यो मान्छेलाई नयाँ लुगा
लाउन कहिल्यै मन
पर्दैन, मिठो खाना
चाहिन्न-केवल पिरो
मन पराउँदैन ।
फेसबुक छैन- सार्वजनिक
हुन चाहन्न भन्छ
। मोबाइल पनि
बोक्दैन । अमेरिकाको
न्युजर्सीबाट जनवरी पहिलो दिन
नेपाल छिरेको यो
२१ बर्शिय बबुरो
-मेरै पछी लागेर
दोलखाको ग्रामीण भेगहरु चाहर्न
आइपुग्यो । यस्लाई
पनि भुकम्प पीडितहरुको
लागि केही गर्ने
मन छ ।'
पैसा' दिन सक्दिन
'पसिना'दिन सक्छु
भन्ने यो खैरेकान्छो
मनको चोखो र
निस्चल छ ।
अङ्ग्रेजी नाम' अल्बर्टो
गिमिनेज डि लस
गालानेस काभालो' । यस्को
नाम आम-गाउँलेहरुलाई
उच्चारण गर्न अती
कठिन हुने, लेख्दा
एउटा सानो पुस्तक
बन्ने र उचारण
गर्दा घण्टौ बित्ने
भएकोले म छेत्रीको
छोरोले यस्को न्वारन गरिदिदै मौलिक
नेपाली नाम राखीदिएँ 'वीरबहादुर'
। यस्ले
आफ्नो परिचय
यही नामबाट दिन
थाल्यो ।
सबैले 'बिरबहादुर' पछी के
हो ?' भन्दै जात'
सोध्न थालेछन् ।
यस्को देशमा 'जात'
हुन्न अरे , यस्लाई
आपत परेछ ।
बेजाती यो बजियाले
मेरो जात सापटी
माग्यो-मैले मेरा
बा'आमाको स्विक्रिती
बिना आफ्नो जात
दिएँ । तहाँ
उपरान्त यस्को नाम बिरबहादुर कार्की रह्यो,
मेरो जात पाएर
मख्ख भएको यो 'मरनच्याँसे'ले मलाई
ठुलो दाई भन्छ
। यो 'लम्फु'पनी मलाई
आफ्नै भाई जस्तो
लाग्छ । यस्लाई पसिना पोख्ने
काम बाहेक अरु
सजिलो काम केही
मन पर्दैन ।
स्पेनिस,इटाली,फ्रेन्च र
अङ्रेजी भाषाको जानकार यो
'डुकुलण्ठक'ले नेपाली
भाषा समेत लगभग
जानी सकेको अवस्था
छ । अमेरिकामा ईतिहास बिषय
लिएर पढिरहेको यो
'कुइरे' यहाँ भरिया
बनेर हाम्रो माटो
माथि पसिनाका थोपा
छर्कदै छ - अहिले
यो भाई दोलखा
जिल्लाको काभ्रेमा 'अस्थाई शिक्षण
केन्द्र' निर्माण गर्ने काममा
ब्यस्त छ ।
गत जनवरीको दोश्रो शाता
यस्लाई समुदाय भ्रमणको लागि
लामाबगरको गँगोरखोला लगेको थिएँ
। त्यहाँका स्थानियले औपचारिक कार्यक्रमका
बिच हाम्रो टोलीलाई
स्वागत गरे ।
'बिरे'लाई मन्चमा
राखेर खादा ओडाईदिए ।
मोरो 'बिरे'ले
ममाथी आक्रोश पोख्यो
। मलाई किन
खादा ओडाएको? मलाई
किन सम्मान ? किन
स्वागत ? लगाएतका अनेकथरी प्रश्न
गर्दै कुटुँलाझैं पो गर्यो ।
भर्खरै,उस्को फोटो प्रयोग
गरेर फेसबुक खोलीदिएको
थिएँ, निरन्तर संचार
गर्न मिलोस् भनेर
। त्यो बेला
त झन् रिसले
आगो बन्यो ।
मैले उस्लाई फकाएँ,
हामी देश बिदेशमा
रहेर पनि आफ्नो
गतिबिधीबारे जानकार रहन सक्ने
कुरा बताएँ । निक्कै
गार्हो मानेर,सहमती जनायो ।
एक्काइसौ सताब्दीको यो गोबर
गणेशलाई पूजा गरौ
कि गाली ?
बिदेसबाट उस्का परिवार र
मित्रजनले मलाईनै सोध्छन ' बिरे कहाँ
छ- कस्तो छ
? भनेर । त्यो
मोबाइल नबोक्ने 'मुडे'
गाउँतिर भारी बोकीरहेको
हुन्छ । म पनि बेखबर
। वाक्कै भएर
आफ्नो 'सिम कार्ड'
जबर्जस्ती भिडाएर पठाएँँ ।
अहिले भने संचार
हुन्छ तर जो
पायो त्यस्ले फोन
गरेको मन पराउदैन
त्यसैले त्यो ' ल्वाँदे'ले प्रायजसो
स्विच अफ गर्छ
।
जे होस्- यो भुरोले
मलाई' कर्म गर-
फलको आश नराख'
भन्ने एउटा
पाठ सिकाएको छ
। अरबमा पुगेर
आफ्नो पसिना सस्तोमा
बेच्न आतुर युवा
जमातको लागि यो
खैरे नराम्रो 'गाली'
हो । पैसा,मान सम्मान
र प्रतिस्ठाको प्यासमा
भौतारिने हामी 'काकाकुल'हरुले
यो फुच्चेबाट केही
सिक्ने कि ?
सलाम बिरबहादुर !
(यदी तपाईंहरु यो मान्छेको कामलाई प्रोत्साहित गर्न चाहनुहुन्छ भने यो नम्बरमा उत्प्रेरणा र प्रोत्साहनका सन्देश प्रेसित गर्न सक्नुहुनेछ । तर फोन गर्ने कार्य नगर्नु होला यस्को काममा डिस्टर्ब हुन्छ नि । बिरेको संपर्क नं ९८४५१८९६७७ )