Saturday, August 11, 2012

म.................................. चाहन्छु ।

म बाँझो खेतहरुमा ,हलो चलाऊन चाहन्छु ।।
म भोकाहरुको लागि ,अन्न फलाउन चाहन्छु ।।

नहुन् गरिव कोही, चाहना एउटै छ मेरो
रहुन् , हाँसी र खुशी ,कामना एउटै छ मेरो ।।
म नाङ्गाहरुको लागि ,कपडा सिलाउन चाहन्छु ।।
म भोकाहरुको लागि, अन्न फलाउन चाहन्छु

हे ! मेरो देउता मलाई, एउटै वरदान देउ
रोग र भोक हटाउने, शिप र ज्ञान देउ।।
म रोगीहरुको घाउमा, मलम लगाउन चाहन्छु ।।
म भोकाहरुको लागि अन्न फलाउन चाहन्छु ।

टुहुरा अनी बिधुवा,अशक्त र अपाङ्गहरु
पोत्न सकुँमा सबमा, खुशीका रङ्गहरु
म यो देशबाट साँच्चै, गरीवी हटाउन चाहन्छु
म भोकाहरुको लागि ,अन्न फलाउन चाहन्छु ।

No comments:

Post a Comment