सिन्धुपाल्चोकको ठुलोसिरुवारी गाविसलाई कार्यक्षेत्र बनाएको ७ महिना भयो । दिनहुँ चौतराबाट ठुलोसिरुवारी ओहोर दोहोर गर्छु, म ।
यो ओहोर दोहोरको क्रममा ठुलोसिरुवारीको कोटडाँडामा एउटा बिश्रामस्थल छ, जहाँ बिहान बेलुका बुढापाकाको राम्रै जमघट देख्थे । कच्ची बाटोको आडैमा रहेको फलामे ट्रस्ट सहितको त्यो खुल्ला चौतारीमा ट्रक, मोटर साइकल र बसले उडाएको धुलोलाई वास्ता नगरि भलाकुसारी गरिरहेका बुढापाकाहरुको झुण्ड
देखेर रमाइलो लाग्थ्यो । 'आगो ताप्नु मुढाको- कुरा सुन्नु बुढाको' भन्ने उक्ती अनुसार मलाई पनि पुराना कुरा सुन्न खुब चाख लाग्छ । तर खोइ, के कारणले हो ,बुढापाखाहरुको त्यो झुण्डमा घुसेर बुढा वक्ताहरुको ठिटो श्रोता बन्ने अवसर जुटेको थिएन । हुइँकीरहेको मोटर साइकलको गतिलाई बुढापाका जम्मा हुने त्यही बिश्राम स्थलनेर पुगेपछी अलिक सुस्त गराउँथे, म । यसो कड्के नजरले चिहाउँथे र पुन: आफ्नो गती पक्रन्थेँ । सेताम्य केश र दार्ही फुलेका, गालाका छाला लत्रिएका अनी आफ्नो आडैमा टेक्ने लठ्ठी र दुधको किट्ली ठड्याएर गफको सुरमा मग्न हुँदै हाँसिरहेका 'थोते' बुढाहरु देख्दा म मेरो स्वर्गिय हजुरबुवालाई सम्झन्थें अनी ब्लड क्यान्सरले थलिएर ओछ्यानमा पल्टिएकी ९१ बर्सिय मेरी हजुर आमालाई सम्झन्थें । मलाई मेरा हजुर'बा सरहका ति बुढापाकाहरुको झुण्डले मौन आमन्त्रण गरेको धेरै भएको थियो तर 'थोत्रे' बुढाहरुको हुलमा सामेल हुन भने पाएको थीईन ।
एकदिन, झ्याँडीमा बस्ने मेरो ८६ बर्शिय फुपाजु'बाजे कोटडाँडामा टुप्लुक्क टप्किनु भयो । ओरालो हिँड्दा हजुरबाको घरसम्म पुग्न १ घण्टा लाग्नेकुरो थाहा पाएर म भुसतिघ्रे 'अल्छे'मा उहाँलाई भेट्न जाने जाँगर पलाएको थिएन । तर २ घण्टा उकालो चढेर मलाई भेट्न आएका ति हजुरबा देखी म अचम्मित भएँ, सरम लाग्यो । " बा' मलाई माफ गर्नुस् है, हजुरलाई त्यत्रो दु:ख दिएँ, धेरै हिँड्न पर्ने बनाएँ । " लाज पचाउँदै हजुरबालाई चिप्लो घसें ।
" के को दु:ख, हिँडी'राको बाटो न हो, पुराना साथीहरु भेट हुने यही डाँडो हो, यसो बेलाबेलामा गफ चुट्न आइन्छ । " हजुरबा ले सजिलै भनीदिनु भयो । हजुरबाको यो वाक्यले मेरो दिमाखमा चेतनाको झिनो ज्योति झुल्क्यायो । गफाडी बुढाहरुको त्यो झुण्डलाई सम्झायो । त्यो झुण्ड, मेरा यि हजुरबाहरु जस्ता पुराना मित्रहरुको झुण्ड रहेछन् , जो एकाबिहानै गाई भैंसीको दुध बोकेर कोटडाँडाको दुध संकलन केन्द्रमा बेच्न आउँदा रहेछन र चियाको चुस्कीसंगै पुराना साथीसंगतिसंग भलाकुसारी गर्दा रहेछन । म देख्छु, ति बुढापाखाहरु मध्ये कोही चुरोटका अम्मली छन, फुर्र् चुरोटको धुवाँ उडाउँदै गफ्फिएका हुन्छन् / कोही खैनीका अंमली छन्न, खैनी थुक्दै हाँसिरहेका हुन्छन्, अनी कोही चियाको अंमली छन्, चियाको गिलास हातमा समाउदै असल स्रोता बनेर गफ सुनिरहेका हुन्छन्, कोही कोही भने चियासंगै मुखभरी दुनोट र पपको बुझो लगाउँदै गरेको पनि देख्छु, यो बिहानको द्रुश्य हो ।
मैले सोचें, यो माहोललाई बिग्रन दिनु हुन्न, यस्लाई जोगाउनु पर्छ । यो 'थोते ' बुढाहरु झुम्मिने ठाउँँको उचित
ब्यवस्थापन गरिदिन पाए यो रमाइलो द्रुश्य देखिरहन पाइन्थ्यो । त्यसैले त्यो फलामे ट्रस्टको खुल्ला चौतारीमा आँखा दौडाएँ । १ बर्ष अगाडि गाविसबाट प्राप्त केही रकमले बुढापाकालाइनै लक्षित गरी जस्ताको छानो हालेर बस्ने ठाउँ बनाइएको र रकम अपर्याप्त भएकोले उसै, अँधुरो अवस्थामै छोडिएको कुरा स्थानिय शिव केसी बुवाबाट थाहा पाइयो ।"यस्लाई पुरा गरौ न त, धुलो नछिर्ने गरी एउटा सुन्दर आराम स्थल बनाऔ" मैले अनुरोध गरे । उहाँले समस्या उही दर्शाउनु भयो, नगदनारायणको ।
आफु जागिरे, जागिरको भरमा पालिनु र परिवारलाई पनि पाल्नु पर्ने । सम्पन्न परिवारको पनि होइन । तै पनि यसो-आफ्नो कमाइको केही हिस्सा समाजिक काममा खर्चिन मन लाग्छ र खर्चिदै आएको पनि छु । " लौन त म केही सहयोग गर्छु " मैले भने । मेरो अलिकती सहयोगले केही नहुने देखेर होला, उहाँबाट कुनै प्रतिकृया पाइनँ ।
मलाई यो कार्यमा सघाउनेहरुको खाँचो थियो । यो खाँचो टारिदिए स्थानिय युवामित्र होमनाथ चौलागाईं र बहिनी रेनुका खड्काले । उनिहरुले पनि आफ्नो ब्यक्तिगत आर्थिक सहयोग प्रदान गर्ने र यो अभियानमा सकेको श्रम गर्ने प्रतिवद्द्ता जनाए पस्चात म हौसिएँ । मलाई थाहा छ, यो धर्तीमा दामका प्यासीहरुको मात्र बाहुल्यता छैन भनेर, यहाँ नाम र कामका प्यासीहरु पनि छन जस्ले आफ्नो श्रम पोखेर समाज बिकासको पाटोमा केही गर्न चाहन्छन । यस्तै सामाजिक सोच भएकाहरुको सहयोगमा मैले केही अभियान गर्न सक्षम भएको मिठा अनुभवहरु छन्, ममा ।
हामीले बुढापाकालाई जुटायौ र हाम्रो सोच पस्कियौ, हाम्रो सोच उनिहरुको कानमा पस्न नपाउदै बुढापाकाका मुहारमा खुशी झल्कियो । उनिहरुको मनमा दबिएको सोचलाई हामीले ओकली दिएछौ क्यार ! चाउरेबुढाहरु खुशीले गदगद भए । " सतकर्मको सुरुवात आँफैबाट" भन्ने उक्तीलाई आत्मसाथ गर्दै हामी तीनजनाले १० हजार दिने भयौ । हाम्रो आश्वासन पस्चात बुढाहरुले सुरुवालको इजार तान्दै भित्री खल्ती छाम्न थाले । मैलो पुरानो सुरुवालको भित्री खल्तीबाट कोहीले हात्ती निकाले, कोहिले बाघ निकाले अनी कोहिले गैंडा । जस्ले जे सक्छ त्यस्ले त्यही निकाले । खल्तिबाट निक्लिएका ति शक्तीशाली जनावरहरुको चित्रले हामीलाई अझ हौसायो । बुढाहरुले समिती बनाए, मासिक बचतको योजना ल्याए । अन्य मनकारीहरु समक्ष हात फैलाउने निधो पनि गरे । जसरी पनि " जेष्ठ नागरिक बिश्राम स्थल"लाई पुरा गराएरै छोड्ने युवा जोश देखाए ।
थोपा थोपा मिलेरा सागर बन्छ भने झै सबै बाट उठेको चन्दाबाट अहिले बुढाबुढिहरुको लागि भलाकुसारी गर्ने एउटा सुन्दर थलोको निर्माण भएको छ । सामुहिक कार्यको एउटा उदाहरणणिय नमुना हो हो । अहिले
गाबिसले पनि जेष्ठ नागरिकहरुको काल्याणको रुपमा वार्षिक ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । म लगाएत मेरा केही मित्रहरुले पनि यस्मा मासिक १ हजार सहयोग गर्ने भएका छौ । मन भएका मित्रहरुले हात्तेमालो गर्नेकी ?
९८२३६२०४७०
यो ओहोर दोहोरको क्रममा ठुलोसिरुवारीको कोटडाँडामा एउटा बिश्रामस्थल छ, जहाँ बिहान बेलुका बुढापाकाको राम्रै जमघट देख्थे । कच्ची बाटोको आडैमा रहेको फलामे ट्रस्ट सहितको त्यो खुल्ला चौतारीमा ट्रक, मोटर साइकल र बसले उडाएको धुलोलाई वास्ता नगरि भलाकुसारी गरिरहेका बुढापाकाहरुको झुण्ड
देखेर रमाइलो लाग्थ्यो । 'आगो ताप्नु मुढाको- कुरा सुन्नु बुढाको' भन्ने उक्ती अनुसार मलाई पनि पुराना कुरा सुन्न खुब चाख लाग्छ । तर खोइ, के कारणले हो ,बुढापाखाहरुको त्यो झुण्डमा घुसेर बुढा वक्ताहरुको ठिटो श्रोता बन्ने अवसर जुटेको थिएन । हुइँकीरहेको मोटर साइकलको गतिलाई बुढापाका जम्मा हुने त्यही बिश्राम स्थलनेर पुगेपछी अलिक सुस्त गराउँथे, म । यसो कड्के नजरले चिहाउँथे र पुन: आफ्नो गती पक्रन्थेँ । सेताम्य केश र दार्ही फुलेका, गालाका छाला लत्रिएका अनी आफ्नो आडैमा टेक्ने लठ्ठी र दुधको किट्ली ठड्याएर गफको सुरमा मग्न हुँदै हाँसिरहेका 'थोते' बुढाहरु देख्दा म मेरो स्वर्गिय हजुरबुवालाई सम्झन्थें अनी ब्लड क्यान्सरले थलिएर ओछ्यानमा पल्टिएकी ९१ बर्सिय मेरी हजुर आमालाई सम्झन्थें । मलाई मेरा हजुर'बा सरहका ति बुढापाकाहरुको झुण्डले मौन आमन्त्रण गरेको धेरै भएको थियो तर 'थोत्रे' बुढाहरुको हुलमा सामेल हुन भने पाएको थीईन ।
एकदिन, झ्याँडीमा बस्ने मेरो ८६ बर्शिय फुपाजु'बाजे कोटडाँडामा टुप्लुक्क टप्किनु भयो । ओरालो हिँड्दा हजुरबाको घरसम्म पुग्न १ घण्टा लाग्नेकुरो थाहा पाएर म भुसतिघ्रे 'अल्छे'मा उहाँलाई भेट्न जाने जाँगर पलाएको थिएन । तर २ घण्टा उकालो चढेर मलाई भेट्न आएका ति हजुरबा देखी म अचम्मित भएँ, सरम लाग्यो । " बा' मलाई माफ गर्नुस् है, हजुरलाई त्यत्रो दु:ख दिएँ, धेरै हिँड्न पर्ने बनाएँ । " लाज पचाउँदै हजुरबालाई चिप्लो घसें ।
" के को दु:ख, हिँडी'राको बाटो न हो, पुराना साथीहरु भेट हुने यही डाँडो हो, यसो बेलाबेलामा गफ चुट्न आइन्छ । " हजुरबा ले सजिलै भनीदिनु भयो । हजुरबाको यो वाक्यले मेरो दिमाखमा चेतनाको झिनो ज्योति झुल्क्यायो । गफाडी बुढाहरुको त्यो झुण्डलाई सम्झायो । त्यो झुण्ड, मेरा यि हजुरबाहरु जस्ता पुराना मित्रहरुको झुण्ड रहेछन् , जो एकाबिहानै गाई भैंसीको दुध बोकेर कोटडाँडाको दुध संकलन केन्द्रमा बेच्न आउँदा रहेछन र चियाको चुस्कीसंगै पुराना साथीसंगतिसंग भलाकुसारी गर्दा रहेछन । म देख्छु, ति बुढापाखाहरु मध्ये कोही चुरोटका अम्मली छन, फुर्र् चुरोटको धुवाँ उडाउँदै गफ्फिएका हुन्छन् / कोही खैनीका अंमली छन्न, खैनी थुक्दै हाँसिरहेका हुन्छन्, अनी कोही चियाको अंमली छन्, चियाको गिलास हातमा समाउदै असल स्रोता बनेर गफ सुनिरहेका हुन्छन्, कोही कोही भने चियासंगै मुखभरी दुनोट र पपको बुझो लगाउँदै गरेको पनि देख्छु, यो बिहानको द्रुश्य हो ।
मैले सोचें, यो माहोललाई बिग्रन दिनु हुन्न, यस्लाई जोगाउनु पर्छ । यो 'थोते ' बुढाहरु झुम्मिने ठाउँँको उचित
आफु जागिरे, जागिरको भरमा पालिनु र परिवारलाई पनि पाल्नु पर्ने । सम्पन्न परिवारको पनि होइन । तै पनि यसो-आफ्नो कमाइको केही हिस्सा समाजिक काममा खर्चिन मन लाग्छ र खर्चिदै आएको पनि छु । " लौन त म केही सहयोग गर्छु " मैले भने । मेरो अलिकती सहयोगले केही नहुने देखेर होला, उहाँबाट कुनै प्रतिकृया पाइनँ ।
मलाई यो कार्यमा सघाउनेहरुको खाँचो थियो । यो खाँचो टारिदिए स्थानिय युवामित्र होमनाथ चौलागाईं र बहिनी रेनुका खड्काले । उनिहरुले पनि आफ्नो ब्यक्तिगत आर्थिक सहयोग प्रदान गर्ने र यो अभियानमा सकेको श्रम गर्ने प्रतिवद्द्ता जनाए पस्चात म हौसिएँ । मलाई थाहा छ, यो धर्तीमा दामका प्यासीहरुको मात्र बाहुल्यता छैन भनेर, यहाँ नाम र कामका प्यासीहरु पनि छन जस्ले आफ्नो श्रम पोखेर समाज बिकासको पाटोमा केही गर्न चाहन्छन । यस्तै सामाजिक सोच भएकाहरुको सहयोगमा मैले केही अभियान गर्न सक्षम भएको मिठा अनुभवहरु छन्, ममा ।
हामीले बुढापाकालाई जुटायौ र हाम्रो सोच पस्कियौ, हाम्रो सोच उनिहरुको कानमा पस्न नपाउदै बुढापाकाका मुहारमा खुशी झल्कियो । उनिहरुको मनमा दबिएको सोचलाई हामीले ओकली दिएछौ क्यार ! चाउरेबुढाहरु खुशीले गदगद भए । " सतकर्मको सुरुवात आँफैबाट" भन्ने उक्तीलाई आत्मसाथ गर्दै हामी तीनजनाले १० हजार दिने भयौ । हाम्रो आश्वासन पस्चात बुढाहरुले सुरुवालको इजार तान्दै भित्री खल्ती छाम्न थाले । मैलो पुरानो सुरुवालको भित्री खल्तीबाट कोहीले हात्ती निकाले, कोहिले बाघ निकाले अनी कोहिले गैंडा । जस्ले जे सक्छ त्यस्ले त्यही निकाले । खल्तिबाट निक्लिएका ति शक्तीशाली जनावरहरुको चित्रले हामीलाई अझ हौसायो । बुढाहरुले समिती बनाए, मासिक बचतको योजना ल्याए । अन्य मनकारीहरु समक्ष हात फैलाउने निधो पनि गरे । जसरी पनि " जेष्ठ नागरिक बिश्राम स्थल"लाई पुरा गराएरै छोड्ने युवा जोश देखाए ।
थोपा थोपा मिलेरा सागर बन्छ भने झै सबै बाट उठेको चन्दाबाट अहिले बुढाबुढिहरुको लागि भलाकुसारी गर्ने एउटा सुन्दर थलोको निर्माण भएको छ । सामुहिक कार्यको एउटा उदाहरणणिय नमुना हो हो । अहिले
अहिले बनेको आराम स्थल |