त्यस रात पनि म ढिला घर पुगेको थिएँ । सदा झैं ढोका बन्द होला भन्ने मेरो सोच बिपरित ओंठमा मन्द मुस्कान भर्दै हँसिलो मुहारकासाथ मेरी श्रीमती मेरो स्वागतको निमत्त संघारमा उभिएकी थिई । गृह प्रबेशको कुटाइमका कारण बिगत केही महिना देखी अनुभव गर्न नपाएको स्वागतको यो परम्परालाई आज अचानक अनुभव गर्न पाएको थिएँ । तर यो अनुभवलाई अन्य कुनै दुराभावले कुल्चेको महसुस भयो मलाई । त्यसैले स्वागत को यो परम्पराप्रती खासै वास्ता नगरि म सरासर सयन कक्षतिर लागे । कार्यालय पहिरन परिवर्तन गरेर सयनवस्त्र पहिरिएँ। हातमुख धोएँ अनी ८ बर्शिय छोरीको कोठामा चिहाएँ । उ निन्द्रादेवीको काखमा पुगिसकेकी रहेछ । भान्छा भित्र छिरें । टेबलमा चम्किरहेका २ वटा चरेशको थाली भित्र मेरा रुचीअनुसारका पारीकारहरु हांसीरहेका थिए । आज मेरी श्रीमतीले आफ्नो निन्द्रा मारेर मेरो पर्खाइमा भोकै बसेकी रहिछ । भान्छाकोठाको भित्तामा टिक टिक गर्दै घुमीरहेको भित्ते घडीको सुइ हेरें, छोटो सुइ १२ अंकको केही पछाडि अनी लाम्चो सुइ ९ अंक नेर पुगेको छ । आज अलिक चाँडै आईपुगेको रहेछु । खानाको पहिलो गाँसलेनै एउटा बेग्लै स्वादको अनुभुत गरायो ।लामै समय भएछ घरमा खाना नखाएको । मिठो भोजन तयार गरेकोमा धन्यवाद ज्ञापन गर्ने अचानकको मनसाय अनुरुप श्रीमतीको अनुहारमा पुलुक्क हेरें, उ दुइटै हात गालामा राखेर उही मन्द मुस्कानकासाथ एकोहोरो रुपमा मलाईनै हेरिरहेकी थिई । उसको मुहार देख्नासाथ खोइ कुन शक्तीले मलाई रोक्यो कुन्नी उसलाई धन्यवाद दिने मनसाय त्यत्तिकै बिलाएर गयो । "खाना सेलायो" मैले उनको एकोहोरो हेराइलाई भङ्ग गर्ने कोसिस गरें । उस्ले झसङ्ग झस्किंदै आफ्नो थालीबाट खानाको गाँस टिप्न थाली । थालिमा ठोक्किएको चम्चाको आवाजभन्दा अन्य कुनै अवाज थिएन त्यहाँ । उ मौन म मौन । मलाई आजको यो बातावरण केही अनौठो लागि रहेको थियो । अकस्मात मेरो मनमा यही अनौठो बातावरणलाई मौकाको रुपमा प्रयोग गर्ने सोच आयो । बिगत लामो समय देखी भन्न खोजेको कुरालाई छताछुल्ल पार्ने उपयुक्त मौका यही हो भन्ने लाग्यो ।
"मलाई तिमीसंग एउटा जरुरी कुरा गर्नु छ " मैले हामी बिचको मौनता तोडें । मेरो यो वाक्यले उस्का आँखाहरु केही चंचल भएको र अनुहारमा थप खुशीको रक्तसंचार भएको महसुस गरें । सायद हामीबिच बोलचाल बन्द भएको पनि धेरै दिन भएछ क्यार । "मलाई पनि हजुरसंग एउटा जरुरी कुरा गर्नु छ " उस्ले पनि हतारिंदै खुशीकाभावमा दोहोरो संवादको थालनी गरी । मैले उसको कुरा सुन्नु भन्दा आफ्नो कुरा छोटो रुपमा चाँडै पूख्ने निधो गरें अनी एउटै वाक्यमा भनें "म तिमीसंग सम्बन्ध बिच्छेद गर्न चाहन्छु '
मेरो यो वाक्यले उ एकैबेर अलमल्ल परी । केही बोल्न खोजे जस्तो गरी तर गलाबाट शब्द निस्कन सकेन । खानाको गाँस टिप्न छोडेर केहीबेर मलाई हेरी, मैले पनि उस्को भाव जान्न खोजें ।
" किन?" बल्लबल्ल उस्को गला खुल्यो । म चुपचाप रहें । उस्को "किन"को उत्तर दिन पर्ने आवश्यकताको बोध भएन मलाई । "भोली छोडपत्रमा हस्ताक्षर गरेर हाम्रो सम्बन्ध को अन्त्य गर्दा बेस होला" मैले उसमाथी यो रुखो वाक्य प्रहार गरेर शयन कक्षतिर लागें ।
त्यस रात हामी दुवैबिच कुराकानी भएन,उ रुइरहेकी थिइ | के करणले मैले उसंग सम्बन्ध बिच्छेद गर्न चाहेको हुँ र हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा उस्ले जान्न चाहनु स्वभाविकै हो | तर मसंग उसलाई दिने त्यस्तो सन्तोषजनक जवाफ पनि त थिएन |
विगत केही महिनादेखी म जेनको मुटु भित्र फुल्न थालेको थिएँ अनी जेन पनि मेरो हृदयभित्र फक्रीसकेकी थिइ- प्रेमको फुल बनेर । जेनको आगमनसंगै घरबाट मेरो बहिर्गमनको श्रीङ्खला सुरु भएको थियो । जेनले म प्रती पोखेको माया,सदभाव र स्नेहले मलाई आकर्शित गरिरहेको थियो भने मेरी श्रीमतीसंग बिकर्शित । शायद मैले जेन मार्फत त्यस्तो स्नेह पाएँ जुन मेरी श्रीमतीको भन्दा अलिक भिन्न र आकर्षक थियो । त्यसैले जेन सँगको मेरो सम्बन्ध दिन प्रतिदिन मजबुद हुँदै थियो भने श्रीमतीसँगको सम्बन्ध कम्जोर बन्दै थियो । जेनसंगको निकटताका कारण घरबाट निस्कने र फर्कने मेरो समयमा समेत परिवर्तन भएको थियो । जेनसंग रेस्टुरेण्टको खाना र खाजाहरु खाँदाखाँदै मैले आफ्नो घरको खानाको स्वाद समेत भुल्न थाली सकेको थिएँ ।
जेनसंगको प्रेमको आडमा मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ । त्यो सम्झौता पत्र अनुसार मैले मेरो सम्पूर्ण सम्पत्तिको ३०% अंश श्रीमतीलाई दिने निधो गरें । जसै मैले त्यो सम्झौता पत्र उस्लाई पढेर सुनाएँ उ एकदमै क्रोधित भै । उस्ले मेरो हातबाट त्यो सम्झौता पत्र खोसेर च्यातिदीई |
विगत १० बर्षदेखी एउटै छानामुनी बसेर सुखदुखको साथी बनेकी ति महिलालाई मैले पराइको रुपमा हेर्न थालीसकेको थिएँ । मेरो कमलो मन विस्तारै ढुङ्गा बन्न खोज्दै थियो । तै पनि मनको अन्तरकुनामा बाँचिरहेको उ प्रतिको झिनो दया र सहानुभुतीले अतितका १० बर्षलाई एकपटक सम्झन वाध्य गर्यो ।
पहिलो पटक यसै घरमा मैले उस्लाई दुलहीको भेशमा आफ्न दुई हातले उचालेर गृह प्रबेश गराएको थिएँ । यसरी ईहातले उचाल्दा हाँसोको फोहोरा छुटाउ घरभरी हासँको ध्वनी गुन्जाएमान गराएकी थिई उस्ले । आफ्नो शिप,दक्षता र मेहनतले भ्याएसम्म यसघरका कुनाकाप्चाहरुमा माया छरेर प्रेममाय बनाएकी थिई उस्ले । करिव २ बर्षसम्मको हाम्रो दाम्पत्य जीवन बिभिन्न ठाउँका रमाइला यात्राहरु गर्दै र सुनौला भबिस्यका मिठा कल्पनाहरु सटासाट गर्दै बिते । तत्पस्चात छोराको जन्म भयो । हामी ३ जनाको पारिवारिक जीवनमा अर्को खुशी थपियो । समय सुख र खुशीकासाथ बित्दै थियो । तर जेनको आगमनले मेरो खुशीमा थप ब्रिद्धी गरायो भने मेरो छोरा र श्रीमतीको खुशी घटाएको थियो ।
यस घरमा आएर मेरी श्रीमतीले आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ| तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन चाहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ |
अर्को दिन जब म राती अबेर घर पुगेँ, उ टेबलमाथि केही लेखिरहेकी थिइ | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, उ अझै लेख्दै थिइ | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट उस्ले गहभरी आशु छछल्काउँदै एउटा पत्र मेरो हातमा हाली । त्यहा सम्बन्ध बिछ्छेदको लागि उस्को शर्त लेखिएको थियो । उस्ले म सम्बन्ध बिच्छेदको लागि आजको दिनबाट ३० दिनको समय मागेकी थीइ त्यस बाहेक मेरो सम्पत्तिमा कुनै किसिमको हकदावी गरेकी थिइन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गर्नु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने उस्को चाहना थियो | यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला जसरी मैले उस्लाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यसरिनै हरेक रात उस्लाई बोकेर हाम्रो कोठासम्म पुर्याउनु पर्ने शर्त थियो । कतै पगली त भइन ? एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले बिगतका १० बर्षमा बर्तमानका ३० दिनहरु उस्को र छोराको लागि जोडीदिने निर्णय गरे ।
मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: “जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन ।“
जेनसंगको भेट पस्चात उस्को र मेरो शरीरिक र मनसिक दुरी बढेको थियो ।
उस्को अनुरोध बमोजिम पहिलो दिन जब मैले उस्लाई बोकेँ, मलाई अलिक अप्ठ्यारो महसुस भएको थियो | उस्ले पनि त्यस्तै अनुभुती गरीको महसुस गरे किनकी यो बेला उसको मुहारमा खुशीको कुनै भाव थिएन । थियो त केवल पिडा र निरासता । 'ड्याडिले मम्मीलाइ बोक्नुभयो ' छोरो ताली पिटदै, रमाउदै हामीनेर आइपुग्यो | छोराले पोखेको त्यो खुशीले मेरो मनमा पिडानुभुत भयो | श्रीमतीलाई बोकेर बैठक कक्षदेखी बैठक सयन कक्षसम्म करीब १० मिटर म हिँडे हुँला | मैले उस्लाई बोकिरहेको बेलामा आँखा बन्द गरेर मधुर स्वरमा बोली उ ' हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन्नु है !' मैले केही दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ |
दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, उस्ले आफ्नो टाउको मेरो छातीमाथि राखेर आँखा बन्द गरिरहेकी थिई । मैले तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो| वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ |यो त्यही महिला थिइ,जसले बिगत दश बर्षादेखी मेरो हरेक सुख दु:खमा मलाई साथ दिँदै आएकी थिइ |
समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिन उस्को वजन घट्दै गएको हो या दैनिक बोकाइले म बलियो पो हुँदै गएको हो ! थाहा भएन ।
एक साझ उ लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनि: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर उस्लाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ |शिर एकदमै तातो थियो ।'पापा,मम्मिलाई बोक्ने बेला भएन' त्यति नै बेला छोरो करायो । उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो छोरोले | श्रीमतीले छोरोलाई झ्वाट्ट आफुतिर तानेर एउटा हातले छोरालाई अनी अर्को हातले मलाई आफुतिर तानी । उ डाँको छोडेर रुन थाली । थाहै नपाई मेरा अंखाहरु पनि रसाई सकेछन् । तर म आफ्नो अडानमा बिचलन नआओस भन्नाका खातिर टाउको अन्तै मोडेर आँशु पुछ्न थालें ।
आज अन्तिम दिन, उस्को शर्त बमोजिम आजको रात मात्रै उस्लाई मैले बोकेर सयन कक्षसम्म पुर्याउनु पर्ने थियो । भोलिदेखी म यो शर्तबाट मुक्त हुने छु । उसंगको मेरो सम्बन्धको डोरी सदाका लागु चुँडिने छ र जेनसंग नयाँ सम्बन्ध जोडीनेछ ।
म छोडपत्र हातमा बोकेर उस्को नजिक गए । 'आज हाम्रो अन्तिम दिन हो, यसमा हस्ताक्षर गर' मैले पत्र उ तिर बढाएँ । थर्थर कांपीरहेको हातले त्यो पत्र समात्दै उ बोली " आजको दिन त बाँकी छ, भोली गर्दा हुन्न ?'बिनाजाडोमा पनि कलेटी परेका उस्का ओंठहरुबाट यि शब्द निस्कदाँ उस्को आवाजमा समेत कम्पन मिश्रण भएको थियो । ' बरु म एक पटक तपाईंको निधार चुम्न चाहन्छु, स्विक्रिती दिनुहुन्छ ?'
म निशब्द उस्लाई नियालीरहेको थिएँ । उ घुँक्क घुँक्क रुन थाली । उसप्रती सहनुभुतीका कुनै शब्द थिएन मसंग । अकस्मात उस्ले मलाई अङ्गालोमा बेरेर मेरो निधार चुम्न थाले । म बिनाकुनै प्रतिकृया चुपचाप मुर्तीझै उभीईरहें ।
मध्यान्हको समय म जेनलाई भेट्न गए । माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली |
' डिभोर्स दियौ ?' जेनको आवाजमा उमङ थियो । मैले मुण्टो हल्लाएर उस्को उमंगलाई घटाईदिएँ ।
'व्ह्वाट ! व्हाइ आर यू डूइङ्ग लेट ? ' उ आक्रोसित भई ।
“ म मेरी श्रीमतीसंग सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई जसरी बोकेर घरभित्र भित्र्याएको थिए त्यसरिनै जिन्दगीको अन्तिम क्षणसम्म उस्लाई मेरो दुईहातमा सजाएर जीवन काट्ने निधो गरे ।“ मैले आफ्नो निर्णय सुनाएँ | जेन जुरुक्क उठि,बेस्कन मेरो गालामा एक झापड हानेर दौडदै आर्को कोठामा छिरेर रुन थालि | जेनको थप्पडले मलाई कुनै पिंडा भएन । बरु शरीरभरी बेग्लै खुशीको रक्त संचार भएको भान भयो । म जुरुक्क उठे र लामो कदम बढाए ।
| बाटोमा रातो फुलको गुच्छा र एउटा कार्ड किनें । पसल्नीले सोधी ' कार्डमा के लेखिदिउँ?' । मेरो भावना पसल्निले के बुझ्थी र ! मैले कार्ड तिनको हातबाट लिएर आँफैले लेखे 'प्रिया जीवनको अन्तिम घडीसम्म प्रत्येक पल म तिम्रो शरीरिक बोझ यो हातले उचाल्न आउँदै छु कृपया मलाई स्विकार गर 'हातमा पुष्पगुच्छा र मुहारमा मुस्कान लिएर हतार हतार म घर पुगेँ | झमक्क साँझ पेरिसकेको थियो । दगुर्दै भर्र्याङ् उक्लेँ र हाम्रो कोठाभित्र छिरें ।
बिहेमा दिएको रातो साडी र चोली पहिरिएर अनकेन सृङ्गारले संजिएकी मेरी श्रीमती सुहागरातको त्यही बिछ्यौनामा मस्त निदाएकी थीइ । मैले पुष्पगुच्छा उस्को फैलिएको हातमा राखें । म उस्को त्यो मस्त निन्द्रा भंग गर्न चाहन्नथें । केहीबेर उस्लाई नयाल्न मन लाग्यो-नियाले । भित्री मनदेखी मायाको सागर उम्लिएर आयो, थयी माया पोख्ने इक्ष्याले उस्को निधार चुमे , निधार चिसो थियो । हात छामें,हात पनि चिसो । उस्को शरीर हल्लाए , कुनै चालचलन थिएन । मैले उस्लाई गुमाएँ ।
आज अन्तिम दिन, मैले उस्लाई बोक्नु पर्ने -बोकेर चितामा पुर्याए । उस्को शर्त बमोजिम अब उपरान्त उस्लाई मैले कहिल्यै बोक्न न पर्ने थियो, अब न पर्नेनै भयो । म आशुको सागरमा चुर्लुम्मै डुबे । पस्चताप ले भातभती पोलेको मुटुलाई आशुको सागरले चिस्याउन सकेन ।
उस्को देहान्त पस्चात मैले सिरानीमुनी एउटा पत्र भेटे ।
पत्रमा लेकिएको थियो :
प्रिय श्रीमान,
शायद तपाईंले यो पत्र पढ्दै गर्दा म यो दुनियाँबाट टाढा गै'सकेको हुनेछु र तपाईं पनि जेनसंग नयाँ जीवनको सुरुवात गरिरहेको हुनुहुनेछ होला । तर ८ बर्शिय त्यो छोराको बिजोग हुने चिन्ताले मेरो मन छट्पटिएको छ । मैले आजनै उस्लाई होस्टलमा भर्ना गरेर आएकी छु । सक्नुहुन्छ भने छोरालाई पनि आफ्नै साथमा राक्नु होला
प्रिय, जुनदिन तपाईंले मसंग हाम्रो सम्बन्ध बिच्छेदको कुरा गर्नुभयो त्यो दिन म राती अबेरसम्म तपाईं आउने बाटो हेर्दै संघारमा उभिएर बसेको थिएँ । म तपाईंसंग एउटा अत्यन्तै जरुरी कुरा गर्न चाहन्थें । बिगत ३ बर्षदेखी मैले तपाईंलाई भन्न नसकेको त्यो कुरा त्यस दिन भन्छु भन्ने आँट र शाहस बटुलेर तपाईंलाई कुरेर बसेको थिए । हुनत धेरै पटक भन्छु भन्ने सोचेको हुँ तर तपाईंलाई आफ्नै कामको बेग्लै चिन्ता छ त्यसमाथी आर्को पिर किन थप्नु भन्ने सोचेर आफ्नो त्यो कुरा मनमा नै दबाएर राखेको थिए । विगत केही महिना देखी तपाईं मसंग टाढिदै जानु भएको र जेनसंगै नजिकिदै जानुभएको मलाई राम्ररी थाहा थियो । शायद बिगत केही बर्षदेखी मैले तपाईंलाई पहिलेको जस्तो हेर बिचार गर्न नसक्नु र प्रसस्त माया दिन नसक्नु नै मेरो दोश हो । तपाइले जेनबाट मेरो भन्दा धेरै माया पाएरनै त मसंग टाढिनु भएको हो । तपाईं जेनसंग नजिक भएकोमा मलाई रत्ती पनि दु:ख छैन तर मैले तपाईंलाई बिगत केही बर्षदेखी पहिलेको जस्तो प्रसस्त माया र हेरबिचार दिन नसक्नुको एउटा कारण छ । म त्यो दिन त्यही कारण बताउने कोशीस गर्दै थिए । म बिगत ३ बर्षदेखी रगतको क्यान्सरबाट पीडित भएर दिन दिनै मृत्युसंग लढ्दै थिए । डाक्टरले मेरो आयु धेरै दिनको नभएको घोषणा गरे पस्चात म तपाईंलाई मेरो मृत्युको खबर सुनाउन चाहिरहेको थिएँ तर तपाईंले मेरो कुरा सुन्दै नसुनी ममाथी सम्बन्ध बिच्छेदको झटारो हानीदिनु भयो । त्यो झटारोले म क्यान्सर पिंडितको हृदयमा थप पिंडा भने दिएकै हो तर पिंडा सहनु मेरो भाग्यमा रहेछ । डाक्टरले तोकेको अन्तिम १ महिनाको मेरो आयु अनुरुप मैले तपाईंसंगा मागेको त्यो समयमा तपाईंले दिएको माया र स्नेहलाई मुटुभित्र सांचेर सदाको लागि बिदा हुँदै छु । तपाईंको जीवन सुखमाय होस् । अल्बिदा अल्बिदा अल्बिदा
उही तपाईंकी अभागी श्रीमती