लामो अन्तराल पस्चात भेट भएका आफन्त तथा मित्रजनको प्रश्न हुन्छ " जागिर कहाँ छ ?"
मेरो उत्तर हुन्छ " म जागिर गर्दिनँ, काम गर्छु । "
मेरो उत्तर धेरै कम ब्यक्तिले मात्र बुझ्छन् ।
१३ बर्षअगाडी, अहिलेका अख्तियार प्रमुख नबिन घिमिरे ज्यु बिरगन्जको सिडीयो हुनुहुन्थ्यो । म लुमन्ती नामक संस्थामा कार्यरत थिएँ । नबिन सरसंग भेट हुँदा उहाँको मुखबाट प्राय म एउटा वाक्य सुन्थें " म जागिर खान होइन, काम गर्न आएको हुँ । " उबेला मलाई यो वाक्यको शाब्दिक अर्थ उत्ती थाहा थिएन । म त जागिरकै शिलशिलामा बिरगन्ज पुगेको थिएँ । म जागिरे ठिटो , जागिर खान्थें अनी मासिक रुपमा तलब बुझ्थें । तर नबिन सरसंगको छोटो संगतमा मैले जागिर र काम बिचको फरक थाहा पाएँ ।
मैले जबदेखी जागिर र काम को महत्व बुझें तबदेखी जागिर छोडेर काम गर्न थालें । काम गर्नुमा जती मजा छ, जागिर खानुमा त्यो मजा छैन । यो मजा लिनको लागि जागिर र कामको महत्व बुझ्न् सक्नुपर्दछ ।
प्रयास: जागिरेहरुको एउटै अनुरोध हुन्छ "कृपया अफिस टाईम पछी कल (फोन) नगरिदिनु होला है ।" यो अनुरोध भित्र जागिरेपन को महसुस गर्न सकिन्छ । किनकी जागिर गर्नेले TIME लाई महत्व दिन्छन तर काम गर्नेले समयलाई होइन TASK लाई बढी महत्व दिन्छन । जागिरेहरु Time management मा बढी ध्यान दिने गर्छन् तर कामगर्नेहरु Task Management मा ध्यान दिन्छन ।
१०- ५ को जागिर गर्न पल्केकाहरु क्यालेण्डर पल्टाउँदै रातो अक्षर अंकित मितिहरु खोजिरहेका हुन्छन भने काम गर्नेहरु, टार्गेट पुरा गर्ने मितीमा आफ्नै हातले रातो घेरा लगाई रहेका हुन्छन् । जागिर गर्नेहरु तलबको प्रतिक्षामा ब्यग्र भएर महिनाको अन्तिम दिन कुरेर बसेका हुन्छन् तर काम गर्नेहरु महिना नमरीदिए हुन्थ्यो भन्ने कामना गरिरहेका हुन्छन ।
जब मान्छेलाई काम गर्ने लत बस्छ तब उस्ले केही काम पाएन भने बौलाउँछ तर जस्ले जागिर गर्छ उस्लाई जिम्मेवारीनै बोझ लाग्न थाल्छ। काम गर्नेले कर्मलाईनै धर्म ठान्छ र आफ्नो जिम्मेवारी वहन गर्नमै मन लगाउँछ तर जागिर गर्नेले आफ्नो हाकिमलाइनै देउता सम्झेर आफ्नो देउता रिझाउनमा बढी समय खर्चिन्छ । म देउता रिझाउनेहरुमा परिनँ । देउता बन्न चाहनेहरु मसंग रिसाउनुको कारण यो पनि एउटा हो ।
मलाई अन्तर्कृयात्मक (Interactive) शैली मन पर्छ न कि एकाङ्की ( Talkative) शैली । म मा, सुन्न सक्ने धैर्यता छ अनी बोल्ने सक्ने कला पनि । म सुन्छु र त अर्काको दु:ख, पिंडा र मर्म बुझ्छु । मलाई अरुको दु:ख , पिंडा र समस्यामा सल्लाह (Suggestion) दिनु भन्दा पनि साथ (Company) दिन मन पर्छ
काम गर्ने मान्छेहरुले आफ्नै कर्मलाई हाकिम मान्छन र पुज्ने गर्छन् , त्यसैले म आफ्नो कामलाईनै आफ्नो हाकिम मान्छु । यदी म, मानवरुपी अनुहारलाई हाकिम मान्दिन भने मलाई कसैको 'जी हजुरी ' गर्दै पाउ मोल्न पर्ने आवश्यकता पर्दैन । मलाई कसैको चम्चागिरी गरिरहनु पर्ने हुँदैन । जस्लाई कर्म प्रतिको मोह छ उस्लाई जागिर पाउने र गुमाउने डर हुँदैन । अनी जब डर हुँदैन त्यहा जालझेल अनी स्वार्थको खेल पनि हुँदैन । जस्लाई जागिर जाने डर हुन्छ, उस्लेनै चकडीको साहरा लिन्छ ।
जागिरेहरु रिटायर्ड हुन्छन् तर काम गर्नेहरु जीवनको अन्तिम पलसम्म कामनै गरिरहेका हुन्छन् - कहिल्यै रिटायर्ड हुँदैनन् । म जब सरकारी सेवाबाट अवकास लिएका ब्यक्तिहरुलाई कुनैनै कुनै काममा ब्यस्त भएको देख्छु तब ति ब्यक्तिहरुलाई श्रद्दा र सम्मानकासाथ 'नमन ' गर्न मन लाग्छ किनकी उनिहरु जागिरे होइनन -कामदार हुन् । काम गर्नेको 'पद' ले मात्र अवकास पाउँछ- मन र मस्तिस्कले होइन ।
मलाई जतिखेर जागिर गरेको महसुस गराउन खोजिन्छ त्यतिखेर मलाई त्यो जागिर छोड्नमा एक सेकेण्ड पनि लाग्दैन । मैले जागिरबाट राजिनामा दिनलाई रत्तिपनी समय नलगाएको उदाहरण मसंग प्रसस्त छन ।
काम गर्ने मान्छेले दिन र रात हेर्दैन , बिदा भन्दैन, चाड पर्वको महत्व राख्दैन । म ,मेरा सहकर्मीहरुलाई भन्ने गर्छु, सनिवारको दिन छुट्टीमा बस्नै पर्छ भन्ने छैन अनी आईतवार या सोमबार अफिस आउनै पर्छ भन्ने पनि छैन । किनकी आफ्नो काँधको जिम्मेवारीलाई आफुले महसुस गर्ने कुरा हो । १०- ५ भित्र पुरा गर्नु पर्ने जिम्मेवारी २ घण्टामै पुरा हुन्छ भने बाँकी समय आफ्नो लागि प्रयोग गर्दामा केही फरक पर्दैन । किनकी , म HARD WORK होइन HEART WORK मन पराउँछु ।
मलाई माथिको आदेश वा निर्देशन मात्र पर्खने र आफ्नो कला कौसलता प्रयोग नगर्ने 'लद्दुहरु'देखी दिक्क लाग्छ । हाकिमले भनेकै मान्नु पर्छ र उस्ले अर्हाएकै जस्तो गर्नु पर्छ भन्ने मानसिकता बोकेका जागिरेहरु देख्दा उदेक लागेर आउँछ । आफ्नो सृजना, कला र कौसलताको सम्म्रिश्रण गरेर उही कामलाई पनि फरक बनाउन सकिन्छ भन्ने सोच जागिरेहरुमा नहुने रहेछ । किनकी रिमोटको ईशारामा चल्ने रोबोटको मन हुँदैन न त मस्तिस्कनै हुन्छ । 'Winners don't do different things. They do things differently,' भन्ने प्रसिद्द भारतीय लेखक शिब खेडाको भनाइ मलाई खुब मन पर्छ । जुन जागिरेहरुलाई मन पर्दैन ।
मलाई चिप्लो घस्ने-चिप्ले, कुरा लगाउने कुरौटे, खुशी बनाउन खोज्ने-धुपौरे अनी जुताको तलुवा चाट्ने 'चटौते'हरु रत्ती पनि मन पर्दैनन । पद र पदवी पाउने लालसा बोकेकेका जागिरेहरुले हात मोल्न, कुरा लाउन, कुरा काट्न, कुराकै ओसार पसार गर्न र कुराकै ब्यापार गर्न बाहेक केही जानेका हुँदैनन् । अत : कुरौटे, धुपौरे, चटौते, दहीचिउरे र चम्चेपनाको गुण भएकाहरुलाई जागिरे भनिंदो रहेछ । त्यसैले म भन्छु, म जागिर गर्ने जागिरे होइन, म त काम गर्ने कामदार हुँ । म जागिर गरेर तलब बुझ्दिनँ, परिश्रम गरेर पारिश्रमिक बुझ्छु । त्यसैले पद र पारिश्रमिकको लोभी 'जागीरे ' भनौदाहरुसंगको संगत मलाई असहज लाग्छ । काम गर्ने कमिलाहरुको ताँती मन पर्ने म बबुरोलाई, जागिर गर्ने ब्वाँसाहरुको भिडमा उभिँदा आफुमा पनि ब्वाँसोको गुण सर्नेहो कि भन्ने डरले गाँजीरहन्छ । त्यसैले म त्यस्ता ब्वाँसाहरुको संगतबाट टाढै रहन मन पराउँछु ।
अन्तमा: म सबै पेशा र कार्यमा संलग्न 'जागिरे'हरुलाई 'कामदार'को रुपमा काम गर्नको लागि आव्हान गर्दछु । जुन दिन 'जागिरे' चस्मा फुकालेर आफुलाई कामदारको रुपमा हेर्न थालिन्छ, काम गर्नुको मज्जा त्यहीबाट सुरु हुन्छ ।
अन्तमा:: जागिर गर्नेहरु समयको बहावसंगै बिलिन भएर जान्छन् तर कर्म गर्ने 'कर्मबिर' हरु युग युगान्तर बाँचिरहन्छन ।
अत: काम गरौ, जागिर होइन ।
********************
यज्ञराज कार्की
काठमाडौ