात्तिके चौउर बाख्रा गोठालो हुँदा हजुरआमैलाई साथ दिने -म भुण्टे गोठालो । बेशी खेतमा रोपाईको बेला खेतालाहरुलाई खाजा पुर्याउन जाँदा हजुरआमाको पुच्छर बनेर हिंड्ने -म सिँगाने भुरो । पाखरखोलाको खोँचमा 'जलुखो' टिप्न जाँदा हजुरआमाको फरिया समातेर पाखा चढ्ने -म फुच्चो बबुरो । हजुरआमाले चपाएर दिएको मकैमा भिन्नै स्वाद पाउने- म लुखुरे बचेरो । आमाको भान्सामा टन्न भात लतारेर हजुरआमाको थालमा जुठो भात चाख्न पुग्ने म लुब्ध छुचुन्द्रो ।
**************************************************************************************
सबै नातिनातिनालाई बराबर माया बाँढ्ने ,मायाकी खानी- मेरी हजुरआमा । कसैको दु:ख देख्ननसक्ने- अरुको दु:खमा आँशु चुहाउने,दयाकीखानी- मेरी अती । फलेको फसल र पाकेको भोजनलाई सबैको हातमा पुर्याउन भ्याउने- अती दानी- मेरी हजुरआमा । सानै उमेरमा आमाबाउ गुमाएर टुहुरी बनेकी अनी सानै उमेरमा बिहेवारी गरी - पराइघर धान्दै आएकी -झुपडीकी रानी मेरी हजुरआमै ।
६ जना छोराछोरीकी आमा ,२३ जना नातिनातिनीकी हजुरआमै अनी ,२९ जना पनातीपनातीकी जिजुहजुरआमै । चौथो पुस्तासम्मको माया र सम्मान पाउन सफल यि हजुरआमै आजकाल अलीक निस् ठुरी भएकी छिन् । न राम्ररी बोल्छिन् न त सोधेको कुराको जवाफनै फर्काउछिन् । जब्बर भएकीछिन् बुढी ।
******************************************************************************************************
केही महिना अघीसम्म, एकाबिहानै- खोपामा राखेका देवीदेउतासामु उभिएर प्रार्थनाका सुमधुर शब्दहरुसंग घण्टीको संगित छरेरपुरै घरलाई जगाउने मान्छे, आजकल सबै जागा भइसक्दा पनि ओछ्यानमै लडेको देखिन्छिन्, अल्छे भएकीछिन- हजुरआमै । बुहारी र नातिनिबुहारीहरुलाई भान्सामा तरकारी टुक्राउँदै ,लडेपडेका भाँडाकुँडा मिलाउन जांगर देखाउने नमान्छे ,आजकल थपक्क सिरक ओडेर बिछ्यौनामा लुटुपुटु गरिरहेकी भेटिन्छिन्, लोसे भएकीछिन् हजुरआमै । पहिले अरु कसैले 'एेया' , आथ्था " भन्यो कि "के भयो ?" र ''कसो भयो ?'' भनेर चिन्ता लिने मान्छे अहिले आँफै " मरेँ आमा !'' भन्दै आफ्नै ब्यथाबाट मात्र चिन्तित भएकी सुनिन्छिन् , बिल्कुलै स्वार्थी भएकी छिन् हजुरआमै । पहिले तितोमिठो, सार्हो-गिलो, गुलियो-नुनिलो, जे पायो त्यही खाने मान्छे अहिले मुखैमा चम्चा लगेर गिलो,मिठो र नुनिलो खुवाउँदा पनि खान नमान्ने भएकी देखिन्छिन्, अटेर भएकी छिन् हजुरआमै ।
अचानक, हजुरआमै घमण्डी भएकी छिन्, स्वार्थी र अटेरी भएकी छिन् । त्यसैले त आज मैले " हजुरमुमा, म जान्छु है'' भनेर टाउको निहुराएर बिदा माग्दा पनि आफ्नो दाहिने हात टाउकोमा राखिदिएर " राम्ररी जाउ" भन्ने शब्द पोख्न पनि लोभ गरिन्, निर्दयी हजुआमै ।
***************************************************************************************************
३ महिना अगाडिसम्म हजुरआमा टाठी थिन् । खुट्टाहरु मजबुद थिए, यताउती डुल्न सक्थिन् । दाँतहरु बलिया थिए, भुटेको मकै समेत टोक्न सक्थिन् । तर यो दशैताका हल्का ज्वरोले गालेको हजुरआमालाई साधारण चेक अपको लागि सिविल हस्पिटल पुर्यायौ । ब्लड, दिशा , र पिसाव जचाउँन दियौ । साधारण रोग भनेर सिविल पुगेकी हजुरआमाको ब्लड रिपोर्ट आयो । हजुरआमाको रिपोर्ट हेरेर हामी छाँगाबाट खसेसरी भयौ । सिविल हस्पिटलका डा बिशेष पौडेलले 'ब्लड क्यान्सर' भएको ठहराइदिए । हस्पिटल जाँदा खाली हात हिंडेकी मेरी ९१ बर्सिय हजुरआमै फर्किंदा भने 'ब्लड क्यान्सर'को डाक्टरी प्रमाण पत्र र प्लास्टिकको झोलाभरी औषधीका ट्याब्लेटहरु बोकेर फर्किएकी थिईन् । ब्लड क्यान्सरबाट ग्रसित भएको सुचनाबाट अन्जान मेरी हजुरआमालाई डाक्टरले प्रमाणित गरिदिएको 'रोग' पढ्न आउँदैनथ्यो न त म केको औषधी खाँदै छु भन्ने कुरा को भेउ नै थियो । हामीले भनेका थियौ ' यो रुगाखोकी र ज्वरोको औषधी हो , चाँडै निको हुन्छ'' ।
साधारण औषधीको रुपमा कडा औषधी खाईरहेकी मेरी हजुरआमालाई बिस्तार बिस्तार गाल्दै लाग्यो । हजुरआमा सुस्तरी सुस्तरी झोक्राउन थालिन्, सुस्ताउन थालिन्, ओइलाउन थालिन् । हेर्दाहेर्दै हजुरआमाको हँसिलो अनुहारमा मुजा पर्यो, थैली मुजा परे जस्तै । फुलेका केशहरु धमाधम झर्न थाले-ओइलाएको बोटबाट पातहरु झरेझै । मोतीझै चम्कने दाँतहरुले समेत गिँजा छोड्न थाले । हँसिली अनुहारकी "सुन्दर" मेरी हजुरआमालाई कुरुपताले गांज्दै लग्यो ।
हजुरआमा थाकिन्,पाकिन् अनी एकाएक गर्ल्याम्म ढलिन् हिंड्नै छोडिन्- अरुले बोकेर डुलाइदिनु पर्ने भयो । खान छोडिन-अरुले खुवाइदिनु पर्ने भयो । पिउन छोडिन, पिलाइदिन पर्ने भयो । यत्तीसम्म पनि ठिकै थियो तर अब त बोल्नै मात्र होइन अरुले बोलेको पनि सुन्न छोडिन् । हजुरआमा लाटी भइन् अनी बैरी भईन् ।
आँफैले जन्माएको छोरा छोरीलाई पनि चिन्न छोडिन्, आफन्तहरुकै भिडमा मेरी हजुरआमा अन्जान भईन ।अपरिचित भईन् ।
*******************************************************************************************।
हजुरआमैमा आएको यो परिवर्तनले हामी दुखी भएकाछौं । धेरैदिन भयो, बुवा र काकाहरुको ओंठबाट हाँसो हराएको छ, बुहारी र नातिनीबुहारीहरुको उत्साह र उमँग सेलाएको छ । कुलमान घिसिङले मुक्त गराएको लोडसेडिङ्गले घर त उज्यालो बनायो तर हजुरआमाले सुरुवात गरेको " मुस्कान हड्ताल"का कारण हाम्रो मनमा २४ घन्टे लोडसेडिङ्गको थालनी भएको छ । शायद हजुरआमाको खुम्चिएको अनुहारमा मुस्कानको झिनो ज्योति नदेखुन्जेल हाम्रो यो मन "लोडसेडिङ्ग" मुक्त हुनेछैन । हजुरआमा, लौन , मुसुक्क हाँसिदेउ अनी हाम्रो मनको लोडसेडिङ्ग हटाउन मद्दत गरिदेउ ।
***********************************************************************************************
हजुरआमैलाई अनुरोध,
हजुरआमै, अल्छिपन छोडेर बिहानै उठिदेउ र देउताथानमा प्रार्थनाका शब्दहरुसंगै घण्टीको सुमधुर संगित छरिदेउ । रायोको साग पखालिदेउ, फर्सिको मुण्टा केलाइदेउ, आलुको दाना काटीदेउ अनी भान्सामा लडेर बसेका भाँडाकुँडा थन्क्याएर नातिनीबुहारीहरुलाई भान्सामा सहयोग गरिदेउ । पानातीपनातिनिहरुलाई ओरिपरी राखेर उहिलेका पुराना कुराहरु सुनाइदेउ ।.ज्ञान, अर्ती र उपदेशका वाणीहरु बोलिदेउ । लौन हजुरआमा ! जुरुक्क उठ, खुरुक्क उभिउ अनी भटाभट हिंड्न थाल । तिमीले हाँसेको, बोलेको, हिंडेको अनी दुई हात शिरमा राखेर आशिर्वादको शब्द पोखेको हेर्न र सुन्न आँतुर छौ । बिन्ती, अटेरीपन छोडिदेउ । भनेको कुरा मानिदेउ ।
बिडम्बना ,
बिरामी भएर बिछ्यौनमा ढलेकी हजुरआमैलाई यो लेख मार्फत आफ्नो भावना अभिब्यक्त गरेको महिना दिन नबित्दै मेरीहजुरआमा , यो संसारबाट बिलिन हुन पुगिन् । उनको बिलिनतासंगै आफ्नो जीवनको एउटा महत्वपूर्ण 'चिज'गुमाएको महसुश भएको छ । घरको भित्तामा झुण्डीएको हजुरआमाको तश्विरले घरी घरी मलाईनै हेरिरहेको जस्तो लाग्छ र ' बाबु तलाई कस्तो छ ? ' भनेर सोधिरहेको जस्तो लाग्छ ।

No comments:
Post a Comment