Thursday, January 21, 2016

ओराङ्गवासीको क्रन्दन " हामीलाई सौतेनी ठानियो"

गत माघ २४ गते मित्र अल्बर्टो गिमिनेज र म दोलखाको ओराङ्ग गाविस पुग्यौ । चरिकोटबाट सिगटीहुँदै बुलुङगसम्म बस पाइयो त्यहाँबाट भने जुत्ताको ताउ खियाउँदै ३ घण्ट पैदल यात्रा गरेर ओराङ्गको देवलिङेस्वर नि वा वि पुग्यौ। भुकम्पले ध्वस्त भएको ओराङ्गका घरहरुमा चर्पी,खानेपानी र सरसफाइको कार्यक्रम संचालन गर्ने हेतुले त्यहाँका स्थानियवासीसंग भलाकुसारी गर्न पुगेका हामी शहरीया भनौदाहरुले ओराङगको बाटोमा चाउचाउ किन्ने पसल र चिया पिउने होटलसम्म भेटेनौ । हिड्दा हिड्दै बाटोमा भेटिएका ७४ बर्सिय गमबहादुर तमाङलाई ‘नमस्कार’ गर्दै सोध्यौ ' कता जाँदै बाजे ?' उनले मुसुक्क मुस्कुराउदै भने 'बाटो खनेको चामल लिन''
मैले पुन सोधें "कहाँ पुग्नु पर्ने?"
उनले भने "बुलुङ्ग"
"कती समयमा पुग्नु हुन्छ ?"अर्को प्रश्न मेरो ।
"२ घण्टा" उनले जवाफ फर्काए ।
"कती चामल थाप्नु हुन्छ?" मैले सोध्न छोडिनँ ।
"१० किलो" उनले जवाफ रोकेनन् ।
---------------------------------------------------
छिमेकी गाउँमा सरर्र गाडी गूड्दा हाम्रो मन खिन्न हुन्छ, हाम्रो गाउँमा गाडी गुडेको हेर्ने सपना पुरा हुन नपाउदै मरिन्छ पो के हो ! स्थानियसंगको बैठकका क्रममा दोलखा जिल्ला वार्ड न ९ का कैलाश खड्काले आफ्नो इक्ष्या सुनाए ।
छिमेकी गाउँ बुलुङमा कच्चीबाटोको धुलो उडाउदै साना ठुला सवारी साधनहरु दौडिन्छन् । चरिकोट देखी सिंगटी हुँदै बुलुङगको अन्तिम नाकासम्म पुगेर गाडीहरु फरक्क फर्किन्छन्, जोडीएको ओराङग गाउँ भने खिस्स पर्छ ।
"हामी २ किलो दाल र दस केजी चामल बोक्न ४ घण्टाको बाटो हिंडेर बुलुङ्ग पुग्छौ ।" हिरा बिक ले पोखिन् ब्यथा ।
बाबुराम भट्टराइको पालामा बुढो डोजरले थर्थराउँदै कोपरेका ओराङ्गका कहालीलाग्दा भिरहरुमा बाटोको आकारमात्र कोरिएको छ, गाडी कुद्न लाएक भने छैन । ''हामीले धेरै पटक थुप्रै संघसंस्था र सरकारी निकाय धायौ तर आश्वासन वाहेक केही पाएनौ'' स्थानिय हेम तमाङग बोले '' हाम्रो गाविसलाई सौतेनी ब्यवहार भएको छ ''

ओराङगका बारीमा फलेका बन्दा,मुला र डल्लेखुर्सानीहरु यातायातको अभावका कारण बजारसम्म पुग्न नपाएर बारीमानै सुकेका छन् । खुद्रा पसलहरु नगन्य छन्, चिया पिउने होटलसम्म छैनन् । एउटा अनकन्टार ठाउँमा पुगे जस्तो विरक्त लाग्दो छ, ओराङ्ग ।
''हामीले ४० घण्टा फेरी डोजर चलाऊन पायौ भने बुलुङसम्म आउने गाडी हाम्रो आँगनसम्म ल्याउन सफल हुने थियौ । "स्थानिय दिपक ठकुरीले भने ' ४ लाखजती लाग्छ, २ लाख जतिको जोहो गर्न सकिए हामी पनि केही रकम जुटाएर गाडी कुदाउने बाटो खन्न तयार हुने थियौ ।" दिपक ठकुरीको यो वाक्य म प्रती लक्षित थियो । शायद हाम्रो कार्यक्रमले केही सहयोग गर्लाको भन्ने आशा हुँदो हो तर हाम्रो निती तथा कार्यक्रमले उनको आशालाई सम्बोधन गर्न सक्दैनथ्यो तर मैले उनलाई निरास पारीन र सार्वजनिक रुपमा आफ्नो तलवबाट केही रकम बाटो निर्माणको लागि सयोगगर्ने उद्घोस् गरे । समुदायवासीले पनि मेरो बोलिमा लोली मिलाए र प्रती ब्यक्ती २०० दिने घोषणा गरे । अब ओराङगवासीलाई १ लाखको खाँचो छ । लौन तपाईंले पनि केही गर्न सक्नुहुन्छ कि ?

तपाईको सानो सहयोगले ओराङ्गमा पनि गाडी कुद्ने छन अनी :
-७४ बर्शिय गमबहादुरहरुले बुढो हड्डी खियाउदै बुलुङ्गको उकालो हिंड्नु पर्ने छैन
-ओराङगका बन्दा,काउली र खुर्सानीहरु बजारसम्म पुग्ने छन
-बिरामी र सुत्केरिहरुले उचित मौकामा स्वास्थ्य सुविधा पाउने छन, अकाल मृत्‍युवरण गर्नु पर्ने छैन ।
-६८० घरका ३००० स्थानियवासीको मुहारमा खुशी छाउने छ ।
मनकारी मित्रहरुले संपर्क गर्नुहोला ९८४५१८९६७७ ९८४३६८८६४०