Friday, June 7, 2019

जस्ले मृत्युलाई छल्न चाह्न्थ्यो

माइकल ज्याक्सन १५० बर्ष सम्म बाँच्न चाहन्थे । उनी कसैसंग हात मिलाउँदा पनि पन्जाको प्रयोग गर्थे, भिडमा जाँदा माक्स को प्रयोग गर्थे । आफ्नो स्वास्थ्य को रेखदेखको लागी १२ जना डाक्टर घरमै राखेका थिए जस्ले शिरको कपाल देखी पाउको नङ्ग सम्म दैनिक चेकजाँच गर्थे । उनको हरेक खानाको ल्याब परिक्षण हुन्थ्यो अनि मात्र उनलाई खान दिइन्थ्यो । दैनिक ब्यायम
गराउनको निमित्त १५ जना प्रसिक्षक पालेका थिए ।  उनी कालो बर्गका हप्सी मुलका थिए त्यसैले सन १९८७ मा आफु गोर्‍हो देखिन प्लास्टिक सर्जरी गरे । आफ्नो काला बर्णका आमा बुवा त्यागेर गोरो बर्णका आमाबुवा भाडामा लिए । आफ्ना काला बर्णका साथी संगती पनि त्यागी दिए । गोरो बर्णकै केटी  बिवाह गरे । जस्ले १९९७ मा प्रीन्स जुनियर माइकल र सन १९९८ मा पेरीस माइकल क्याथरिनलाई जन्म दिइन । आफुलाई १५० बर्षसम्म जिवित राख्ने लक्ष लिएका माइकल ज्याक्सनले आफुलाई आवस्यक पर्दा आँखा , मुटु , मृगौला देखी अन्य अंग दान दिने ब्यक्तिहरु पनि तयार गरेर राखेका थिए । जस्लाई खानपान देखी राम्रो पैसाको ब्यवस्था समेत गरिएको थियो । तर , ज्याक्सन ५० बर्ष नजिक पुग्दानै उनको शरिरमा नजानिदो पिंडा बढ्न थाल्यो । सर्जरीका कारण अनेक रोगहरुले ग्रस्त बनाउँदै लाग्यो । २५ जुन २००९ का दिनमा शहरका सबै डाक्टर उनको घरमा जम्मा हुँदा पनि उनलाई बचाउन सकेक्नन र अन्तमा उनले सदा सदाको लागी संसारबाट बिदा लिए । जस्ले आफ्नो उमेरको २५ बर्षसम्म  डाक्टरको सल्लाह बिना केहि कार्य गरेनन अनि २० बर्षसम्म शारिरिक ब्यायमलाई निरन्तरता दिए ति ब्यक्तिले पालेका अङ्गदान गर्ने दाताहरुको कुनै अङ्ग पनी उनलाई काम लाग्ने अवस्थामा भएनन । उनको मृत्युलाई कसैले रोक्न सकेन ।
 माइकल ज्याक्सनको सव यात्रालाई २ अर्व भन्दा बढी ब्यक्तिले प्रत्यक्ष्य प्रसारण मार्फत हेरेका थिए । त्यही दिन ८  लाख बढिले गुगल मार्फत एकै पटक माइकल ज्याक्सनलाई सर्च गर्दा गुगलमा साँढे दुई घण्टा ट्राफिक जाम भएको थियो । बिस्व इतिहाँसमा हाल सम्म यस्तो कहिल्यै पनि भएको थिएन । अत : जस्ले मृत्युलाई पैसाको बलमा छल्ने कोसिस गरिरह्यो अन्तत : उस्लाई मृत्युलेनै छल गर्‍यो । उस्ले कमाएको अरबौ सम्पत्तिले उस्लाई बचाउन सकेन । उ संसारमा रित्तो हात आएको थियो , नाङ्गै भएर विलिन भयो , माटो मुनी । त्यसैले माइकल ज्याक्सनबाट पाठ सिक्नुहोस , आज लाख र करोड कमाएको छु भन्दैमा मृत्युलाई जित्न सक्ने अहम नपाल्नुहोस । मान्छेले पैसा कमाउने हो , पैसाले मान्छे कमाउने होईन । जस्ले पैसाले मान्छे कमाउँछु भन्ने सोच लिएको छ त्यो ब्यक्तिले कमाएको मान्छे, उसँग पैसा छउन्जेल सम्मको लागी मात्र हो । कुरा बुझियो त ! 

Thursday, June 6, 2019

"द्वारिका ! तिमी पागल हौ "


भ्रस्टहरुको नजरमा इमान्दार ब्यक्तीहरु संधै घमण्डी , टेढो र रुखो स्वभावको देखिन्छन । इमान्दार मान्छेहरु हक्की स्वभावका हुन्छन । चिप्लो घस्न नजान्ने ब्यक्ती 'रुखो' हुनु , पैसामा नबिक्ने मान्छे 'घमण्डी' हुनु अनि कसैको अगाडी शिर नझुकाउने मान्छे 'टेढो'देखिनु कुनै नौलो कुरा होईन । जस्लाई पद र पैसाको लोभ हुन्छ त्यस्लाई मात्र डर हुन्छ , त्यस्तालेनै चाप्लुसी घस्छन र त्यस्तै ब्यक्ती मिलनसार जस्ता देखिन्छन । इटहरीका मेयर द्वारिकालाल चौधरी एक इमान्दार छविका ब्यक्ती हुन भन्ने कुरा उनका विगतबाट पुस्टी हुन्छ । नेकपाका सकृय र इमान्दार कार्यकर्ताको रुपमा परिचय बनाएका चौधरीले मेयरको जिम्मेवारी निर्वाह गरेपस्चात इटहरीवासीको मन जित्न सफल जनप्रतीनिधिको रुपमा आफुलाई चिनाईसकेका छन । जनताको घर घरमा पुगेर पिरमर्का बुझ्ने मात्र होईन जनताको चाहना अनुसारको कार्यक्रमहरुलाई लागु गर्न उनि आफै मरिमेटेर लाग्ने गर्छन । 'सुन्य सहनशीलता' को सिद्दान्त अनुसार कार्य गर्न आफु मतहातका कर्मचारीहरुलाई चनाखो बनाएका मेयर भ्रस्टहरु प्रती निक्कै आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन ।


"न खान्छु, न त खानै दिन्छु " भन्ने उनको कठोर सिद्दान्तलाई मन नपराउने धेरै छन । भ्रस्टाचारको मह काट्दै अनि चाट्दै गरेका 'चाटुकारहरु' को आँखाका कसिंगर बनेका चौधरीलाई जसरी भए पनि बदनाम गराउने पक्षमा एउटा झुन्ड बढो मेहनतका साथ लागी परेका छन । नगरपालीका भित्रकै केहि 'अल्छे' अनि 'कामचोर' प्रवित्तिका पात्रहरुको टाउको दुखाई भनेकै चौधरी हुन ।
मैले यसरी द्वारिकालाल चौधरीका बिसयमा लेखिरहँदा एउटा झुण्डले  मलाई नेकपा को 'भरौटे'को बात लगाउन बेर छैन । जन्मजातै पण्डितले न्वारणमा नामांकरण गरिदिंदा नाम मात्रै होईन कुनै एक राजनैतिक दलको नाम समेत जोडी दिएझै कुनै एक पार्टिको टिका लगाएका राजनैतिक अतिवादीहरुको आँखामा 'म' कुनै एक पार्टिको भरौटे, धुपौरे र आसेपासे देखिनु के नै नया भयो र ?
मैले अहिलेका भाइरल मेयरको बारेमा लेख्नुपुर्व इटहरी निवासी केहि पत्रकार मित्रहरुसंग मात्र होईन त्यहाँका स्थानिय वासिहरुसंग पनि सामाजिक संजालको माध्यमबाट कुरा गरेको थिएँ । मैले मेयरको बारेमा सोधिरहँदा उहाहरुको एउटै उत्तर पाएँ "मेयर निक्कै आक्रामक छन तर भ्रस्टहरु प्रती"
        सि.एफ.एल. खरिद प्रकरणमा करोडौ रकम हिनामिना गर्ने कर्मचारी र तीनको पक्षमा बोल्ने पत्रकारलाई 'नाकको डाँडी फुटाउने' मेयर चौधरीको धम्की प्रती अपत्ती जनाउने पटमुर्खहरुको जमातलाई पनि त्यही लाईनमा राखेर उडि उडि , घुमी घुमी , नाकको नाथ्री फुट्ने गरी 'किक' हान्ने मन त मलाई पनि लागेको छ । मौका को पर्खाइमा छु ।
    भ्रस्ट , दलाल , सामन्ती र शोसकीहरुको अगाडी जव प्रशासन निरिह देखिन्छ त्यत्तिबेला जनता नजागे को जाग्ने ? 'लातोंका भुत बातो से नही मानता " भने झै जस्ले जे भाशा बुझ्छ त्यही भाशा प्रयोग गरेर सम्झाउनु त पर्छ नै । मेयर चौधरीले पनि मान्छे अनुसारको ब्यवहार र भाशा प्रयोग गरेर बुझाउने कोशीस गरेका रहेछन । तर एउटा झुण्ड भन्दैछ :
"मेयर को बोली रुखो भयो "
"मेयरको प्रस्तुतिकरण ठीक भएन "
" मेयर उग्र भए "
       भ्रस्ट कर्मचारी र चाप्लुसिवाज पत्रकारहरु प्रती नरम ब्यवहार गर्नु पर्छ भन्ने लठुवाहरुको जवाफमा मेयर चौधरि भन्छन
"म ठकुरी होईन, आइस्यो र खाइस्यो जान्दिन , थारुको सन्तान हुँ , श्रीमतिले 'भात घिच्न आइज' भनेको पनि राम्रो लाग्छ ।"
भ्रस्टहरुलाई सिध्याएरै छोड्ने प्रण बोकेका मेयर चैधरीको कदमलाई सामाजिक संजालामा सकारात्मक कदमको रुपमा संज्ञा दिने अधिकाँस प्रतिकृयाहरु प्राप्त हुनुले पनि आम जनताहरु पनि भ्रस्टहरु प्रती कुनै साहनुभुती राख्न नहुने लाईनमा खडा भएको दर्शाउँछ । लोकप्रिय पत्रकार रबी लामिछानेको फेसबुकमा पोस्ट गरिएको मेयर चौधरि संगको प्रत्यक्ष्य कुराकानी को भिडियोमा यतीखेरसम्म ९६० जनाले प्रतिकृया प्रेशित गरेका छन जस्मा ९० प्रतिशत प्रतिकृयाहरु मेयर चौधरीकै पक्षमा देखिन्छन ।
        त्यस्तै इ-कान्तिपुरले चौधरी बिरुद्द प्रकासित गरेको 'मेयरको मनोमानी' शिर्सकको समाचारको पुछरमा कान्तिपुर बिरुद्दनै खनिएका पाठकहरुको प्रतिकृया हेर्ने हो भने पनि मेयरको कदम गलत हो कि सही भन्ने पुस्टी हुन्छ ।
       जनता भन्दा ठुलो अरु निकाय कोही छैन भन्ने मेरो धारणा हो जनताको चाहना बमोजिम जनप्रती निधिले काम गर्ने हो । अहिले मेयर चौधरीको पक्षमा उभिएको जनलहर ले भन्दैछ " यस्तै सन्काहा" मेयर चाहियो ।
      काठमाडौका हाम्रा मेयर कुन दुलामा हुनुहुन्छ कुन्नी ! आफ्नै दल भित्र रहेका यि 'सन्काहा' मेयरबाट यिनले पनि पाठ सिक्न सके काठमाडौ भित्रका भ्रस्टहरुले पनि आफ्नो नाक जोगाउने मेसोमा लाग्ने थिए होलान ।
अत: घुसखोरी , भ्रस्टाचार , ढिलासुस्ती जस्ता ब्यथितिले अक्रान्त बनेको सरकारी निकायहरुमा सुशासन को आशा गर्ने हामी जस्ता आम जनताले मेयर चौधरी जस्ता अन्य १ दर्जन जती "पागल" र "सन्काहा"हरुलाई जनप्रतीनिधिको रुपमा विजयी गराउन नसक्नु हाम्रै गल्ती हो ! खैर केहि छैन , अबको ३ बर्ष पछी यस्ता पागल र सन्कीहरुको संख्या बढाउने अर्को सु-अवसरको पर्खाइमा छु । मेरो एक भोट मेयर चौधरी जस्ताको लागी संरक्षित छ , तपाईहरुको नि !

यज्ञराज कार्की 
नयाबानेश्वर ,काठ्माडौ 
संपर्क : ९८४३६८८६४०